शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदी र सीबीच भएन कश्मीर विषयमा छलफल

शनिबार, २५ असोज २०७६, १४ : ४९
शनिबार, २५ असोज २०७६

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कश्मीर मुद्दाको विषयमा कुनै छलफल भएन ।

सीको भारत भ्रमणको क्रममा आज भएको छलफलमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भारत–पाकिस्तान मुद्दा कश्मीरको विषयमा कुनै छलफल नभएको भारतीय विदेश सचिव विजय गोखलेले बताए ।

ममल्लापुरममा भएको दुई नेताबीच भेटघाटमा आतकंवादको बारेमा छलफल भएपनि कश्मीर मुद्दामा कुनै छलफल नभएको उनको भनाइ छ । 

चीनले यसअघि कश्मीर मुद्दा संयुक्त राष्ट्र संघमा जानु पर्छ भनि पाकिस्तानलाई साथ दिएको थियो । त्यसको जवाफमा भारतले काश्मिर मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यसमा अरु कुनै देशले बोल्न नहुने धारणा सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप