शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समुद्र तटमा फोहोर उठाउँदै मोदीको ३० मिनेट जगिङ

शनिबार, २५ असोज २०७६, १२ : ५५
शनिबार, २५ असोज २०७६

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुको महाबलीपुरममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता लागि पुगेका छन् ।

शनिबार बिहान उनले महाबलीपुरमको समुद्र तटमा करीब ३० मिनेट जगिङ गरेका छन् ।

यस दौरानले तटको सफाइ गर्नुका साथै फोहोर उठाएका थिए । उनले सर्वसाधारणलाई सार्वजनिक स्थल सफाइ गर्न अपील पनि गरे । जगिङ गर्दै फोहोर उठाउनलाई प्लोगिङ भनिन्छ ।

मोदीले यस अभियानको बारेमा गत २९ सेप्टेम्बरमा मनकी बात कार्यक्रममा गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त कार्यक्रममा एक नौजवान रिपुदमन बेल्वीको प्रयासको बारेमा उल्लेख गरेका थिए । उनी प्लोगिङ (जगिङ गर्दै फोहोर उठाउने) गर्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप