शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदी र सीले आज ६ घण्टा सँगै बिताउने, प्रतिनिधि स्तरमा वार्ता शुरु

शनिबार, २५ असोज २०७६, १२ : ३२
शनिबार, २५ असोज २०७६

चीनका राष्ट्रपति सी जिनपिङले दुई दिवसीय भारत भ्रमणको दोस्रो दिन पुनः एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

दुई नेताले तमिलनाडुको कोवलमस्थित ताल फिशरम्यान कोव रिसोर्टमा वान टु वान वार्ता गरेका हुन् ।

अहिले मोदी र सीबीच प्रतिनिधि स्तरमा वार्ता भइरहेको छ । यसमा विदेशमन्त्री एस जयशंकर र एनएसए अजीत डोभाल पनि उपस्थित छन् ।

बैठकपछि मोदीले चिनियाँ राष्ट्रपतिलाई दिउँसो भोज खुवाउनेछन् ।

दुई नेताले आज ६ घण्टा साथ बिताउनेछन् ।

मोदी पछिल्लो वर्ष अप्रिलमा पहिलो अनौपचारिक बैठकका लागि चीनको वुहान गएका थिए ।

दुई नेताबीच बैंककमा ३१ अक्टोबरदेखि ४ नोभेम्बरसम्म हुने आसियान समिटमा पनि भेट हुनेछ ।

दुई दिवसीय अनौपचारिको योजना नै दुई नेताहरु बीच कम्तिमा ६ घण्टा कुराकानी होस् भनेर तय गरिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।

अनौपचारिक छलफलपछि दुई देशबाट अलग–अलग बयान जारी गरिनेछ ।

मोदीसँग दोस्रो अनौपचारिक बैठकका लागि चिनियाँ राष्ट्रपति सी शुक्रबार महाबलीपुरम पुगेका थिए । मोदीले चीनका राष्ट्रपतिको स्वागत पारम्परिक तमिल भेषभूषामा गरेका थिए । यस दौरान मोदीले मामल्लपुरममा सीलाई अर्जुन तपस्या स्थली र तट मन्दिरको दर्शन गराएका थिए । महाबलीपुरममा सांस्कृतिक कार्यक्रमपछि मोदीले सीलाई रात्रिभोज खुवाएका थिए ।

रात्रिभोगमा पारम्परिक दक्षिण भारतीय व्यञ्जन खुवाइएको थियो । २ घण्टासम्म चलेको डिनरमा दुई नेताबीच कयौँ मुद्दामा चर्चा भएको थियो ।

विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर दिभरको गतिविधिबारे जानकारी दिएका थिए । उनले दुई नेताबीचको भेटमा व्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताको मुद्दामा छलफल भएको बताए । मोदी र सीले आतंकवाद र कट्टरपन्थबारे चिन्ता जताउँदै यस चुनौतिलाई मिलेर लड्नुपर्ने आवश्यकतामा जोड दिएको गोखलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप