शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा आमा छोरीको विभत्स हत्या

शनिबार, २५ असोज २०७६, ११ : २८
शनिबार, २५ असोज २०७६

उदयरपुर  – उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।  शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो ।

घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले राससलाई जानकारी दिए ।

मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप