शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तहमा काङ्ग्रेसको समिति गठन

शनिबार, २५ असोज २०७६, १० : ५०
शनिबार, २५ असोज २०७६

डडेल्धुरा- नेपाली काँग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ ।

 स्थानीय तहका सबै वडामा नयाँ संरचना र नेपाली काङ्ग्रेसको विधानअनुसार समिति विस्तार गरी गाउँपालिकास्तरीय समिति सर्वसम्मतरुपमा चयन भएको केन्द्रीय प्रतिनिधि तथा डिएलए अध्यक्ष रोहित देउवाले बताए।

    डडेल्धुरामा सात वटा स्थानीय तह रहेका छन् । दुई नगरपालिकाका वडास्तरीय समिति भने पुरानै यथावत रहने जनाइएको छ । पाँच गाउँपालिकामा भने नयाँ सरंचनाअनुसार वडा एकाइ समितिसमेत गठन गरी पालिकास्तरीय समिति विस्तार भइसकेको काङ्ग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले बताए । उनले भने, “नगरपालिकामा भने पुरानै समिति कायम गरिएको छ ।”

    अजयमेरु गाउँपालिकाबाट शुरु भएको स्थानीय तह पुनःसंरचना गठन कार्यक्रमअन्तर्गत पाँचवटै गाउँपालिकामा समिति गठन गरिएको हो । असोज १३ देखि शुरु भएको समिति विस्तार कार्यक्रम भागेश्वर गाउँपालिकामा समिति गठन गरेर सम्पन्न भएको जिल्ला सदस्य गोकुल शाहीले जानकारी दिए ।  

    डडेल्धुरा काङ्ग्रेसको गाउँपालिका भेलाले अजयमेरु गाउँपालिकाको सभापति कर्णबहादुर मल्ल, आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा, नवदुर्गा गाउँपालिकाको सभापति रामचन्द्र अवस्थी, गन्यापधुरा गाउँपालिका सभापति इन्द्रबहादुर कार्की र भागेश्वर गाउँपालिका सभापतिमा नरबहादुर ठकुराठीलाई सर्वसम्मत चयन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप