शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातारात सजाइयो राजधानी : लाज छोप्न करोडौं खर्च

शनिबार, २५ असोज २०७६, ०८ : ४३
शनिबार, २५ असोज २०७६

छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको शनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंलाई सजाएर चिटिक्क पारिएको छ । 

राष्ट्रपति सी सवारी हुने सडकसहित छेउछाउका संरचना रंगाइएको छ । भत्किएका र जीर्ण संरचना र फोहर थुप्रिएका ठाउँ रंगीन ब्यानरले छोपिएको छ । अस्तव्यस्थ तीनकुने पार्कको बाहिर फूल र बिरुवा रोपिएको छ । विमानस्थल–तीनकुने–बानेश्वर–माइतीघर हुँदै लाजिम्पाटसम्म सडक कालोपत्रे र सजावट गरिएको छ । सडक आसपास निर्माणाधीन संरचनालाई विभिन्न आकृतिका रंगीन ब्यानरले ढाकिएको छ । 

सडककिनारका बिजुलीका खम्बामा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीका तस्बिर राखिएका छन् । सडकमा चम्किला र कृत्रिम गेट बनाइएका छन् । 
पाहुना आउँदा भित्री कुरुपता छोप्न सडक र छेउछाउका संरचना सजाइएको हो । यो समाचार नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप