शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, सेनाको कमान्डमा १५,००० फौज

शनिबार, २५ असोज २०७६, ०७ : ३२
शनिबार, २५ असोज २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि नेपाली सेनाको कमान्डमा विशेष फौज परिचालन गरिएको छ । भ्रमणका बेला विमानस्थल, सवारी रुट, होटल, कार्यक्रम स्थल तथा अन्य संवेदनशील स्थानमा कारिब १५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । 

चिनियाँ राष्ट्रपति शानिबार अपराह्न विशेष विमानमा काठमाडौँ आउने कार्यक्रम छ । सी काठमाडौँमा ओर्लेदेखि उड्दासम्मको सम्पूर्ण सुरक्षा व्यवस्थापन तथा समन्वयका लागि सेनाका वरिष्ठ रथी शरद गिरीको अध्यक्षतामा विशेष सुरक्षा समन्वय कार्यदल बनाइएको छ । कार्यदलमा गृह र रक्षामन्त्रालयलका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृत सम्मिलित छन् । 

राष्ट्रपति सीको सुरक्षा योजना तथा रणनीति तय गर्ने जिम्मा कार्यदललाई दिइएको छ । कार्यदलले चारवटै सुरक्षा निकायका प्रमुखसँगको प्रत्यक्ष परामर्शमा काम गर्नेछ । यो समाचार अन्नपूर्ण पोस्ट्मा विष्णु  सुवेदीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप