धनगढीमाई नगरपालिकामा विद्युत् पुग्दा खुशीयाली
शुक्रबार, २४ असोज २०७६, १६ : ३६
सिरहा – सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १४ मा विद्युत सेवा पुगेपछि स्थानीयको वर्षौदेखिको विजुली बाल्ने सपना साकार भएको छ ।
भौगोलिक विकटताका कारण नगरपालिकाको अथक प्रयासपछि त्यस क्षेत्रका कसाईटार, अमिलटार, अम्बास, सानो कसाइटार, करमचोरी लगायतका ठाउँमा विद्युत सेवा पुगेको हो । विजुली अभावमा यसअघि यहाँका स्थानीयले टुकी र सानो सोलारबाट जीवन नर्वाह गर्दै आएका थिए । विद्युत सेवा पुगेपछि वडाका सयौं घरधुरी लाभान्वित भएका छन् ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले विजुली वत्तिको उद्घाटन गर्दै एक वर्षभित्र अँध्यारोमुक्त वडा घोषणा गर्ने आश्वसन दिए । नगरपालिका र विद्युत् प्राधिकरणको समन्वयमा उक्त वडामा विद्युत सेवा विस्तार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा