शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘घुम्न जाउँ तुलसीपुर अभियान’ सुरु

शुक्रबार, २४ असोज २०७६, १६ : २३
शुक्रबार, २४ असोज २०७६

तुलसीपुर – भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको छ । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न उपमहानगरपालिकाले अभियान सुरुवात गरेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले साँस्कृतिक , प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि बताए । 

तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि छल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ । धार्मिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको मालिका कालिका मन्दिरसँगै ववई सभ्यतासँग जोडिएको बबई नदी समेत दाङमा रहेको छ । 

पूर्वीय दर्शनको अध्ययन केन्द्रका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका साथै एसियाकै दोस्रो ठूलो गुफाका रुपमा तिन तलाको चमेरे गुफा समेत दाङमा छ । उपमहानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरेर पम्प्लेट, पोस्टर र व्रोसर प्रकाशन,तुलसीपुरका पर्यटकीय क्षेत्रसँग सम्वन्धित विषयमा भिडियो तथा फोटो प्रतियोगिताका साथै तुलसीपुरलाई आधार वनाएर सिनेमा या वृत्तचित्र छायाङ्कन गर्नेलाई अनुदान दिने समेत व्यवस्था गरेको छ ।

‘पर्यटनको गतिविधिलाई प्रभावकारी वनाउनका लागि समिति समेत वनाएर अगाडि वढ्नेछौ’ नगरप्रमुख पाण्डेले भने । उपमहानगरपालिका भित्र थारु, मगर र गुरुङ जातिको वाहुल्यता रहेको ठाउँमा होमस्टे सञ्चालनका लागि तयारी समेत उपमहानगरपालिकाले गरिरहेको छ । 

‘यो वर्ष पाँच ठाउँमा होमस्टे सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ’, नगरप्रमुख पाण्डेले भने । उनले भ्रमण वर्षलाई लक्षित गरेर १ लाख आन्तरिक र वाह्य पर्यटक भित्रयाउँने लक्ष्य लिइएको समेत जानकारी दिए ।
 
यसैविच घुम्न जाउँ तुलसीपुर अभियानको प्रचार प्रसारका लागि तुलसीपुरका दुई युवाले देशभर मोटरसाईकल यात्रा गर्ने भएका छन् । 

स्थानीय वसन्त भण्डारी र मनराज पुन भ्रमण वर्षको सन्देश वोकेर मुलुकभरका ५५ जिल्लामा जाने भएका हुन् । शुक्रवारबाट यात्रा सुरु गरेका उनीहरुलाई उपमहानगरपालिकाले विदाई गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप