माछापुच्छ्रे बैंक एजीएमः १६ प्रतिशत लाभांश वितरण गरिने
काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा यही असोज २४ गते शुक्रबार सम्पन्न भएको छ ।
उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एंव नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैयाँ संचित छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबीच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएसपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे