मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक प्रहरी सेवा क्रेन्द्रलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

शुक्रबार, २४ असोज २०७६, १३ : ४९
शुक्रबार, २४ असोज २०७६

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत  काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ । 

टुँडालदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तम राज सुवेदीलाई हस्तान्त्तरण गरे । 

उक्त सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय–प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप