शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी दिवस र अमर प्रहरी दिवस फरक–फरक दिनमा मनाऔँ : प्रम ओली

४३ जना अमर प्रहरी घोषित, पूर्व एआईजी अधिकारीलाई लाइफटाइम अवार्ड
शुक्रबार, २४ असोज २०७६, १० : २०
शुक्रबार, २४ असोज २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउन सुझाव दिएका छन् ।

६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रम ओलीले भने, ‘प्रहरी दिवस र अमर प्रहरी दिवस फरक फरक दिनमा मनाउने गर्नुपर्छ । प्रहरी दिवस बेग्लै उल्लासको साथ मनाउनुपर्छ । प्रहरी दिवस र अमर प्रहरी दिवस कार्यक्रम एकै दिन हुँदा उल्लासको साथ मनाउने कि श्रद्धाञ्जली दिएर दुखी हुने द्विविधा भयो ।’

कार्यक्रममा ४३ जना प्रहरीलाई अमर प्रहरी घोषित गरिएको छ ।

कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएका आफ्ना ४३ जना प्रहरीलाई नेपाल प्रहरीले अमर प्रहरी घोषणा गरेको हो ।

त्यस्तै, पूर्व एआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप