शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली प्रादेशिक घुमुवा प्रहरी पक्राउ

शुक्रबार, २४ असोज २०७६, ०९ : १२
शुक्रबार, २४ असोज २०७६

जनकपुर । महोत्तरीको मटिहानी बजारमा प्रहरी भन्दै व्यापारीलाई थर्काउदै हिँड्ने एक जना प्रहरीको फन्दामा परेका छन् ।

मटिहानी नगरपालिका बजार क्षेत्रमा प्रहरी बनेर व्यापारीलाई थर्काउदै हिँड्ने लोहरपटटी नगरपालिका वडा नम्बर ९ बस्ने खुट्टा पिपराढीका २८ वर्षीय जय प्रकाश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त मण्डलले लामो समयदेखि व्यक्ति तथा व्यापारीलाई प्रदेशको धुमुवा प्रहरी रहेको परिचय दिँदै  धम्काएर नगद माग गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बूढाथोकीको अनुसार लामो समयदेखि अभियुक्तले विभिन्न व्यक्ति तथा व्यापारीसँग रकम उठाएको बताए ।

मण्डललाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप