केन्द्रीय संस्करण

महात्मा गान्धीको दृष्टिमा हिन्दू धर्म ‘सत्यको शाश्वत खोज’

सनातन धर्मको अभिप्राय– १

person explore access_timeअसोज २३, २०७६ chat_bubble_outline0

 

एम. व्ही. नादकर्णी

‘अद्रोहश्चाप्यलोभश्च तपो भूतदया दमः

व्रह्मचर्यं स्तथा सत्यम् अनुक्रोशः क्षमा धृतिः

सनातनस्य धर्मस्य मूलमेतदुदाहृतम् ।’

—(व्रह्माण्डपुराण (।। ३३,३७– ३८)

यसरी सनातन धर्मको सन्दर्भ रामायण, महाभारत र विभिन्न पुराणहरुमा भेटिन्छ । रामायणको अयोध्या काण्ड (१९। २६,२१ ४९) र महाभारतको आदिपर्ब (१२२?१८) मा अनादि आचरणका रुपमा यसको उल्लेख रहेको पाइन्छ ।

सनातन धर्म परम्परागत शब्द हो । हिन्दू धर्मका लागि प्रयुक्त हुने पारम्परिक शब्द पनि यही हो । सनातनको कोशीय अर्थ हो अनादि अनन्त । यसले आफूमा स्थिर र जड अर्थ प्रतिपादित गर्दैन । यसमा रहेको स्थायित्वको रहस्य आफ्नो एकरुपीयतामा जोड नदिइकन आगाडि बढ्नुमा लुकेको छ । भन्नुको तात्पर्य यसले जहिले पनि परिवर्तित माहोलसित समन्वय कायम गरेर नयाँ आदर्श र मूल्यहरु आत्मसात् गर्दै आफूलाई सधैँ तरोताजा बनाउँदै आएको छ । सनातन भन्नुको तात्पर्य रुढिवाद होइन र संकीर्णता पनि होइन । शताब्दियौंदेखि यसमा रहेको स्थायित्वको रहस्य नै यसको गतिशीलतामा लुकेको छ । यदि यो जड र स्थिर हुँदो हो त उहिल्यै मेटिइसकेको हुन्थ्यो । यसै गतिशीलताको सार्थकतामा महात्मा गान्धीले पनि आफूलाई सनातनी हिन्दू भन्नुभएको थियो ।


अर्नाल्ड टायनबीको परिभाषा अनुसार —हिन्दू धर्म ‘बाँच र बाँच्न देऊ’को तत्वबाट बुनिएको धर्म हो । यस धर्मको ऐतिहासिक प्रामाणिक दृष्टि के छ भने— जस्तै ऋतुहरु आउँछन्  ऋतुहरु जान्छन्, । किसिम किसिमका फूल फलका वृक्ष लताहरु प्रकृतिका विशाल र समृद्ध बगैँचामा फुल्छन् फल्छन् । ऋतुमानका अनुसार फूलहरु बदलिन्छन्, वृक्ष लताहरु पनि बदलिन्छन् तर बगैँचा रहिरहन्छ ।


क़महात्मा गान्धीले सनातन धर्मको अर्को एउटा आयाममाथि पनि जोड दिनुभएको छ । त्यो हो यसको सार्वभौमिक प्रासङ्ंगिकता र मुक्तताको गुण । यो कहिल्यै पनि आफूभन्दा अगाडिकाको विधिवत् अनुकरणसँग टाँसिएर बसेन । यसको नटाँस्सिनुको तात्पर्य  कसैका विचारहरु स्वीकार गर्नका लागि धर्मान्तरण गर्नु होइन । समय समयमा आचरणहरु विधिहरु प्रतिसम्प्रदाय बदलिँदै पनि आएका छन् । तर पनि सनातन धर्मको मूलभूत मूल्य र विश्वदृटि आफ्नो सार्वभौमिक महत्व कायम राख्नमा सक्षम देखिएको छ । सनातन धर्म कुनै मत सम्प्रदायका रुपमा प्रस्तुत भएका दृष्टान्त अति न्यून छन् । यो सधैँजसो आदर्श र नैतिक आचरण संहिष्णुताका रुपमा ध्वनित छ र हरेकको आत्मिक, आध्यात्मिक उन्नतिका लागि प्रेरक रहिआएको छ । यसमा अनेकता र विविधतामा समन्वयका निमित्त तथा आफ्नो पूर्णतामा उदारवादिताका निम्ति आवश्यक सहिष्णुताका साथ अति निकटतम रुपबाट गतिवादका गुणहरु समावेश भएका छन् । अर्नाल्ड टायनबीको परिभाषा अनुसार —हिन्दू धर्म ‘बाँच र बाँच्न देऊ’को तत्वबाट बुनिएको धर्म हो । यस धर्मको ऐतिहासिक प्रामाणिक दृष्टि के छ भने— जस्तै ऋतुहरु आउँछन्  ऋतुहरु जान्छन्, । किसिम किसिमका फूल फलका वृक्ष लताहरु प्रकृतिका विशाल र समृद्ध बगैँचामा फुल्छन् फल्छन् । ऋतुमानका अनुसार फूलहरु बदलिन्छन्, वृक्ष लताहरु पनि बदलिन्छन् तर बगैँचा रहिरहन्छ । बगैँचा फेरि फुल्छ, फेरि फल्छ । गत्यात्मकताको मूल धर्म नै परिवर्तनकारी शक्तिहरुसँग सम्झौता गर्नु र तिनलाई आत्मसात् गर्नु हो, जो अपरिहार्य रुपमा विविधता र अनेकतामा परिणत हुन्छन् । परिवर्तनको यस दौडमा पनि आधारभूत  नैतिक मूल्यहरुलाई भने सनातन धर्मले छोडेको हुँदैन , छोड्दैन ।

ऋग्वेदको यो लोकप्रिय मन्त्र— ‘एकम् सत् विप्रा वहुधा वदन्ति अर्थात् एउटै सत्यलाई विद्वानहरु अनेक किसिमबाट प्रतिपादित  गर्छन् । (१—११६—४६ ऋग्वेद)’ यो स्थापना शताब्दियौं अघि नै  सनातनधर्मको जग बनिसकेको थियो । अन्तिम सत्य एउटै हुँदा पनि त्यसका पहिचानका बाटाहरु सबैका लागि एक समान हुन सकेनन् । विभिन्नले विभिन्न बाटो अपनाए । सत्यका सन्दर्भमा एकाधिकार वा अन्तिम निर्णयको स्थापना कसैले गर्न सक्दैन । यसै नसक्नुबाटै विविध वादविवाद र चर्चाका लागि बाटोहरु खुल्छन् । जस्तै महात्मा गान्धीले भन्नुभएको थियो — “यस विचारप्रधान युगमा विश्वस्तरीय सहमति चाहने हो भने हरेक धर्मले आफ्ना हरेक सिद्धान्त वा नियमलाई वैचारिक, वैश्विक न्यायको प्रयोगशालामा 'एसिड टेस्ट'का लागि प्रस्तुत गर्नुपर्छ । जतिसुकै महान् भनिने धर्मग्रन्थबाट समर्थित रहेको भए पनि दोष अर्थात् गलत् स्थापनाले कुनै पनि छूटको अधिकार पाउन सक्दैन ।” –(यङ्ग इण्डिया २६–०२–१९२९पृष्ट ७४)

भारत, जसमा प्राचीन भारत पनि सम्मिलित छ, यसको आफ्नो यसै वादविवादीय र तर्कप्रधान संस्कृतिका कारण अमर्त्य सेनले पनि प्रशंसा गरेका छन् (दअर्ग्युमेन्टिटिवइण्डियन—सेन २००५– ३–३३) सेनले यस पुस्तकमा के पनि संकेत गरेका छन् भने यस वादविवादीय र तर्कप्रधान संस्कृतिले नारी र शुद्रहरुलाई पनि बाहिर पारेको छैन । वादविवादको भिडन्तमा जहिले पनि वर्ण र वर्गका वाधाहरुलाई फड्केको छ ।

‘सनातनधर्म’ पुरानो शब्दसंयोजन हो । ‘हिन्दूधर्म’ शब्द धेरैपछि मात्र चलनचल्तीमा आएको हो । प्राचीन भारतमा वसोवास गर्नेहरुलाई पारसीहरु र अरु विभिन्न विदेशीहरुले हिन्दस् भन्दै गर्दा यस देशको नाम नै हिन्दुस्तान विख्यात भयो । शुरु शुरुमा हिन्दु शब्द धर्मसँग जोडिएको थिएन । किसिम किसिमको धार्मिक अर्थ पनि यसमा जोडिएका थिएनन् । विभिन्न मतसम्प्रदायका मानिसहरु भारतमा थिए र पनि एक अत्यन्त समान आधार तिनीहरुका बीच थियो । बौद्ध र जैनहरु पनि यसै आधारमा समाविष्ट थिए । मुसलमान बाहेक भारतवासी सवैलाई हिन्दू धर्मका अनुयायीका रुपमा चिन्न चिनाउन कुनै समस्या थिएन । विदेशीहरुले दिएको नाम भए पनि ‘हिन्दुधर्म’ शब्द भारतमा चलनचल्तीमा चलेर आयो । यसको साविक नाम सनातन धर्म पनि कायमै रह्यो ।

आशीष नन्दीको मतअनुसार धर्मले जीवनसिद्धान्त प्रदान गर्न सक्नुपर्छ, जीवनउत्कर्ष र लोकोत्तर जीवनका आध्यात्मिक सिद्धान्तलाई पनि अगाडि सार्न सक्नुपर्छ । हिन्दुधर्ममा यी दुवै कुरा पाइन्छन् ।  जीवनका सिद्धान्तहरुले मानिसलाई उद्देश्यपूर्ण र अर्थपूर्ण जीवन जिउन सिकाउँछन् । नितान्त पाशविक जीवनबाट मानिसलाई माथि उठाउँछन् । यस्ता सिद्धान्त निःसन्देह रुपमा धेरै बलियो नैतिक सन्दर्भसहितका हुन्छन् । हिन्दूधर्मका जीवन सिद्धान्तहरु —धर्म र अन्य पुरुषार्थहरु, नीतिहरु, कर्मका नियमहरु र अरुहरुप्रतिगरिनुपर्ने निःस्वार्थ सेवाका निर्देशहरुमा प्रतिफलित भएका छन् । आफूलाई अप्रिय लाग्ने व्यवहार आफूले अरुसँग पनि नगर भन्ने शास्त्रीय निर्देशमा पनि यही सिद्धान्त प्रतिफलित छ । मानवीय सम्बन्धहरुको समानता र न्यायका लागि दिइएका यी अति नै शक्तिशाली सन्देशहरु हुन् । तपाईं साँच्चिकै उत्कर्ष र लोकोत्तर जीवनको सिद्धान्त चाहनुहुन्छ भने भगवानका अन्तिम सत्यको विश्वदृष्टि रुप मात्र हो । यस भौतिक सांसारिक जीवनबाट माथि उठेर केही पाउने हाम्रो जीवन लक्ष्य छ भने यसले हाम्रो प्रतिदिनको सांसारिक ऐहिक अस्तित्व र जिन्दगानीदेखि पर पनि केही छ भन्ने तथ्य अभिव्यक्त गर्छ । विभिन्न धर्महरुमा जीवनको सिद्धान्त जीवनोत्कर्ष वा लोकोत्तर जीवन सिद्धान्तका पूरक हुन्छन् । महात्मा गान्धीका दृष्टिमा पनि हिन्दू धर्मका परिप्रेक्ष्यमा यी दुवै सिद्धान्त परस्परमा अभिन्न छन् । सत्य नै भगवान् हो भने व्यक्तिको जीवन र व्यवहार यसै सत्यमाथि आधारित हुनुपर्छ । अहङ्कार र स्वार्थभावनाले पुरिएन भने सत्यले आफूलाई सवैमा एकै अन्तर्ध्वनिका रुपमा प्रतिध्वनित पाउँछ । आरम्भमा उद्धृत वचनले हरेक जीवमा भगवान् बसेको छ भन्ने भाव स्पष्ट पार्छ । पुराणहरुले स्पष्टै भनेका छन् “देहो देवालयः साक्षात् देही देवो निरन्जनः  अर्थात् शरीर भगवान्को मन्दिर हो र शरीरभित्र रहेको जीवतत्व निरन्जन भगवान् हो ।” यहाँ निरन्जन भन्नुको तात्पर्य भगवानमा भ्रम र कलङ्क छैन, शिवतत्व ओतप्रोत छ भन्नु हो । हिन्दू धर्मग्रन्थ अनुसार भगवान् जीवमात्रमा छ, अन्तर्यामी छ र अनुभवातीत पनि छ । सवैमा भगवान् छ भन्ने स्पष्ट भएपछि अहिंसा र अरुहरुप्रति आदर सम्मान पनि धर्मकै मूलभूत तत्त्व ठहरिन्छन् । यस जीवनको सिद्धान्त र लोकोत्तर जीवनको सिद्धान्त अन्य सन्दर्भमा पनि आपसमा मिल्छन् । यसै त जीवन सिद्धान्तका सम्बन्धमा मतैक्यता केवल हिन्दू धर्ममा मात्र नभएर अन्य भारतीय धर्महरुका बीच पनि अस्तित्वमा छ । तर आध्यात्मिक सिद्धान्तहरुका बारेमा यस किसिमको सामन्जस्य तथा मतैक्यता हिन्दू धर्ममा पनि छैन । खुसीको कुरा के छ भने हिन्दू धर्ममा हरेक व्यक्ति आफ्नो योग्यता, मेधा र अभिरुचि अनुसार सत्यका खोजीको बाटो पहिल्याउन स्वतन्त्र छ ।

सत्यम्ः सत्यको खोजी

https://www.nobelprize.org

महात्मा गान्धीका दृष्टिमा भगवान् कुनै व्यक्ति होइन अपितु एक अविनाशी तत्त्व हो । त्यो तत्त्व सत्य नै हो । महात्मा गान्धी भन्नुहुन्थ्यो, “निरीश्वरवादीहरु पनि सत्यलाई नकार्न सक्दैनन् ।”


महात्मा गान्धीले हिन्दू धर्मलाई ‘सत्यको शाश्वत खोज’ का रुपमा परिभाषित गर्नुभएको छ । तपाईं ईश्वरमा विश्वास राख्नुहुन्छ भने ईश्वर सत्य हो । सत्य नै ईश्वर हो । ईश्वरको खोज नै सत्यको खोज हो । सत्य ईश्वरको विशिष्ट उपाधि हो । यो ऋगवेदकालदेखिकै मान्यता हो । ईश्वरको परिभाषा गर्ने एक विशिष्ट वैदिक दृष्टिले ईश्वरलाई ‘सत्यम्, ज्ञानम्, अनन्तम् व्रह्म’ का रुपमा वर्णन गरेको छ । महात्मा गान्धीले अत्यन्त सुन्दर शब्दमा यसैलाई यसरी भन्नुभएको छ,, “ईश्वर सत्य हो भन्नुको बदला म सत्य नै ईश्वर हो भन्छु । अचेतन रुपबाट पनि मेरो व्यवहार यसै अनुभूतिमा आधारित छ । मैले केवल सत्यका रुपमा ईश्वरलाई चिनेको छु । कुनै समय थियो म ईश्वरको अस्तित्वमाथि नै सशङ्कित थिएँ तर म सत्यको अस्तित्वमाथि कहिल्यै पनि सशङ्कित थिइनँ । यो सत्य कुनै भौतिक वस्तु होइन, शुद्ध ज्ञान हो । यसले नै विश्वमा रजाइँ गर्छ, किनभने यही ईश्वर हो ।” महात्मा गान्धीका दृष्टिमा भगवान् कुनै व्यक्ति होइन अपितु एक अविनाशी तत्त्व हो । त्यो तत्त्व सत्य नै हो । महात्मा गान्धी भन्नुहुन्थ्यो, “निरीश्वरवादीहरु पनि सत्यलाई नकार्न सक्दैनन् ।”

महात्मा गान्धी मानिसको सत्य अनुशरण गर्ने योग्यतामाथि विश्वास गर्नुहुन्थ्यो । यसैले फिसर भन्छन्, “महात्मा गान्धीले आम मानिस, निरक्षर किसान र मजदूरसम्मलाई माथि उठाउनु भयो ।” (फिसर १९९७ : ३७४) गान्धीले जनतामा कति ठूलो नैतिक बल प्रदान गर्नु भयो भने जनताले चाहे सम्पूर्ण बेलायती साम्राज्यलाई नै धुजा धुजा पार्न  सक्छन् र स्वतन्त्रतारुपी विजय हासिल गर्न सक्छन् भन्ने विश्वास जनतामा स्थापित भयो  । महात्मा गान्धीका अनुसार ‘सत्य केवल निरीक्षणको वस्तु होइन, सत्य त कर्मका लागिको एक मुद्दा हो ।’

निरन्तर सत्यको खोजी गर्ने संस्कृतिकै कारण सामन्जस्य, स्वतन्त्रता, निष्कपटता र खुल्ला सम्वादले भारतीय धर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसलाई  उपनिषदले पनि प्रमाणित गर्छ । जे. कष्णमूर्तिका चरित्रमा पुपुल जयकरले यही पाए । (जयकर—१९८६ :४७२)  आदिकालदेखि चलिआएको भारतीय धार्मिक परीक्षणले एक दृष्टिबाट परिसम्वादलाई वस्तुका आन्तरिक परीक्षणको लागि एक आधारका रुपमा सक्षम बनाएको छ । एक साधनका रुपमा तर्कलाई यसको अन्तिम सीमासम्म प्रयोग गर्दै उनी तर्कभन्दा पर पुग्छन् र सीमापारको खोजी गर्छन् । विज्ञानको निर्क्योल अनुसार सत्यको खोजी केवल बोधगम्यता, तर्क र अनुमानको अनुभव मात्र हो, जब तिनका सीमाहरु भेटिन्छन् तब हिन्दू धर्मअनुसार धर्म, दिव्यदर्शन, ऋत र अन्तर्ज्ञानलाई पनि ज्ञानकै संशाधनका रुपमा सम्मिलित गरिन्छ । यसको प्राप्ति योगसाधना र ईश्वरीय कृपाबाट हुन्छ । हिन्दू धर्मको विशिष्टता कुन बिन्दुमा पनि छ भने कुनै एक जना वा  एक्लो व्यक्तिले पहिचान गरेर देखाएको बाटोबाट मात्र त्यस अलौकिको दिव्यदर्शन सम्भव हुने कुरा यस धर्ममा मानिदैन । अनेकौं गुरुहरु ऋषिमुनिहरु, सन्त महात्माहरु र भविष्यद्रष्टाहरुले विभिन्न समय र स्थानमा सत्यदृष्टिको साक्षात्कार गरेका छन् हिन्दू धर्ममा कहिल्यै कुनै एक मात्र गुरु हुनसक्दैन । एक मात्र गुरु मान्ने मतले हिन्दू धर्मको शाश्वत निरन्तर सत्यका खोजीको तात्पर्यसँग सामन्जस्य राख्न सक्दैन । कदाचित् हिन्दू धर्मभित्रका  विविध मतवलम्वीहरुले ईश्वरसम्बन्धी समान मतमा विश्वास गरेछन् र, एकै गुरु वा सरक्षकलाई मान्यता दिएछन् भने पनि तिनीहरु वद्ध रहँदैनन्, तिनीहरुलाई अनेकत्वताको छूट रहि नै रहन्छ । उनीहरुबीच भलै मतैक्य रहेको होस् तथापि भिन्नताका लागि असहिष्णुता जस्ता भावना हिन्दू धर्मको मूलभूत चेतनामा कहिल्यै रहेन । जस्तै महात्मा गान्धीले भन्नुभएको छ हिन्दू धर्मको खूबी र सौन्दर्य केमा पनि छ भने यसले सवै धर्मलाई अँगालो मारेर आफूमा समावेश गर्न सक्छ । अर्को कुरा विश्वका कुनै पनि धर्ममा रहेको विशेषता (मानवीय सद्गुणहरु) हामी हिन्दू धर्ममा पाउन सक्छौं ।


हिन्दू धर्ममा रहेको सत्यको यस खोजीले मानिसलाई सहिष्णुता र विनम्रतातिर लान्छ, साथै उदारता र अनेकतत्वतातिर लान्छ । अन्तिम र सर्वसमन्वयको सत्य कति महान् र रहस्यमय छ भने आम मानिसहरु यसलाई सीमित र अपरिपूर्ण ढंङ्गबाट मात्र स्वीकार गर्न सक्छन् । यसै कारण हिन्दू धर्मले अरु धर्मको आदर गर्छ । यसका अतिरिक्त यसले अन्य विभिन्न धर्मसँग सहअस्तित्वका लागि आवश्यक भाइचारा र छिमेकीपनको चेतना कायम राख्छ ।


हिन्दू धर्ममा रहेको सत्यको यस खोजीले मानिसलाई सहिष्णुता र विनम्रतातिर लान्छ, साथै उदारता र अनेकतत्वतातिर लान्छ । अन्तिम र सर्वसमन्वयको सत्य कति महान् र रहस्यमय छ भने आम मानिसहरु यसलाई सीमित र अपरिपूर्ण ढंङ्गबाट मात्र स्वीकार गर्न सक्छन् । यसै कारण हिन्दू धर्मले अरु धर्मको आदर गर्छ । यसका अतिरिक्त यसले अन्य विभिन्न धर्मसँग सहअस्तित्वका लागि आवश्यक भाइचारा र छिमेकीपनको चेतना कायम राख्छ । महात्मा गान्धी भन्नुहुन्छ, “मेरो हिन्दू प्रवृत्तिले सवै धर्म लगभग समान छन् , सवै एकै ईश्वरबाट प्रवाहित भएका हुन् भन्ने मान्छ । यति भएर पनि सवै अपूर्ण किन छन् भने सवै धर्म तल हामीसम्म अपूर्ण मानवीय माध्यमबाट आइपुगेका छन् ।”महात्मा गान्धीले वेदलाई एक मात्र दैवी वाणी मान्नेकुरामा कहिल्यै विश्वास गर्नुभएन । वहाँ वेदमाथि जति विश्वास गर्नुहुन्थ्यो, त्यत्ति नै उपनिषदहरुमाथि, नरसी मेहता, कवीर, गुरुनानकजस्ता मध्यकालीन सन्तहरुका रचनामाथि पनि विश्वास गर्नुहुन्थ्यो । एक मात्र वेदको दैवीयतामाथिको गान्धीको अविश्वाससँग  हिन्दू धर्मचेतनाको सामन्जस्य पनि रहेको थियो । वहाँ भन्नुहुन्थ्यो म बाइविललाई मान्छु । कुरानलाई, जिन्द अवेस्तालाई पनि त्यसै रुपमा मान्छु जसरी वेदबाट म दैवी प्रेरणा पाउँछु । यस स्तरको सहनशीलता र उदारताले केवल अनेकत्वतातिर मात्र लाँदैन अपितु समन्वयतिर पनि लान्छ । अन्य विभिन्न विश्वासहरुका साथै आचरणका नियमहरु (धर्म)लाई समृद्ध बनाउने इच्छातिर पनि लान्छ । महात्मा गान्धीले लेख्नुभएको छ, “मेरो दृष्टिमा हिन्दू धर्म कुनै सङ्कुचित धर्म होइन । यो त एक विशाल प्राचीन विकासवादी प्रक्रिया हो जुन जरोष्टर, मोसेस, क्रिष्ट, मोहम्मद र नानकजस्ता अनेकौं उपदेशकहरु (जसलाई एक एक  नामाङ्कित गर्न सकिन्छ)को तत्त्वदर्शनलाई हार्दिक रुपमा स्वीकार गर्छ ।” यहाँनिर महात्मा गान्धीले मनुस्मृतिको यस श्लोकलाई पनि उद्धृत गर्नुभएको छ, जस्तै

विद्वद्भिः सेवितः सद्भिः नित्यम् अद्वेषरागिभिः

हृदयेनाभ्यनुज्ञातो यो धर्म स्तन्निबोधत ।

अर्थात् रागद्वेषका मनोवेगहरुबाट सर्वथा मुक्त सज्जन  विद्वानहरुले हृदयदेखि नै के ठम्याएका छन् भने जुन धर्मले हृदयलाई सम्वेदित गर्छ त्यही धर्म हो । गान्धीजी के स्पष्टीकरण प्रस्तुत गर्नुहुन्छ भने परिवर्तन र बन्धनहीनताले अहिंसाद्वारा सत्यको खोजीका तरिकाहरुमा सार्थकता प्राप्त गर्छन् स्वेच्छाचारिताका सन्दर्भमा होइन ।

क्रमश:Title Photo: https://cdn.dnaindia.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...