शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओमानसँग नेपाल ६ विकेटले पराजित

बिहीबार, २३ असोज २०७६, १८ : ०७
बिहीबार, २३ असोज २०७६

काठमाडौं – पाँच राष्ट्र सम्मिलत टी–२० सिरिजमा आयोजक ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ ।  ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।

 ओमानका सुरज कुमारले ४२ रन  जोड । नेपालका लागि करण केसीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान १ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएजोडेको थियो । नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो । आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

ओपनरद्वय ईशान २ तथा पारस ५ रनमा आउट भएका थिए । यस्तै सन्दीप जोरा शुन्य रनमा पोलिलियन फर्किए भने सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८  र अभिनाष बोहरा २ रनमा आउट भएका थिए ।

ओमानका आमिर खालिमले सर्वाधिक ५ विकेट लिएका थिए । हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र २ खेलमा मा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्ड र ओमानसँग पराजित हुन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप