बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : मल्टी डाइमेन्सनल कनेक्टीभीटी नेटवर्क नेपालको मुख्य एजेण्डा

आइतबार बिदा दिने/नदिनेबारे स्थिति हेरेर निर्णय लिइने
बिहीबार, २३ असोज २०७६, १७ : ३१
बिहीबार, २३ असोज २०७६

काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्केटाले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ हुने बताएका छन् ।

बिहिबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सी को भ्रमणले नेपाल र चीनको सम्बन्धलाई अझ टेवा पुग्ने बताउका हुन् ।

सी को नेपाल भ्रमणका क्रममा नेपालले राख्ने एजेण्डा के–के हुन् भनेर सोधिएको प्रश्नमा मन्त्री बास्कोटाले मल्टी डाइमेन्सनल कनेक्टीभीटी नेटवर्क नै मुख्य एजेण्डा रहेको बताएका हुन् ।

उनले भने, ‘मल्टी डाइमेन्सनल कनेक्टीभीटी नेटवर्क नै मुख्य एजेण्डा हुन् । जसअन्तर्गत मुख्यरुपमा कनेक्टिभिटीका कुराहरु पर्दछन् । यसमा रेलवे, सडक, हाइवे, विद्युत् प्रसारणलाइन, र अप्टिकल फाइबरका कुरासमेत पर्छन् । जसबाट दुई देशका नागरिकहरु बीचको व्यापार, सम्बन्ध आदिलाई टेवा पुग्छ । अनि नेपाल यस्तो स्थानमा छ, जहाँबाट विश्वका झण्डै ३ अर्ब मानिसलाई जोड्न सकिन्छ । यसरी एउटा सम्बन्ध सेतुको रुपमा कनेक्टिभिटीको अवधारणालाई अगाडि सार्नेछ ।’

‘कनेक्टिभिटी अन्तर्गत चीनसँग जोडिएको अरनिको राजमार्गको स्तरउन्नती, रसुवागढी–छहरे–काठमाडौं सुरुङमार्ग वा रेलवेको विषय, क्रस वोर्डर विद्युत् लाइन, सिमा व्यवस्थापन आदि विषय पर्न सक्नेछ । यी विषयहरुमा दुई देशकै अधिकारीबीच कुराकानी चलिरहेको छ ।’

यद्यपि मन्त्री बास्कोटाले अहिले नै यो यो विषयमा सहमति र हस्ताक्षर हुने भन्ने विषयको टुंगो भने नलागेको बताए । दुई देशका अधिकारीको छलफल र सहमतिपछि ती विषयहरु चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच हुने वार्तामा लगिनेछ । अनि मात्रै के–के विषयमा सहमति र हस्ताक्षर हुने टुङ्गो लाग्ने उनले बताए ।

आइतबार बिदा दिने कि नदिने भन्ने विषयमा मन्त्री बास्कोटाले स्थिति हेरेर सरकारले चाँडै निर्णय गर्ने बताए ।

बास्कोटाले राष्ट्रपति भण्डारीकै मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिए । ‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैंत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नु हुन्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप