बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप छनौट : नेपालबिरुद्ध अस्ट्रेलियाको गोल वर्षा

बिहीबार, २३ असोज २०७६, १६ : ४२
बिहीबार, २३ असोज २०७६

विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा नेपालबिरुद्ध अस्ट्रेलियाले गोलको वर्षा गरेको छ । अस्ट्रेलियामा सम्पन्न खेलमा नेपाल ५–० गोलले पराजित भएको हो । 

पहिलो हाफमा नै तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो ।

अस्ट्रेलियाको जीतमा जेमी म्याकलेरनले ह्याट्रिक गरे भने ह्यारी साउटरले दुई गरे ।

नेपाल खेलको छैटौँ मिनेटमा नै एक गोललेपछि । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरवाती अग्रता दिलाए ।

म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा साउटरले अर्को गोल थपे भने म्यालेरनले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

विश्वकप एसिया छनौट अन्तरगत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र दुई खेलमा हार बेहोरेको छ । उता, अस्ट्रेलियाले भने दुवै खेलमा जीत निकाल्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप