बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौट : पहिलो हाफमा नेपालबिरुद्ध अस्ट्रेलियाको तीन गोल

बिहीबार, २३ असोज २०७६, १५ : ३५
बिहीबार, २३ असोज २०७६

काठमाडौँ । विश्वकप छनौट अन्तरगतको तेस्रो खेलमा नेपालले अस्ट्रेलियाबिरुद्ध पहिलो हाफमा नै तीन गोलले पछि परेको छ ।

नेपाल खेलको छैटौँ मिनेटमा नै गोल खान पुगेको थियो । जेमी म्याकलेरनले अस्ट्रेलियालाई शुरवाती अग्रता दिलाए ।

म्याकलेरनले नै अस्ट्रेलियाका लागि दोस्रो गोल थपे । त्यसपछि ह्यारी साउटरले गोल गर्दै अस्ट्रेलियाको अग्रता फराकिलो बनाए ।

विश्वकप एसिया छनौट अन्तरगत समूह बीमा रहेको नेपालले हालसम्म एक खेलमा जीत र एक खेलमा हार बेहोरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप