पश्चिमी प्रशान्त महासागरमा ६० घण्टादेखि चलिरहेको सुपर–टाइफुन यो वर्षकै लामो हुने, जापानतर्फ अघि बढ्दै
एजेन्सी । ‘हगिविस’ नाम दिइएको सुपर–टाइफुन विगत ६० घण्टादेखि पश्चिमी प्रशान्त महासागरमा सक्रिय छ । हगिविस यो वर्ष सबैभन्दा लामो अवधिको सुपर–टाइफुन बनेको छ ।
प्रशान्त महासागर क्षेत्रमा आउने समुन्द्री आँधीलाई टाइफुन भनिन्छ र अत्यन्त शक्तिशाली टाइफुनलाई सुपर–टाइफुन भनिन्छ ।
हाल महासागरीय क्षेत्रमा सक्रिय रहेको यो समुन्द्री आँधीको ‘आँखा’ ५५ किमी फराकिलो छ । मौसमविदले यसको गतिलाई क्याटोगोरी ५ चक्रवातको हाराहारीमा राखेका छन् ।
हालको मार्गमा अघि बढीरहेमा यो समुन्द्री आँधी केही दिनभित्रै जापान प्रवेश गरेर ठूलो क्षति पु¥याउनेछ । मौसमविदका अनुसार शनिबार यो सुपर–टोर्नाडो जापान पुग्नेछ ।
तर जापान पुग्दा यसको तीव्रतामा कमी आउनेछ । मौसम वैज्ञानिकका अनुसार जापान प्रवेश गर्दा आँधीको तिव्रता क्याटेगोरी २ मा हुनेछ ।
यो समून्द्री आँधीको प्रभाव जापानको अधिकाँश भागमा महसुस गरिनेछ र यसको ‘आखाँ’ त टोकियोबाट हुदैं अघि बढ्ने हालको प्रक्षेपणले देखाँउछ ।
जापानमा यस अघि अघिल्लो महिनै नै फाक्सिाया नामको टाइफुन आएको थियो । त्यसमा परेर तीन जनाको मृत्यु भएको थियो भने ७ अर्ब डलर धनमालको क्षति भएको थियो ।
हगिविसले फाक्सिया टाइफुनले प्रवेश गरेको क्षेत्रबाटै जापान प्रवेश गर्ने अनुमान गरिएको छ ।
आँधीले शनिबार दिनभरी जापानको केन्द्रीय भू–भागलाई असर गर्नेछ । आँधीका कारण जापानको दक्षिण–केन्द्रीय भागमा २५०(झण्डै १० इन्च) मिलिलिटरसम्म पानी पर्ने पनि अनुमान छ ।
आँधी प्रभावित क्षेत्रको हवाई तथा रेल मार्गमा उलेख्य असर पर्ने जापानको मौसमविज्ञान शाखाले दिइएको छ । सुपर–टाइफुनका कारण जापानका करौडौं विद्युत उपभोक्ताले विजुलीबाट बन्चित हुनुपर्नेछ ।
हाल जापानका विभिन्न सहरमा रग्वी विश्वकप चलिरहेका छ । समुन्द्री आँधीका आउने ठूलो हुण्डरी र निरन्तरको वर्षाले खेल प्रभावित हुने देखिन्छ ।
शनिवारको मौसमले गर्दा केही खेलहरु रद्द हुने सम्भावना पनि रहेको खेलका आयोजकहरुले संकेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी