शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडक मर्मत नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई ट्रकमा बाँधेर घिसारियो

बिहीबार, २३ असोज २०७६, १२ : ४५
बिहीबार, २३ असोज २०७६

एजेन्सी । मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ । 

मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए । समाचारहरुका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन । 

प्रारम्भिक रिपोर्टमा मेयरमाथि किसानले आक्रमण गरेको बताइएको छ । किसानहरुले नै यस अघि पनि एस्कन्डोनमाथि आक्रमण थिए । 

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् । 

अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । 

एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् । 

मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।  

एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ । 

दजनौँ प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए । प्रहरी र मेयरलाई घिसार्दै अघि बढेका पुरुषबीच भएको झडप पनि भएको थियो । त्यसक्रममा कयैन घाइते भएको खबर छ । 

यस अघि पनि चार महिना पहिले, एक घटनामा एक समूहले कार्यालयमा नभएको समयमा तोडफोड गरेका थिए । त्यो समय मेयर कार्यालयमा थिएनन् ।

एस्कन्डोन आफै पनि चुनावको समय प्रहरीको गिरफ्तारीमा परेका थिए । 

लास मार्गरिटासमा मेयर चुनावको दौरान प्रतिद्वन्दी उम्मेद्वारका समर्थकहरुसँग भएको एक विवादमा जोडेर उनलाई पक्राउ गरिएको थियो । 

तथापि, प्रमाणको अभावमा उनलाई मुक्त गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप