बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वैश्विक प्रतिस्पर्धा सूचकांक : भारत १० स्थान खस्कियो, सिङ्गापुरले अमेरिकालाई उछिन्यो

बिहीबार, २३ असोज २०७६, ०७ : ४१
बिहीबार, २३ असोज २०७६

एजेन्सी । वैश्विक प्रतिस्पर्धा सूचकांक २०१९ मा भारत १० स्थान खस्किएर ६८ औँ स्थानमा पुगेको छ । उता, सिंगापुर भने अमेरिकालाई पछाडि पार्दै विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थव्यवस्था बन्न सफल भएको छ ।

जेनेवास्थित विश्व आर्थिक मञ्च (डब्लूइएफ) द्वारा सूचकांकमा भारतलाई ब्राजिलसँगै ब्रिक्स देशहरुको सूचीमा सबैभन्दा खराब प्रदर्शन गर्ने अर्थव्यवस्था बताइएको छ । अघिल्लो वर्ष भारत ५८ औँ स्थानमा रहेको थियो ।

डब्लूइएफले आफ्नो नवीनतम सूचकांकको घोषणा गर्दै बुधबार भनेको छ – भारतको माइक्रोइकोनोमिक स्थिरता र बजारको आकार निकै ठूलो छ, तर बैङ्किङ प्रणाली कमजोर भइरहेको छ । कर्पोरेट गभर्नेन्सको मामिलामा डब्लूईएफले भारतलाई १५ औँ स्थान दिएको छ । त्यस्तै, शेयरहोल्ड गभर्नेन्समा दोस्रो र मार्केटको आकारमा तेस्रो स्थान दिएको छ ।

नविन खोजको मामिलामा भारतलाई कयौँ उदयमान अर्थव्यवस्थाभन्दा माथि राखिएको छ । यसको बावजुद, सूचना, सञ्चार र प्रौद्योगिकी (आईसीटी) को अपनाउने गति, स्वास्थ्य र स्वास्थ जीवन प्रत्याशाको मामिलामा भारतको प्रदर्शन खराब रहेको छ । रिपोर्टका अनुसार भारतको स्वस्थ जीवन प्रत्याशाको मापदण्डमा कूल १४१ देशमा भारत १०९ औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप