केन्द्रीय संस्करण
चिनियाँ क्रान्तिको सत्तरी वर्ष

निर्धो चीनबाट विश्व चुनौतीहरु सामना गर्न तम्तयार बनेको आजको बलियो चीन

चिनियाँ क्रान्तिको सात–दशक : नेपालले के सिक्न सक्छ ?

person explore access_timeअसोज २३, २०७६ chat_bubble_outline1

चीनको राष्ट्रिय दिवस हो एक अक्टुबर । चिनियाँ क्रान्ति सम्पन्न भएको दिन । प्रत्येक वर्ष मनाइने यो पर्व ‘दशक’ भने विशेष रुपमा आयोजना गर्ने चलन रहँदै आएको छ । समाचारमा सुनेझैँ यो पटक १ अक्टुवर धुमधाम सँग चिनियाँहरुले मनाए । त्यस अवसरमा सन्देश दिँदै राष्ट्रपति सि जिङपिङले भने, “यो विशाल मुलुकको गौरवशाली स्थानलाई कुनै पनि शक्तिले हल्लाउन सक्तैन ।” त्यस दिनको परेडले दुनियालाई के भनिरहेको थियो भने चीन आर्थिक रुपमा मात्र सवल छैन, राजनीति तथा सामरिक जुनसुकै प्रकारका चुनौतीहरुको पनि सामना गर्न तयार छ । राष्ट्रपति सि भनिरहेका थिएः हामी हाम्रो सार्वभौमताको रक्षा गर्न सवल छौँ । जापान र युरोपेली शक्तिहरुले उन्नाइसौँ र बीसौँ शताब्दीमा गरेको अपमान सम्झदै चिनियाँहरु भन्न र देखाउन चाहन्छन्, “आजको चीन युरोप र जापानले ठानेको पुरानो चीन होइन ।”

इतिहासमा ‘अपमानको घाउ’

युरोपकेन्द्रित (युरो–सेन्ट्रिक) इतिहासले जतिसुकै ढाकछोप गरेपनि अठारौँ शताब्दीको दोश्रो दशकसम्म चीन खाद्य, गैर–खाद्य (खास गरी चिया, चिनियाँ माटो (पोर्सलेन) र सिल्क सामाग्री उत्पादनको ठूलो केन्द्र थियो । विश्व बजारमा उपभोग्य सामाग्रीको झण्डै ३० प्रतिशत हिस्सा चिनियाँ सामाग्रीले लिने गर्थे ।


साम्राज्यवादी बेलायतले चीनसँगको ठूलो व्यापारघाटा पूर्ति गर्न भारतमा अफिम उत्पादन गरी चिनियाँ समाजलाई नै लागु पदार्थको ब्यसनी (एडिक्टेड) बनाउने काम गरे । तत्कालीन क्वीङ वंशको राजतन्त्र (क्वीङ डाइनेष्टी) ले लागु पदार्थ सेवन तथा व्यापारमा प्रतिबन्ध लगाउँदा बेलायतले चर्चित “गन–वोट डिप्लोमेसी” अख्तियार गर्‍यो ।


त्यही भएर युरोपेली मुलुकहरु र विस्तारै औद्योगिक शक्तिका रुपमा जागरुक हुँदै गएको जापान चीनलाई तल पार्न लागिपरेका थिए । बेलायत, जस्ले भारत कब्जा गरेको थियो, चीनमा सामुद्रिक तथा स्थल मार्गवाट प्रवेश गरेर चिनियाँ समाजमा “लागु पदार्थ” (अफिम लगायत) भित्र्याए । सोही सिलसिलामा बेलायतसँगको पहिलो अफिम युद्ध भएको थियो । साम्राज्यवादी बेलायतले चीनसँगको ठूलो व्यापारघाटा पूर्ति गर्न भारतमा अफिम उत्पादन गरी चिनियाँ समाजलाई नै लागु पदार्थको ब्यसनी (एडिक्टेड) बनाउने काम गरे । तत्कालीन क्वीङ वंशको राजतन्त्र (क्वीङ डाइनेष्टी) ले लागु पदार्थ सेवन तथा व्यापारमा प्रतिबन्ध लगाउँदा बेलायतले चर्चित “गन–वोट डिप्लोमेसी” अख्तियार गर्‍यो । (शक्ति राष्ट्रले कम्जोर राष्ट्रलाई समुद्रमा आवातजावत गर्न, व्यापार गर्नै नदिन धम्क्याउने वा युद्धनै थोपर्ने कृयाकलापलाई ‘गन–वोट डिप्लोमेसी’ भनेर बुझिन्छ । अहिले पनि साउथ चाइना सीमा चिनियाँलाई अमेरिकाले थर्काउन खोजिरहेको घटनालाई पनि त्यसको उदाहरणका रुपमा लिन सकिन्छ ) । गन–वोट भन्नाले नाउ (डुङ्गा) भरी हतियार तर कूटनीति (डिप्लोमेसी) चाहिँ कम भन्ने अर्थमा पनि बुझिन्छ । त्यही गनवोट पोलीसीकै कारण इतिहासमा हङ्गकङ्ग र मकाउ चीनको हातबाट फुत्किएर अरुको अधीनमा पुगेका थिए ।

बेलायततले सन् १८३९ देखि १९११ सम्म यही गनवोट पोलीसी अन्र्तरगत चीनमा भएका साना ठूला राजनीतिक आन्दोलनहरुलाई दबाउन जापान तथा चिनियाँ जमिन्दार तथा सुदखोरहरुलाई साथ लिने गर्थे । सयौँ क्षेत्रीय तथा राष्ट्रिय विद्रोह त्यो जमानामा दबाइएका थिए ।

सन् १९११ मा डा. सुनयात सेनको नेतृत्वमा “सिनहाई क्रान्ति” (Xinhai Revolution) सम्पन्न भयो । त्यो क्रान्तिले क्वीङ वंशको शासनसत्ता फाल्यो । यद्यपि चिनियाँ पूर्वी समुद्री किनारमा रहेका खानी, उद्यम र सवै भन्दा उब्जाउ फाँटहरु माथि विदेशी शक्तिहरुले आँखा गाडिरहेकै थिए । उनीहरु चीनमा रहेका प्रतिकृयावादी शक्तिहरु, खासगरी जमिनदार र सुदखोर साहु महाजनका आडमा शक्तिको चलखेल गर्न लागिपरेका थिए । क्रान्तिले स्थापित गरेको कोमिन्ताङ अर्थात् गोमिङदाङ  (Guómíndǎng) पार्टीमा पनि तिनै पुराना शक्तिहरुको हालीमुहाली चलिरहन्थ्यो ।

सन् १९१९ को मे फोर्थ मुभमेन्ट भर्सेलीको सन्धि अन्तर्गत नाजी जर्मनीको स्वार्थमा जापानी साम्राज्यवादले चीनको तेल भण्डार भएको सान्दोङ प्रान्तमाथि कब्जा गर्‍यो । त्यो कब्जा अन्तर्राष्ट्रिय मान्यताको विरुद्ध थियो । वास्तवमा, एउटा साम्राज्यले अर्को साम्राज्यलाई एउटा सार्वभौम मुलकको सम्पदा बाँडफाँड गरेको घटना थियो त्यो । त्यस घटनाविरुद्ध संघर्ष गरेका युवा विद्यार्थी तथा मजदुरहरुले सत्तारुढ गोमिङदाङ (कोमिन्ताङ) पार्टीले चीनको सार्वभौम सत्ताको रक्षा र आम जनताको आवश्यकता पूर्ती गर्ने गरी आमुल परिवर्तन (संरचनागत परिवर्तन) गर्दैन भन्ने मान्यता राखेर नै उनीहरुकै अगुवाईमा नै सन् १९२१ म कम्युनिष्ट पार्टी गठन गरेका थिए ।

च्याङ काइ सेक र माओ । https://hwckaminski.weebly.com

युवा विद्यार्थी तथा मजदुरहरुले सत्तारुढ गोमिङदाङ (कोमिन्ताङ) पार्टीले चीनको सार्वभौम सत्ताको रक्षा र आम जनताको आवश्यकता पूर्ती गर्ने गरी आमुल परिवर्तन (संरचनागत परिवर्तन) गर्दैन भन्ने मान्यता राखेर नै उनीहरुकै अगुवाईमा नै सन् १९२१ म कम्युनिष्ट पार्टी गठन गरेका थिए ।


सन् १९४९ को क्रान्तिपछि  तत्कालीन चीनको शासनको नेतृत्व गरिरहेका च्याङ काइ सेक भागेर ताईवान पुगे । उनी अमेरिकाको मद्दतमा त्यहाँको शासक बने । सन् १९४९ पछि १९७३ सम्म संयुक्त राज्य अमेरिकाले गोमिङदाङ नेतृत्वकको ताइवानलाई असली चीनको रुपमा मान्यता दिइरह्यो र वास्तविक तथा विशाल चीनलाई व्यापार प्रतिबन्ध लगाइरह्यो । गणवादी चीनको भू–भागको ० दशमलव ४ प्रतिशत र जनसंख्याको २ प्रतिशत मात्र संख्या रहेको ताइवानलाई मान्यता दिनु अपमानको यो भन्दा पराकाष्टा के हुन्छ ?

क्रान्तिको जग

सत्तारुढ गोमिङदाङ पार्टीले साँचो अर्थमा मुलुक र जनताको हित हुन सक्दैन, त्यसले साम्राज्यवादी अतिक्रमण र शोषणबाट चीनलाई बचाउन सक्दैन भन्ने कुरा उसको गतिविधिहरुले प्रष्ट भइसकेको थियो । त्यसैको प्रतिफल सन् १९२१ मा नै चीनमा कम्युनिष्ट पार्टीको जन्म भइसकेको थियो । उक्त पार्टी  सत्तारुढ गोमिङदाङ पार्टीभन्दा सैद्धान्तिक वैचारिक र लक्ष्यभेदनका हिसावले फरक थियो । नयाँ चिनियाँ कम्युनिष्ट पार्टी संसदवाद (पार्लियामेन्ट्री डेमोक्रेसी) लाई मात्रै प्रजातन्त्र/लोकतन्त्र मान्ने पक्षमा थिएन । यस्को अर्थ लोकतन्त्र भनेको उदारवादमा आधारित बेलायती अभ्यास मात्रै हो भन्ने पक्षमा थिएन ।


याँचिनियाँ कम्युनिष्ट पार्टी संसदवाद (पार्लियामेन्ट्री डेमोक्रेसी) लाई मात्रै प्रजातन्त्र/लोकतन्त्र मान्ने पक्षमा थिएन । यस्को अर्थ लोकतन्त्र भनेको उदारवादमा आधारित बेलायती अभ्यास मात्रै हो भन्ने पक्षमा थिएन ।


महिला र न्यून आय भएका गरिब मानिसलाई मताधिकार समेत नदिएको, आम मानिसमा सामाजिक न्याय उपलब्ध गराउन नसकेको, धनाढ्य पूँजीपतीहरुको पक्षमा मात्र वकालत गर्ने तर सामान्य मानिसको शिक्षा, स्वास्थ्य, गाँस, वास, कपासको व्यवहारमा प्रत्याभूति गराउन नसक्ने व्यवस्थाको निर्मूल गर्नुपर्छ भन्ने घोषणा गरेरै यो पार्टीको जन्म भएको थियो । यद्यपि लियोन त्रोतोस्कीको चेतावनी र भोट विपरीत स्टालिनको नेतृत्वको कोमिन्टर्नले चिनियाँ शासक दललाई प्रगतिशीलको दर्जा दिएर गोमोनङलाई मान्यता दिएको तथा मिलेर काम गर्न समझदारी बनाउन भनेको थियो । तर त्यसको ठीक विपरीत गोमिन्दाङले कुनै पनि समयमा किसान र मजदुरलाई धोका दिन्छ भन्ने त्रोतोस्कीको विश्वास थियो । वास्तावमा उनी सही थिए भन्ने कुरा इतिहासले केही वर्षपछि नै प्रमाणित गर्‍यो ।

https://holachina.com

स्टालिनको नेतृत्वको कोमिन्टर्नले चिनियाँ शासक दललाई प्रगतिशीलको दर्जा दिएर गोमोनङलाई मान्यता दिएको तथा मिलेर काम गर्न समझदारी बनाउन भनेको थियो । तर त्यसको ठीक विपरीत गोमिन्दाङले कुनै पनि समयमा किसान र मजदुरलाई धोका दिन्छ भन्ने त्रोतोस्कीको विश्वास थियो । वास्तावमा उनी सही थिए भन्ने कुरा इतिहासले केही वर्षपछि नै प्रमाणित गर्‍यो ।


कोमिन्टर्नको निर्णयको पालना सन्  १९२१ देखि १९२७ सम्म संयुक्त रुपमा कम्युनिष्ट पार्टीले गर्‍यो र गर्न खोज्यो पनि । तर वर्गीय दृष्टिकोण र परिवर्तनको कार्यदिशा अलग भएका कारण उनीहरु आपसमा मिल्न सक्ने कुरा थिएन । खासगरी सुन यात सेनको मृत्यु (मार्च, १९२५) भएपछि च्याङ काई सेक  गोमिङदाङको नेतृत्व मा आए र एकलौटी सत्तामा सत्ताधीश बने । विगतदेखि नै उनको सम्बन्ध सम्पर्क धनाढ्य तथा हिमचिम पूँजीपती वर्ग तथा जमिन्दारहरुसँग भएकाले उनी सारतः मजदुर तथा किसानको विपक्षीमा थिए । सन् १९२७ को अगस्तमा भएको कोमिन्र्टनको बैठकमा त्रोतस्कीले उस्को विगतको निर्णयको आलोचना गर्दै भनेका थिए, “व्यवहारवादका नाममा क्रान्तिकारीले क्रान्तिको मार्ग छोड्न मिल्दैन । समाजवादीहरुले साझा ठानिने संघर्षका कार्यक्रममा निश्चय पनि अन्य शक्तिहरुसँग सहकार्य (अलायन्स) गर्नु पर्छ  तर सँगसँगै राजनीतिक आत्मनिर्भरता तथा श्रमजीवी वर्गको राज्यसत्ता प्राप्त गर्ने उद्देश्य छोड्ने सर्तमा सहकार्य हुन सक्तैन ।” रुसी संघर्षबाट यो कुरा सिक्न जरुरी छ भन्ने उनको भनाइ थियो ।

इतिहासकार हारोल्ड इशाकले “द ट्रेजेडी अफ चाइनिज रेभ्यूलेशन” मा उल्लेख गरेअनुसार सन् १९२७ को बसन्त ऋतुको समयमा चियाङ काइ सेकको सरकारले युद्ध सरदार (वारलर्ड)हरुको मिलोमतोमा संघाईमा ठूलो हत्याकाण्ड मच्याए । अर्को वर्ष थुप्रै सहरी केन्द्रहरुमा काम गर्ने हजारौँ ट्रेड युनियानिष्टहरुको हत्या गरियो । फलतः ठूलो संख्यामा कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताहरु आफू बसिरहेका सहर र काम गरिरहेका फ्याक्ट्री छोडेर सुदुर गाँउहरुमा पसे । त्यसपछि मात्र बँचेखुचेका कम्युनिष्टहरुले पिपुल्स रेभ्यूल्युसनरी आर्मी गठन गरे । समयक्रममा यसले चीनका थुप्रै भूभागहरुमा नियन्त्रण कायम गर्दै त्यसलाई आफ्नो आधार इलाकाको रुपमा विकसित गर्दै गयो ।


भूमिसुधारसँगै गाँस र वासको सामान्य व्यवस्थापन समेत हुँदै गएपछि कम्युनिष्ट पार्टीमाथि किसानहरुको ठूलो विश्वास कायम हुन पुग्यो । फलतः उनीहरुको बलियो साथसमर्थन कम्युनिष्टहरुमाथि हुन पुग्यो । कम्युनिष्ट पार्टीको समर्थनगर्दै उसैको नेतृत्वमा उनीहरु जीउ ज्यान दिएर जापानी साम्राज्यवादी र आधिपत्यवादका विरुद्ध लडे ।


सन् १९३७ मा जापानीहरुले चीनमाथिको आफ्नो साम्राज्यवादी हस्तक्षेप तीब्र पार्दै लगेपछि येनान आधार इलाकामा रहेका माओ जेदुङ नेतृत्वको मजदुर किसान संलग्न रहेको जनमुक्ति सेनाले प्रतिवादात्मक/प्रतिरोधात्मक आक्रमण सुरु गर्‍यो । सँगसँगै आधार इलाकाहरुमा क्रान्तिकारी भूमिसुधारको कार्यक्रमले पनि विस्तार पायो । भूमिसुधारसँगै गाँस र वासको सामान्य व्यवस्थापन समेत हुँदै गएपछि कम्युनिष्ट पार्टीमाथि किसानहरुको ठूलो विश्वास कायम हुन पुग्यो । फलतः उनीहरुको बलियो साथसमर्थन कम्युनिष्टहरुमाथि हुन पुग्यो । कम्युनिष्ट पार्टीको समर्थन गर्दै उसैको नेतृत्वमा उनीहरु जीउ ज्यान दिएर जापानी साम्राज्यवादी र आधिपत्यवादका विरुद्ध लडे । कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सशक्त प्रतिरोधी संघर्षका कारण जापानीहरु पराजित भएपछि पनि “जनयुद्ध” जारी रह्यो । किसान–मजदुर आवद्ध जनसेनाको “लङ मार्च” अभियानले गाउ गाँउमा भूमिसुधार गर्दै लगे, विद्यालयहरु, स्वास्थ्यालयहरु खोल्दै र  जनस्तरमै व्यवस्थित गर्दै लगे । त्यसले कम्युनिष्ट पार्टीलाई आम जनतामाझ बलियो रुपमा स्थापित गरायो । यसरी जनमुखी कार्यक्रमहरुको जगमा कम्युनिष्ट पार्टी  बलियो बन्दै गएपछि गोमिन्दाङ र तिनका कुलीन नेताहरु विस्तारै किनारा लाग्दै गए । र, अन्ततः सन् १९४९ को अक्टोबर १ मा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको घोषणा भएको थियो ।

त्यसो त चीनको जनवादी क्रान्ति त निकै अगाडिबाट सुरु भएर सफलताको बाटो हिँडिरहेको थियो । त्यो सफलता युरोपेलीदेखि जापानीज हैकम विरुद्धसम्मको थियो । त्यो सफलता च्याङ काइ सेकको गामिन्दाङ नेतृत्वको जमिन्दार पूँजीपती र दलालहरुको पार्टी विरुद्ध पनि थियो । र आम मजदुर र किसानको पक्ष्यमा उनीहरुकै सहकार्यमा सहभागितामा क्रान्तिले सफलता हाँसिल गरेको थियो । त्यसैले चिनियाँ क्रान्तिको जग मूलतः किसान र मजदुर थिए ।

क्रान्तिपछिका जटिलता

पश्चिमा पूँजीवादीहरु, युरोपेली र जापानी शासकहरु, उदार पूँजीवादको पक्षपोषण गर्ने विद्वानहरु चिनियाँ क्रान्तिको विपक्षमा थिए । त्यसो हुनु अस्वभाविक थिएन । युद्धबाट फाइदा लुट्नेहरु र लुटेर खाने प्रवृत्तिको अनि शोषणको अन्त भएको थियो । क्रान्तिपछि केही जटिलताहरु पनि थपिए । केही सहभागितामूलक कार्यक्रमका अभ्यासहरु असफल पनि भए । जस्तो “ग्रेट लिप फरवार्ड कार्यक्रम” असफल हुन पुग्यो । वास्तवमा हतारमा गठन गरिएका कम्यूनहरुले सहज प्रतिफल दिन नसक्दा र झुटो सुचना आंकलन गरिदा वा न्यून पूँजीवादी चिन्तन र संस्कारका कारण पनि त्यो कार्यक्रम असफल भएको थियो ।

http://images.china.cn

क्रान्तिपछि केही जटिलताहरुपनिथपिए । केही सहभागितामूलक कार्यक्रमका अभ्यासहरु असफल पनि भए । जस्तो “ग्रेट लिप फरवार्ड कार्यक्रम” असफल हुन पुग्यो । वास्तवमा हतारमा गठन गरिएका कम्यूनहरुले सहज प्रतिफल दिन नसक्दा र झुटो सुचना आंकलन गरिदा वा न्यून पूँजीवादी चिन्तन र संस्कारका कारण पनि त्यो कार्यक्रम असफल भएको थियो ।


चिनियाँ जनवादी क्रान्तिपछि सन् १९५२ मा चीन सरकारले स्टेट प्लानिङ कमिसन गठन गर्‍यो । त्यो कमिसनले पहिलो काम मुलुकब्यापी रुपमा उत्पादन लक्ष्य तथा कोटा तय गर्‍यो । सम्बन्धित मन्त्रालयले आफ्नो मुलुकभित्र अत्यावश्यक महत्वपूर्ण औद्योगिक तथा कृषि उत्पादन गर्ने जिम्मेवारी छुट्याइयो । त्यसपछिका वर्षहरुमा मन्त्रालयहरुले आफूभित्र विशिष्ट उद्योगहरु छनोट गर्ने र प्रोजेक्ट बनाएर काम थाले । १९५३–५७ को पहिलो पञ्चवर्षीय योजनामा तत्कालीन सोभियत संघले १५६ औद्योगिक इकाइका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग गरेको थियो । सन् १९५२ मै चीनको राष्ट्रिय सञ्चिती दर (नेशनल एकुमुलेशन रेट) ३० प्रतिशत थियो (जुलियान गेवीर्ज लिखित पुस्तक “अनलाइकली पार्टनर्स,चाइनिज रिफर्मस,वेष्टर्न इकोनोमिष्टस एण्ड दि मेकिङ अफ ग्लोवल चाइना,हार्वड युनिभर्सिटी प्रेस,२०१७) । माओको चीनमा सन् १९५२ देखि १९७८ सम्म ६.३ प्रतिशतको सरदर आर्थिक बृद्धिदर रहेको थियो । अझ १९६३ देखि १९७८ सम्मको समयक्रमको तथ्यांक (टाइमसेरिज डाटा) हेर्ने हो भने प्रति वर्षको कूल ग्राहस्थ उत्पादन बृद्धिदर (जिडिपी ग्रोथ) ८.२ प्रतिशत रहेको देखिन्छ । सन् १९७९–२०१५ सम्मको टाइमसेरिज डाटा हेर्दा बृद्धिदरको औसत ९.९ प्रतिशत रहेको छ (“सम कन्सीडरेसन्स अन चाइनिज लङरन इकोनोमिक ग्रोथः १९५२–२०१५ फ्रम दी एनालाइसिस अफ फ्याक्टर कन्ट्रिव्युसनस टु द्याट अफ दि प्रोफिट रेट” स्ट्रक्चरल चेन्ज एण्ड इकोनोमिक्स डाइनामिक्स ४४(२०१८) १४–२२) । माथि उल्लेखित जर्नल आर्टिकलमा लेखकद्वयले सन् १९५२ देखि सन २०१५ सम्मको  भौतिक पूँजी संग्रह (फिजिकल क्यापिटल स्टक) आर्थिक बृद्धिदरको तथ्यांक विश्लेषण गरेका छन् । कुनै पनि मुलुकको विकासका लागि क्यापिटल–स्टक अपरिहार्य ठानिन्छ । क्यापिटल स्टकलाई उत्पादनशील पनि भनिन्छ किनकि यो भन्नाले मेसेनरी, टुल्स, इक्वीपमेन्ट, इण्डिष्ट्रियल विल्डिङ, र अन्य सुविधा भन्ने बुझिन्छ । सन् १९५२–७८ र सन् १९७९–२०१५ यो स्टकको बृद्धिदर औसत क्रमस ९.७ र १०.९ रहेको देखाइएको छ । अझ खासगरी इन्भेन्ट्रिज सहितको प्रोडक्टिभ क्यापिटल स्टक, जो सर्कुलेटिङ क्यापिटलको रोटेसन रेटको गणना महत्वपूर्ण हुन्छ, सञ्चिती दर पहिलो अवधिमा १०.४१ प्रतिशत रहेको थियो भने पछिल्लो अवधिमा १०.३९ प्रतिशत ।

सुधार पछि विकासको दोश्रो चरण

अध्यक्ष माओको कार्यकालका ३० वर्ष चीनमा आधारभूत विकासका पूर्वाधार निर्माण भए । त्यही पूर्वाधारमा टेकेर बितेका चार दशकमा चीनले ९.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्‍यो र न्यूनआय भएको मुलुकवाट माथिल्लो मध्यम अर्थतन्त्र भएको मुलुकको दर्जा हासिल गर्न सफल भएको छ ।

https://www.newstatesman.com

अध्यक्ष माओको कार्यकालका ३० वर्ष चीनमा आधारभूत विकासका पूर्वाधार निर्माण भए । त्यही पूर्वाधारमा टेकेर बितेका चार दशकमा चीनले ९.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्‍यो र न्यूनआय भएको मुलुकवाट माथिल्लो मध्यम अर्थतन्त्र भएको मुलुकको दर्जा हासिल गर्न सफल भएको छ ।


यो चार दशकमा चिनियाँ बस्तु व्यापार १९८ गुणाले बृद्धि भएको छ भने व्यापारमा सेवाको विस्तार १४७ गुणाले बढेको छ । २ खर्ब अमेरिकी डलर बराबर औद्योगिक लगानी आकर्षित भएकोछ । ७७ करोड ६४ लाख चिनियाँहरु पूर्ण रोजगार बन्न पुगेका छन् । वार्षिक आर्थिक बृद्धिको ७८ प्रतिशत आफैँले उपभोग गर्न सक्ने अवस्था सृजना हुन पुगेको छ । वैदेशिक मुद्राको सञ्चिती ३.१४ खर्व डलर (सन् २०१७ मा) पुगेको छ । प्रतिब्यक्ति आय २२.८ गुणाले बृद्धि भएको छ । ४० करोड मध्यम वर्गीय चिनियाँहरुले यतिबेला आयातित उपभोग्य बस्तुको माग गर्ने गरेका छन् । चीनमा यतिबेला उत्पादनशील क्षेत्रले कूल गार्हस्थ उत्पादनको ५३.१ प्रतिशत हिस्सा ओगटेको छ भने आर्थिक बृद्धिदरको झण्डै ६०.८ प्रतिशत । सन् २०१३ मा अगाडि सारिएको ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा २५ देशसँग स्वतन्त्र व्यापार सन्धि सम्पन्न गरेको छ । यो प्रोजेक्टको  आर्थिक र व्यापारिक क्षेत्रका देशहरुमा चीनले गएको जुन महिनासम्ममा २८.९ अर्व अमेरिकी डलर खर्च गरि सकेको छ र ती रुटमा २ लाख ४४ हजार रोजगारी उत्पादन भएका छन् (डिसेम्बर २७,बेइजिङ रिभ्यू तथा पिपुल्स डेली डिसेम्बर २१,२०१८)

पर्चेजिङ पावर प्यारिटी (पिपिपि) को हिसाबमा चीनले अमेरिकालाई जितिसकेको छ । सन् २०२५ सम्ममा कूल ग्राहस्थ (जिडिपि) टर्ममा पनि चीन अमेरिकालाई जित्ने संभावना रहेको आँकलन गरिएको छ   (जुलियन गुअजर्टस;२०१७) । विश्व अर्थतन्त्रको झण्डै २१ प्रतिशत हिस्सा चीनको रहेको जनाइएको छ ।  बितेका ४ दशकमा चीनले  १३० वटा देशहरु, दर्जन बढी क्षेत्रीय र अन्तर्राष्ट्रिय संस्थाहरुसँग व्यापार गरिरहेको छ । यो व्यापारको मात्रा कति ठूलो छ भने सन् १९१७ मा मात्र ४ खर्व १० अर्व अमेरिकी डलर बराबरको वैदेशिक ब्यापार भएको जनाइएको छ । यो अवधिमा विश्व बैंक तथा अन्य अन्तर्राष्ट्रिय नियामक निकायहरुले तय गरेको दरिद्रताको मापदण्डअनुसार नै पनि ७४ करोड चिनियाँहरु दरिद्रताको रेखा पार गर्न सफल भएका छन् (चाइना डेली २४ डिसेम्बर २०१८)


विश्वविख्यात मार्क्सवादी चिन्तकहरु मध्येकेहीले चाहिँ अहिले छलाङ मार्ने गतिमा अघि बढेको चिनियाँ अर्थतन्त्रलाई पूँजीवादी विकासकै रुपमा अर्थ्याएका छन् । जस्तो प्रोफेर डेभिड हार्वेले चीनको १९७८ को सुधारलाई “चिनियाँ चरित्रको नवउदारवाद” को संज्ञा दिएका छन् ।


तर चीनको अतुलनीय विकासलाई हेर्ने भिन्न भिन्न आँखाहरु छन् । हार्वड विश्वविद्यालयका प्राध्यापक तथा विख्यात अर्थशास्त्री डानी रोड्रिकले त्यसलाई “चीनको निडरतापूर्वक परीक्षण” भनेका छन् । स्विडिस अर्थशास्त्री एरिक बर्गर्लफले “चीन अब सिकाउन सक्ने शिक्षक बनिसकेको बताएका छन् (हेर्नुहोस् क्रमश:रोड्रिक ११,डिसेम्बर तथा २४ डिसेम्बर २०१८ मा प्रोजेक्ट सिण्डिकेटमा प्रकाशित लेखहरु) । तर विश्वविख्यात मार्क्सवादी चिन्तकहरु मध्ये केहीले चाहिँ अहिले छलाङ मार्ने गतिमा अघि बढेको चिनियाँ अर्थतन्त्रलाई पूँजीवादी विकासकै रुपमा अर्थ्याएका छन् । जस्तो प्रोफेसर डेभिड हार्वेले चीनको १९७८ को सुधारलाई “चिनियाँ चरित्रको नवउदारवाद” को संज्ञा दिएका छन् । चीनमा एउटा निश्चित प्रकारको नवउदारवादी बजार अर्थतन्त्रमाथि केन्द्रीकृत शासन व्यवस्थाको मजवुत नियन्त्रण रहेको उनको कथन छ(हेर्नुहोस् डेभिड हार्वे लिखित “अ ब्रिफ हिष्ट्री अफ इकोनोमिक नियोलिवरालिजम,अक्सफोर्ड युनिभर्सिटी प्रेस २००५)”। लियो पेनिच र साम गिनदिन चिनियाँ विकास अमेरिकी पूँजीवादको पुरकको रुपमा रहेको बताउँछन् (हेर्नुहोस्, “मेकिङ अफ ग्लोवल क्यापिटालिजम” भर्सो २०१२) । तर आदम स्मिथ इन बेइजिङका लेखक जियोभानी अरिघी भने चिनियाँ एलिटहरुले “बजारलाई सरकारी टुलको रुपमा प्रयोग गरेको र सफलता हाँसिल गरेको” बताएका छन् ।

चीनको शिक्षा

आधुनिक चीन एक दिनमा बनेको होइन । धेरै ठूलो लगन, त्याग अनि अपमानको जगमा आधुनिक चीनको निर्माण भएको हो । हामी हचुवामा कुरा नगरौँ, आत्मसम्मानमा ठेस लाग्ने कुनै काम नगरौँ । मेरो विचारमा चिनियाँ क्रान्तिले ७० वर्षको उकालो टेक्यो । उसका अगाडि ठूला चुनौतीका अजंग पहाडहरु तेर्सिएर रहेका छन् । तीमध्ये पनि सवैभन्दा धेरै त सुधारका नाममा भएका विकृति र त्यसबाट सिर्जित असमानताको पर्खाल तोड्न उसलाई गाह्रो परिरहेको देखिन्छ । यद्यपि विगतका कठीन संघर्षमय स्थितिबीच हासिल गरेका सफलताहरुका आधारमा भन्न सकिन्छ, यो कठिन पहाड छिचोल्न चीन सक्षम हुनेछ ।


चीनले हासिल गरेको अद्भूत सफलता र विकास हाम्रो लागि एउटा राम्रो उदाहरण हुन सक्छ तर यो कुरामा कुनै शंका छैन कि हाम्रो हकमा चिनियाँ क्रान्तिको मोडल हुबहू लागु हुन सक्तैन । तर आजको वैश्विक परिस्थितिमा,अझ चीनसँग सीमा जोडिएको निकटस्थ छिमेकी मुलुककै नाताले पनि हामी फरक छौँ भनेर चीनले अपनाएका आधारभूत सिद्धान्तबाट फरक बस्न र अछुतो रहन पनि सक्तैनौं ।


 चीनले हासिल गरेको अद्भूत सफलता र विकास हाम्रो लागि एउटा राम्रो उदाहरण हुन सक्छ तर यो कुरामा कुनै शंका छैन कि हाम्रो हकमा चिनियाँ क्रान्तिको मोडल हुबहू लागु हुन सक्तैन । तर आजको वैश्विक परिस्थितिमा, अझ चीनसँग सीमा जोडिएको निकटस्थ छिमेकी मुलुककै नाताले पनि हामी फरक छौँ भनेर चीनले अपनाएका आधारभूत सिद्धान्तबाट फरक बस्न र अछुतो रहन पनि सक्तैनौं । यसअर्थमा, आर्थिक विकासको चिनियाँ मोडलको आधारभूत विषय अन्ध नक्कलका लागि हैन, बरु त्यसका असल र सकारात्मक पक्षहरुबाट सिक्दै उन्नति र प्रगतिको मार्गमा अघि बढ्नका लागि हाम्रा लागि शिक्षाप्रद हुन सक्छ ।

कमेन्ट

  1. Oct. 19, 2019, 7:27 a.m. leela
    We said that China's progress is a result of hardwork of chinese people and, commitment, vision and strong leadership, of cpc. strong desire of rejuvenation of great history n culture after they met humiliation from west and japan durung past three centuries also contributed for amazing performance of china. surprisingly not a single word is find in entire article about the topics. further all the statistics quoted in billion (खर्व) are wrong. trillion is not equal to खर्व., add one more zero on Kharba for trillion. Conclusion is abrupt, after referring so many scholars, readers become confused about the China's progress. author should have opinion over the diverse quotes, otherwise why he quoted opposite views?
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...