केन्द्रीय संस्करण
चे ग्वेभारा शहादत दिवस विशेष

समाजवाद र नवमानवको सिर्जना

जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौं, तबमात्र जनता अरु बेसी द्रुत गतिमा दौड्न सक्छन् ।

person explore access_timeअसोज २२, २०७६ chat_bubble_outline1

यो ऐतिहासिक लेख चे ग्वेभाराले कार्लोस क्वीजानोलाई पत्रको रुपमा लेख्नुभएको थियो । कार्लोस उरुग्वे नामक ल्याटिन अमेरिकी देशको राजधानी मोन्टेभिदेओबाट प्रकाशित हुने वामपन्थी साप्ताहिक पत्रिका Marcha का सम्पादक थिए । यो लेख उहाँले संयक्त राष्ट्र संघलाई सम्बोधन गरेपछि भएको उहाँको अफ्रिकी राष्ट्रहरुको ३ महिने भ्रमणको क्रममा लेख्नुभएको थियो । यो लेख Marcha  को मार्च १२, १९६५ अंकमा र Varde Olivo पत्रिकामा अप्रिल ११, १९६५ मा Socialism and Man in Cuba शीर्षकमा प्रकाशित भएको थियो ।

प्रिय साथी,

हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो बाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ – पाठकहरुका लागि यो रुचिकर हुनेछ ।

हामी समाजवादको निर्माणमा उद्यत छौं । समाजवादका विरुद्ध पूँजीवादी प्रवक्ताहरु पनि विचारधारात्मक संघर्षमा लीन छन् । यस्तो संघर्षको क्रममा उनीहरु धेरैजसो के तर्क दिन्छन् भने समाजवादमा वा समाजवादको निर्माणकालमा राज्यको हितका लागि व्यक्तिलाई बलि दिइन्छ । म केवल सिद्धान्तको आधारमा मात्रै यस तर्कको प्रतिवाद गर्दिनँ, बरु यसको प्रतिवादमा क्यूबाली अनुभवका तथ्यहरुसमेत प्रस्तुत गर्नेछु र सामान्य स्वभावको टिप्पणी अगाडि सार्नेछु ।

सबैभन्दा पहिले म सत्तामाथि अधिकार जमाउनुभन्दा अगाडि र पछाडिको आफ्नो क्रान्तिकारी संघर्षको इतिहासको विस्तृत रुपरेखा प्रस्तुत गर्नेछु ।

हामी सबैलाई थाहा छ – क्रान्तिकारी संघर्षको शुरुआत २६ जुलाई, १९५३ मा भएको थियो, जुन संघर्ष पहिलो जनवरी १९५९ मा समाप्त भएको थियो । २६ जुलाईको दिन बिहान सबेरै ओरियन्ट प्रान्तको मोन्काडा छाउनीमाथि फिडेल क्यास्त्रोको नेतृत्वमा रहेको एउटा समूहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो । यो असफलताले ठूलो बिपत्ति ल्यायो । जीवित रहनु भएका मानिसहरुलाई बन्दी बनाइयो । मुक्त भएपछि उहाँहरुले फेरि शुरुदेखि क्रान्तिकारी संघर्षको सूत्रपात गर्नुभयो ।

यही प्रक्रियाको क्रममा, व्यक्ति नै आधारभूत तत्वको रुपमा रहेको थियो, जुन प्रक्रियामा समाजवादको बीऊमात्रै रहेको थियो । व्यक्तिकै रुपमा देखापर्नु भएका यही विशिष्ट र एक्लो खास मानिस नै हाम्रो विश्वसनीय मनुष्य बन्नुभयो । र, उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य–क्षमतामाथि निर्भर थियो ।

*******

व्यक्तिकै रुपमा देखापर्नु भएका यही विशिष्ट र एक्लो खास मानिस नै हाम्रो विश्वसनीय मनुष्य बन्नुभयो । र,उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य–क्षमतामाथि निर्भर थियो ।

*******

त्यसपछि छापामार युद्धको चरण आयो । यस युद्धलाई दुई भिन्नाभिन्नै वातावरणअन्तर्गत विकसित गरियो । ती दुई भिन्नाभिन्नै वातावरणमा एकातिर जनता थिए, अर्कोतिर छापामारहरु ! त्यसबेलासम्म जनता अचेतन भीडको रुपमा थियो, जसलाई एकजूट पारी परिचालन गर्नु जरुरी थियो । अर्कोतिर छापामारहरु क्रियाशील थिए : जनताका अगुवाका रुपमा, जनपरिचालनको प्रक्रियालाई अगाडि बढाउने इन्जिनको रुपमा, क्रान्तिकारी चेतना र जुझारु उत्साहका जनकका रुपमा ! विजयका लागि आवश्यक आत्मगत स्थितिको सिर्जना गर्ने उत्प्रेरक शक्ति पनि यही अगुवा दस्ता थियो ।

म यहाँ फेरि पनि जोड दिएर भन्छु, हाम्रो विचार–शक्तिलाई सुस्तरी–सुस्तरी सर्वहाराकृत रुप दिने कार्यमा, हाम्रा बानी–व्यहोराहरु र हाम्रा मन–मस्तिष्कहरुमा भइरहेको क्रान्तिमा यही व्यक्ति नै आधारभूत तत्वको रुपमा रहेको थियो ।

क्रान्तिकारी सशस्त्र सैन्य–शक्तिअन्तर्गतका माथिल्ला पदहरु पाउने सियरा माइस्त्राका प्रत्येक योद्धाहरुले विशिष्ट काम गर्नु भएको थियो । हो, यस प्रकारले कामहरुकै आधारमा उहाँहरुले ती पदहरु पाउनु भएको हो । पहिलो वीरतापूर्ण कालमा यिनै व्यक्तिहरुले महानतम् जिम्मेवारी र विशाल जोखिमहरुले भरिएका कर्तव्यहरु आफ्नो काँधमा लिई फत्ते गर्नुभयो । आफ्ना कर्तव्यहरु पालना गर्नुलाई नै उहाँहरुले परम सन्तोष प्राप्तिको बाटोको रुपमा लिनुभयो, अन्य केही पुरस्कारको आशा गर्नुभएन ।

हाम्रो क्रान्तिकारी शैक्षिक कार्यमा हामी सधैँ नै यही शिक्षाप्रद विषयबारे बारम्बार चर्चा–परिचर्चा गर्ने गर्छौं । हाम्रा योद्धाहरुको मनोवृत्ति र आचरणमा हामी भविष्यको नव मानवको झलक देख्न थालेका छौं ।

हाम्रो इतिहासको अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्यप्रतिको सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरुलाई दोहोर्‍याइएको छ । ‘अक्टोबर संकट’ र ‘प्लोराको तूफान’ को समयमा हामीले सम्पूर्ण जनसमुदायद्वारा गरिएका अनौठो वीरतापूर्ण र उत्तम बलिदानीपूर्ण कार्यहरु देखेका छौं । वैचारिक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरुलाई श्रृंखलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरुमध्ये एक हो ।

*******

वैचारिक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरुलाई श्रृंखलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरुमध्ये एक हो ।

*******

सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो, त्यसमा गद्दार पूँजीपति वर्गका अनेक प्रतिनिधिहरु पनि सहभागी भए । शक्तिको आधारभूत तत्वको रुपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभूति दिएको थियो ।

पछि गएर गम्भीर अन्तरविरोधहरु विकसित भए । ती अन्तरविरोधहरुको हल गर्ने प्रक्रिया सर्वप्रथम तब शुरु गरियो, जब ७ फेब्रुअरी, १९५९ मा फिडेल क्यास्त्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नुभयो । यस प्रक्रियाको अन्त्य तब भयो, जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठूलो दवाबबश राष्ट्रपति उरुतियाले राजीनामा दिनु भयो ।

क्यूबाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख–शिख र रुपरेखासहित एउटा नयाँ बहुमुखी चरित्रको उदय भयो, त्यो चरित्र हो; जनता ! हो, जनता त इतिहासको मंचमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहने छन् ।

 

क्यूबाको क्रान्तिको इतिहासमा स्पष्ट रुपले परिभाषित नख–शिख र रुपरेखासहित एउटा नयाँ बहुमुखी चरित्रको उदय भयो,त्यो चरित्र हो;जनता ! हो,जनता त इतिहासको मंचमा सुव्यवस्थित रुपले बारम्बार उदाइरहने छन् ।

*******

के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरुको कुलजोडमात्रै हो, यिनीहरुले पाल्तु भेडा–बाख्राहरुले जस्तै व्यवहार गर्छन् । तर यथार्थ के होभने जनता भनेका समान श्रेणीका तत्वहरु होइनन्, न त भेँडा–बाख्राहरु नै हुन् । बरु उनीहरुमाथि प्रभुत्व जमाइरहेको राज्य–ब्यबस्थाले उनीहरुलाई एउटै श्रेणीमा भेँडा–बाख्रालाई जस्तै कोचेर राखेको कारणले मात्र त्यसो देखिएको हो ।

के कुरा सत्य होभने जनताले विना कुनै दुविधा आफ्ना नेताहरुको अनुसरण गरेका छन्, विशेष गरी फिडेल क्यास्त्रोको ! तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नु भएको छ, त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो, बाहिर घोषित बाचाहरु पूरा गर्नका लागि उहाँले गर्नु भएको इमान्दारीपूर्ण संघर्षको कारणले त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनु भएको हो ।

*******

जनताले विना कुनै दुविधा आफ्ना नेताहरुको अनुसरण गरेका छन्,विशेष गरी फिडेल क्यास्त्रोको ! तर जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नु भएको छ,त्यो निश्चित रुपमा जनताका इच्छा र आकांक्षाहरुको सही अभिव्यक्तिको कारणले संभव भएको हो,बाहिर घोषित बाचाहरु पूरा गर्नका लागि उहाँले गर्नु भएको इमान्दारीपूर्ण संघर्षको कारणले त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनु भएको हो ।

*******

जनताले कृषि–सुधारको अभियानका कामहरुदेखि लिएर राज्यका प्रतिष्ठानहरुको प्रबन्धसम्बन्धी कठिन जिम्मेवारीहरुमा समेत भाग लिए । उनीहरु प्लाया गिरोनका वीरतापूर्ण अनुभवहरुबाट अगाडि बढे, उनीहरु सी.आई.ए.द्वारा सशस्त्र पारिएका डाँका डफ्फाको विरुद्ध चलाइएको संघर्षमा इस्पातजस्तै मजबूत बने; अक्टोबर संकटको  बेलामा उनीहरु आधुनिक युगका सबैभन्दा महत्वपूर्ण परिभाषाअनुरुप बाँचे, अनि आज उनीहरु समाजवादको निर्माणको कामलाई निरन्तर रुपमा अगाडि बढाउन ब्यस्त छन् ।

बस्तुलाई सतही ढंगले हेर्ने दृष्टिकोणबाट हेर्दा मनमा लाग्नसक्छ : व्यक्तिलाई राज्यको अधीन मान्ने मानिसहरु नै सही हुन् कि के हो ! हो, निश्चित रुपमा जनताले अतुलनीय उत्साह र अनुशासनका साथ सरकारद्वारा निर्धारित कामहरुलाई पूरा गरेका छन्, ती कामहरुका स्वरुपहरु चाहे जस्तोसुकै किन नओऊन्, चाहे ती कामहरु आर्थिक, सांस्कृतिक, सुरक्षात्मक र खेलकूदसम्बन्धी नै किन नओऊ्न् ! हो, निश्चित रुपमा यस्ता कामहरुको पहलकदमी साधारणतया फिडेल कयास्त्रोबाट वा क्रान्तिको उच्च कमाण्डबाटै शुरु हुन्छ र ती कामहरुको बारेमा जनतालाई ब्याख्या गरेर बुझाइन्छ, अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रुपमा लिन्छन् । अक्सर गरेर पार्टी र सरकारद्वारा विशिष्ट स्थानीय अनुभवहरुलाई लिइन्छन् र त्यही प्रक्रियाद्वारा ती अनुभवहरुको आधारमा बनेको धारणालाई आमरुप दिने र कार्यरुप दिने काम गरिन्छन् ।

*******

राज्यबाट कहिलेकाहीँ गल्तीहरु हुन जान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन्,तब जनताबीच विद्यमान प्रत्येक तत्वहरुमा गुणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरुप सामूहिक उत्साह ओह्रालो लाग्छ;र कामहरु ठप्प हुन थाल्छन् अनि अन्ततः महत्वहीन सीमासम्म ती कामहरु संकुचित हुन थाल्छन् । हो,गल्तीहरु सुधार्ने समय भनेको यही नै बेला हो ।

*******

त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहीँ गल्तीहरु हुन जान्छन् । जब त्यस्ता गल्तीहरु हुन्छन्, तब जनताबीच विद्यमान प्रत्येक तत्वहरुमा गुणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरुप सामूहिक उत्साह ओह्रालो लाग्छ; र कामहरु ठप्प हुन थाल्छन् अनि अन्ततः महत्वहीन सीमासम्म ती कामहरु संकुचित हुन थाल्छन् । हो, गल्तीहरु सुधार्ने समय भनेको यही नै बेला हो । अनीबाल एसकालान्ते( )द्वारा पार्टीमाथि थोपरिएको संकीर्णतावादी नीतिको परिणामस्वरुप सन् १९६२ को मार्च महिनामा यस्तै गल्ती हुन गएको थियो ।

नेतृत्व र जनसमूहबीचद्वन्द्वात्मकएकता

 यसबाट स्पष्ट हुन्छ– संवेदनशील उपाय र समझदारीपूर्ण कदमहरुको कडी बनाइराख्नका लागि यस प्रकारका संयन्त्रहरु मात्रै काफी छैनन् । यसका लागि जनतासँग अझ बेसी सांगठनिक सम्बन्धको विकास गर्नु जरुरी छ, आगामी वर्षहरुमा हामीले यस सम्बन्धलाई अझ धनीभूत र विस्तृत पार्नु आवश्यक छ । तर अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरुबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठूलठूला समस्याहरुमाथि हुने प्रतिक्रियाहरुप्रति दुबै कान खोलेर सुन्ने अनुभूतिमूलक उपाय नै प्रयोग गरिरहेका छौं ।

फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ । जनतासँग एकरुप (Fusing) हुने उहाँको विशिष्ट तरिका छ, जुन तरिका कुशलतापूर्वक प्रयोग गरेर उहाँ क्रियाशील रहनु भएको देख्दा उहाँको प्रशंसा नगरिरहन सकिन्न । ठूलठूला जनसभाहरुमा उहाँ भाषण होइन, जनतासँग संवाद गर्नुहुन्छ, संवाद पनि त्यस्तो खालको संवाद, जुन दुईवटा सुमधुर स्वरहरुको झंकारको रुपमा सुनिन्छ । मानौं यस्तो लाग्छ – उहाँको र जनसमूहको अन्तक्र्रियाको कम्पनबाट अर्को नयाँ झंकारको सिर्जना भइरहेको छ ! फिडेल र जनसमूहबीच हुने झन् झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद चरमविन्दुमा पुग्दा–नपुग्दै हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुंकारमा गएर अचानक नै अन्त्य हुन पुग्छ ।

https://www.nydailynews.com

फिडेल र जनसमूहबीच हुने झन् झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्कृत हुनथाल्छ कि त्यो संवाद चरमविन्दुमा पुग्दा–नपुग्दै हाम्रो विजयघोष र संघर्षका नाराहरुको हुंकारमा गएर अचानक नै अन्त्य हुन पुग्छ ।

*******

जुन मानिसहरु क्रान्तिकारी अनुभवको बीच बाटोबाट अगाडि बढेका छैनन्, उनीहरुका लागि व्यक्ति र जनसमूह बीचको द्वन्द्वात्मक एकताले भरिएको त्यस स्थिति राम्ररी बुझ्न कठिन हुनेछ । त्यस्तो द्वन्द्वात्मकको स्थितिमा व्यक्ति र जनसमूह दुबै अन्तरसम्बन्धित हुन्छन् अनि समग्ररुपमा व्यक्ति–व्यक्तिहरु मिलेर बनेको जनसमूह पनि नेताहरुसँग अन्तरसम्बन्धित हुन्छ ।

पूँजीवादअन्तर्गत पनि यस प्रकारको एकताको  झलक कहिलेकाहीँ देख्न पाइन्छ, विशेष गरी जनमत परिचालन गर्ने क्षमता भएका राजनीतिज्ञहरु मंचमा देखा पर्दा यस्तो हुन्छ । तर त्यो परिचालनचाहिँ धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धित क्रियाकलाप हुँदैन । यदि यो सामाजिक आन्दोलनअन्तर्गतको क्रियाकलाप नै भए पनि त्यसलाई पूँजीवादअन्तर्गतको क्रियाकलाप भन्नु उपयुक्त हुँदैन । त्यो परिचालन साँच्चैको सामाजिक आन्दोलन नहुने हुनाले परिचालनकर्ताको जीवनकालसम्म मात्रै त्यो अगाडि बढ्छ, त्यो पनि पूँजीवादी समाजका क्रुरताहरुको बारेमा जनताबीच भ्रान्ति रहेसम्म मात्रै !

पूँजीवादअन्तर्गत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ, जुन सामान्यतया व्यक्तिको बोध–क्षमताभन्दा अलि टाढै हुन्छ । घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररुपमा एउटा त्यस्तो अदृश्य धागोद्वारा समाजसँग बाँधिएको हुन्छ; जसलाई मूल्यको विधान भनिन्छ । यही अदृश्य मूल्य–विधानले व्यक्तिको जीवनका सबै पक्षहरुमाथि प्रभाव पार्छ, त्यसैले उसको जीवनको बाटो तय गर्छ र उसको भाग्यको निर्माण गर्छ ।

*******

पूँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन–मस्तिष्कभित्र पसेर,त्यस विषयसम्बन्धी उसको चेतनाविनानै क्रियाशील रहन्छन् ।

*******

पूँजीवादका विधानहरु अन्धा हुन्छन् र अधिकांश मानिसहरुका लागि अदृश्य हुन्छन् । तर तिनै विधानहरु व्यक्तिको मन–मस्तिष्कभित्र पसेर, त्यस विषयसम्बन्धी उसको चेतनाविनानै क्रियाशील रहन्छन् । व्यक्तिले त पूँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ, जुन हेर्दाखेरी अनन्तजस्तो देखिन्छ । पूँजीवादी प्रचार माध्यमहरुले बिलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन्; सफलताका संभावनाहरुलाई व्यक्त गर्नका लागि तिनीहरुले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रुपमा प्रयोग गर्छन्, चाहे त्यो सफलता झूठो होस् कि साँचो ! एक रकफेलरको कथा सिर्जना हुन कति अभावहरु, कति गरीवीहरु र कति पीडाहरुको संचयको आवश्यकता भएको थियो भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुँदैन । एक रकफेलरको अपार धन–सम्पत्तिको निर्माणका लागि कति धेरै नीचता र उत्पीडनहरुको विशाल संचयको जरुरी भयो भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ । र, जनताबीच क्रियाशील शक्तिहरुसँग यस्ता झूठा कथा र धारणाहरुलाई चिरेर वास्तविकता प्रष्ट्याउन सक्ने क्षमता सधैं हुन्छ भन्ने कुरा पनि भएन नि !

(यसै सन्दर्भमा यहाँ दुई तीनवटा पक्षहरुलाई अध्ययनको विषय बनाउनु जरुरी हुनसक्छ, जस्तो : पराधीन देशहरुका जनतामाथिको शोषणप्रति अलिकति सम्मति हुने भएकाले साम्राज्यवादी देशहरुका मजदूरहरुले कसरी अन्तर्राष्ट्रिय वर्गीय भावना विस्तारै–विस्तारै त्यागिरहेका छन् ? कसरी आफ्नै राष्ट्रिय पृष्ठभूमिमा ती देशका जनताको जुझारु भावना थाक्दै थाक्दै गइरहेको छ ? – तर यी विषयहरु वर्तमान टिप्पणीको सीमाभन्दा बाहिर भएकाले यसलाई यहीँ रोक्छु ।)

पूँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरुद्ध बाटो देख्छौं । त्यो बाटो लक्ष्यसम्म पुग्न सफल हुनका लागि आवश्यक पृष्ठभूमि, ल्याकत र गुणहरुले सम्पन्न व्यक्तिले मात्र हिँड्न सक्छ । त्यसमा इनामको झलक निकै टाढा–टाढा मात्रै देखिन्छ र बाटो एकलास र निर्जन देखिन्छ । त्यसमाथि यो बाटोमा अगाडि बढ्नु भनेको ब्वाँसोको दौडजस्तै हो, केवल अरुको असफलताको बलमा मात्रै आफू कुनै लक्ष्यसम्म पुग्न सकिने दौडजस्तै हो यो !

अब म समाजवादको निर्माणसँग सम्बन्धित अद्भूत र मार्मिक नाटकका कलाकारको रुपमा रहेको व्यक्तिलाई एउटा अनौठो अस्तित्व तथा समाजको सदस्यको नाताले उसको दोहोरो अस्तित्वलाई परिभाषित गर्ने प्रयत्न गर्नेछु ।

मलाई लाग्छ, त्यस व्यक्तिको अनिर्मित गुणलाई मान्यता प्रदान गर्नु नै सबैभन्दा धेरै सोझो तरिका हुनेछ । हो, त्यो व्यक्ति अहिलेसम्म पनि अधुरो सिर्जना हो ! वैयक्तिक चेतनाभित्र विगत कालका कमी–कमजोरीहरुलाई सच्याउनका लागि अविराम प्रयासको आवश्यकता छ । यो प्रक्रियाअन्तर्गत दुईवटा पाटाहरु हुन्छन् । एकातिर परोक्ष र प्रत्यक्ष शिक्षाद्वारा समाज व्यक्तिमाथि क्रियाशील हुन्छ भने अर्कोतिर व्यक्ति स्वयं पनि आत्म–शिक्षाको सचेत प्रक्रियाद्वारा अगाडि बढ्छ ।

अतीतसँग भयानक प्रतियोगिता

नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठूलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई एकलकाँटे बनाउने दिशातिर केन्द्रित शिक्षा र लालन–पालनको पद्धतिद्वारा घेरिएको हुन्छ । यसका साथै यो प्रतियोगिता वणिक सम्बन्ध यथावत रहिरहने कारणले संक्रमणकालको स्वरुपअनुरुप पनि स्पष्ट रुपमा देखा पर्दछ । माल (commodity) भनेको पूँजीवादी समाजको आर्थिक इकाई हो । जबसम्म मालको अस्तित्व कायम रहिरहन्छ, तबसम्म त्यसको असर उत्पादनका संगठनहरुमा परिरहन्छ, अतः व्यक्तिको चेतनामा पनि त्यसको प्रभाव देखा परिरहन्छ नै ।

मार्क्सले खिच्नुभएको रुपरेखाअनुसार  संक्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो,जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरुको कारणले पूँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ ।

*******

मार्क्सले खिच्नुभएको रुपरेखाअनुसार  संक्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो, जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरुको कारणले पूँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ । ऐतिहासिक वास्तविकताले के देखाइरहेको छ भने कमजोर हाँगाको रुपमा रहेका केही देशहरुले विशाल साम्राज्यवादी रुखबाट आफूलाई अलग्ग पार्छन् । लेनिनले पहिले नै यसरी अलग्याउने प्रक्रियाको अनुमान लगाई सक्नुभएको थियो ।

ती देशहरुमा पूँजीवाद निकै धेरै विकसित भइसकेको छ, तिनीहरुले कुनै न कुनै रुपमा जनतामाथि आफ्नो प्रभाव देखाइरहन्छन् । आफ्ना सम्पूर्ण संभावनाहरुको मूल्य चुकाएर भएपनि तिनीहरुले आफ्ना पूँजीवादका अन्तरविरोधहरुको फलस्वरुप व्यवस्थालाई बिस्फोटनबाट बचाउँछन् ।

तर अर्कोतिर विदेशी उत्पीडकहरुका विरुद्ध मुक्ति संग्रामहरु पनि चलिरहेका छन् । युद्धजस्ता बाहिरी कारणहरुले जन्माउने दुर्गति र यन्त्रणा, सुविधाभोगी वर्गद्वारा शोषितहरुमाथि भइरहेको उत्पीडनविरुद्ध यस्ता संघर्षहरु अगाडि बढिरहेका छन् । नवउपनिवेशी शासनहरुलाई उखेलेर फ्याँक्ने उद्देश्यसहित पनि मुक्ति संग्रामहरु चलिरहेका छन् । यस्तो परम्परागत संघर्षहरुले पूँजीवादको विस्फोटन प्रक्रियालाई टेवा दिइरहेका छन्, यसबाहेक सचेत कारबाहीहरु त भइरहेकै छन् ।

ती देशहरुमा सामाजिक श्रमका लागि अहिले पनि सम्पूर्ण शिक्षाको व्यवस्था गरिएको छैन । फेरि, बजेट विनियोजन गर्ने जस्तो सामान्य प्रक्रियाको फलस्वरुप जनता धनी हुने त कुरै भएन । ती देशहरुमा एकातिर पछौटेपना छ भने अर्कोतिर ती देशको पूँजी ठूला पूँजीवादी देशहरुतिर पलायन भइरहेको छ । यस्तो स्थितिमा बलिदानविना दु्रतगतिमा आमूल परिवर्तन संभव नै हुँदैन । आर्थिक आधारको निर्माणका लागि अहिले पनि एउटा लामो बाटो हिँड्न बाँकी छ र द्रुत विकासको कुञ्जीको रुपमा रहेको मानिने भौतिक हितको थोत्रो पुरानो बाटोमै हिँड्ने मोह पनि धेरैमा अति अधिक छ ।

रुख हेर्दा जंगल नदेख्ने संभावना रहेजस्तै, तात्कालीन काममा मात्रै ध्यान केन्द्रित गर्दा सम्पूर्ण परिस्थितिको स्पष्ट बोध नहुने खतरा छ । माल उत्पादनजस्तो पूँजीवादको आर्थिक इकाईलाई यथावत् राखीछाड्नु, उत्प्रेरणाका लागि नाफा र व्यक्तिगत भौतिक हितहरुको प्रयोग गरिराख्नु भनेको पूँजीवादी उपायहरु नै हुन् । पूँजीवादी व्यवस्थाको विरासतको रुपमा पाइने यस्ता भुत्ते र हानिकारक हतियारहरु प्रयोग गरेर समाजवादको सुन्दर सपना साकार पार्न दौडिँदा अँध्यारो अन्धो गल्लीमा पुग्ने कुरा सुनिश्चित छ । यस्तो अँध्यारो अन्धो गल्लीमा अनेकौं दोबाटा र चौबाटाहरु नाघ्दै एउटा लामो बाटो दौडी सकेपछि ‘हामीले कहिले गलत मोडमा पाईला टेक्यौं’ भन्ने कुरा ठम्याउन नै गाह्रो हुन्छ । र, यसैबीच जुन पूँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रुपमा अपनाइएको हुन्छ, त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरुरी छ ।

*******

जुन पूँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रुपमा अपनाइएको हुन्छ,त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरुरी छ ।

*******

त्यसैले जनतालाई परिचालन गर्नका लागि सही माध्यम, सही प्रक्रिया र ठीक उपायको छनौट अति महत्वपूर्ण हुन्छ । भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन, विशेषगरी सामाजिक प्रकृतिको भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन भन्ने हो भन्ने होभने स्पष्ट शब्दमा भन्न सकिन्छ, त्यो सही माध्यम भनेको आधारभूत रुपमा नैतिक उत्प्रेरणा मात्रै हुनसक्छ !

जस्तो कि मैले पहिले पनि भनिसकेको छु : अति जोखिमका क्षणहरुमा नैतिक उत्पे्ररणालाई सक्रिय गर्न सजिलो हुन्छ । तर यसको प्रभावकारितालाई सधैँ बचाई राख्नका लागि त्यस्तो चेतनाको विकास गर्नु आवश्यक छ, जसमा नैतिक मूल्यहरु नयाँ आर्थिक आधारमाथि फल्ने–फुल्ने प्रक्रिया होस् ! हो, यसको लागि सिंगो समाजलाई नै एउटा विराट  स्कूलको रुपमा फेर्नु पर्छ ।

यसको लागि आवश्यक प्रक्रियाको मोटामोटी विशिष्टता भनेको पूँजीवादी व्यवस्थाको निर्माणको पहिलो चरणको क्रममा पूँजीवादी चेतनाको निर्माण प्रक्रियाजस्तै हो । त्यसबेला पूँजीवादले शक्ति प्रयोग गर्छ, यसका साथसाथै जनमानसलाई व्यवस्थाअनुकूल शिक्षित पनि गर्छ । पूँजीवादका प्रचारकहरुले प्रत्यक्ष रुपमा प्रचारबाजी पनि गर्छन् । यो उनीहरुकै जिम्मामा हुन्छ– जनमानसलाई वर्गीय समाजका अनिवार्यताहरुको बारेमा संझाउने–बुझाउने कर्तव्य । यसका लागि प्राकृतिक नियमसम्बन्धी यान्त्रिक सिद्धान्त वा दैवीय उत्पत्तिको सिद्धान्तको प्रचार गर्नु परे पनि गर्ने उपाय अपनाइन्छ । यसै प्रकारको प्रभावस्वरुप जनमानस पूँजीवादी व्यवस्थाअनुकूल ढालिन्छ र जनताले बुझ्न थाल्छन् : हामीले त्यस्तो दैवी र प्राकृतिक प्रकोपको उत्पीडन सहनुपर्छ, जोसँग संघर्ष गरेर पार लगाउन सकिन्न !

त्यसपछि आउँछ; यहीँ र अहिले नै उन्नति गर्न पाउने सुनौलो आशा, पहिलेका गतिहीन वर्गीय व्यवस्थाहरुभन्दा पूँजीवादी व्यवस्थामा उन्नतिको आशा अत्याधिक छ भन्ने भरोसा ! अरु वर्गीय व्यवस्थाहरुभन्दा पूँजीवादी व्यवस्थालाई भिन्न पार्ने मुख्य तत्व नै यही उन्नतिको आशा र भरोसा त हो ! 

यस्तो स्थितिमा पनि केही मानिसहरुको मनमस्तिष्कमा पुरानो वर्गीय व्यवस्थाका आचार विचारले घर गरिरहेका हुन्छन् । उनीहरुलाई लागिरहेको हुन्छ : मृत्युपछि आफ्नो आज्ञाकारिताको पुरस्कारस्वरुप स्वर्गलोकमा जान पाइन्छ । पुराना अन्धविश्वासले जकडिएका केही मानिसहरुलाई लागिरहेको हुन्छ : असल मानिसहरुले अहिले दुःख–पीडा भोग्नुपरे पनि मृत्युपछि सुख–सुविधाले भरिपूर्ण अनौठो  लोकमा जान पाइन्छ । अरु केही मानिसहरुलाई भने अलिकति फरक लागिरहेको हुन्छ : वर्ग विभाजन भनेको त भाग्यको खेल नै हो, तर यस्तो खेल चलिरहेको स्थितिमा पनि काम र पहलकदमी लिई कुनै पनि व्यक्ति आफ्नो वर्गलाई त्यागेर माथिल्लो धनी वर्गमा प्रवेश गर्न सक्छ । हो, यो प्रक्रिया र स्वनिर्मित मानिसहरुको सफलताको मिथक दुबै पाखण्डपूर्ण कुरा हुन् ।  आत्मशिक्षाको प्रक्रियाद्वारा धनी वर्गमा जाने भन्ने कुरा झूठलाई छोपछाप पारेर सत्य बनाउने एउटा रोचक नाटक हो यो पनि ।

 हाम्रो स्थितिमा प्रत्यक्ष शिक्षाको निकै ठूलो महत्व छ । सत्य कुरा बुझाउन सुविधाजनक नै हुन्छ, किनकि त्यसका लागि छलकपट र बहाना गर्नु पर्दैन । शिक्षा मन्त्रालय र पार्टीका संचार माध्यमहरुजस्ता राज्यका शैक्षिक संरचनाहरुले सामान्य, प्राविधिक र वैचारिक शिक्षाको प्रचार–प्रसार गर्छन् । शिक्षा आमजनताबीच फलाइन्छ–फुलाइन्छ र प्रशंसनीय नयाँ मनोवृत्ति र बानीको रुपमा फुल्छ । आम–जनताले यसलाई आफ्नै बानीको रुपमा ग्रहण गर्छन् र आफूलाई शिक्षित गर्न नसकिरहेका मानिसहरुलाई प्रभावित पार्छन् । जनमानसलाई शिक्षित गर्ने यो अप्रत्यक्ष तरिका हो – यो तरिका त्यतिनै सशक्त छ, जति नवगठित ढाँचाद्वारा गरिने अरु उपायहरु सशक्त छन् ।

तर यो प्रक्रिया जागरुक खालको हुन्छ । व्यक्ति नयाँ सामाजिक शक्तिबाट निरन्तर रुपमा प्रभावित हुन्छ अनि उसले महसूस गर्छ – नयाँ सामाजिक  शक्तिको मापदण्डअनुरुप आफूलाई चाहिँ फेर्न सकेको रहेनछु ! अप्रत्यक्ष शिक्षाको दवाबको परिणामस्वरुप व्यक्तिले एउटा त्यस्तो परिस्थितिसँग आफूलाई अनुकूल पार्ने प्रयास गर्छ, जुन परिस्थितिलाई ऊ न्यायोचित ठान्छ, जसको विकासको अभावमा उसले आफूलाई शिक्षित गर्न नसकेको महसूस गर्छ । हो, यसरी नै उसले शिक्षित गरिरहेको हुन्छ ।

समाजवादको निर्माणको यस अवधिमा हामी नवमानवको जन्म भइरहेको दृश्य देख्छौं । त्यस नवमानवको चित्र अहिले पनि अपूर्ण नै छ । वास्तवमा यो चित्र कहिले पनि पूर्ण हुँदैन पनि, किनकि नवमानवको सिर्जनाको प्रक्रिया भनेको नयाँ आर्थिक ढाँचाको विकासको गतिसँगै समानान्तर रुपले अगाडि बढ्छ ।

हो, शिक्षाको अभावमा केही मानिसहरु निर्जन बाटोमा एक्लै हिँड्न थाल्छन् । केही मानिसहरु आफ्नै महत्वाकांक्षाहरुलाई सन्तुष्ट गर्ने काममा लाग्छन् । तर तिनीहरुलाई एकातिर छाड्ने हो भने पनि, यस बहुमुखी गतिको चारैतिरका दृश्यहरु देखिने नयाँ विशाल चित्र हेर्दा एकसाथ अगाडि बढिरहेको जनसमूहसँग अलग्गिएर अरु मानिसहरु पनि देखिनेछन् । तर सबैभन्दा महत्वपूर्ण कुरा हो : जनता भने प्रतिदिन आफूलाई समाजको अंग बनाउने प्रक्रियामा हुनु अनि यसका साथसाथै त्यस समाजका चालकहरुको रुपमा आफ्नो महत्वबोधप्रति अरु बेसी जागरुक हुने प्रक्रियामा हुनु !

अब उनीहरु त्यो निकै टाढा टाढाका आकांक्षाहरुबीच हराएको बाटोमा नितान्त एक्लै हिँड्ने गर्दैनन् । अब उनीहरु आफ्ना युगान्तकारी अगुवाहरुसँगसँगै लाग्दछन् । ती युगान्तकारी अगुवाहरुको समूह भनेको पार्टी, सर्वाधिक जागरुक श्रमिकहरु, सचेत व्यक्तिहरुद्वारा निर्मित हुन्छ । ती अगुवाहरुले जनताप्रति समर्पित हुँदै, जनतासँग अति घनिष्ठतापूर्वक सम्बन्ध गाँसेर मनोभावहरु आदान–प्रदान गर्दछन् । ती अगुवाहरुका आँखाहरु भविष्य र त्यसको सफलताको पुरस्कारमाथि केन्द्रित हुन्छन् । तर त्यो भविष्य र ती सफलताहरु व्यक्तिगत हितमा केन्द्रित हुँदैनन् । हो, त्यो सफलताको पुरस्कार हो : नयाँ समाज, कम्युनिष्ट मानवहरुको समाज, जहाँ मानिसहरुले विभिन्न विशिष्टताहरु प्राप्त गर्न सफल हुन्छन् ।

हो, बाटो लामो छ, कठिनाइहरुले भरिपूर्ण छ । हामीले कहिलेकाहीँ बाटो बिराउन सक्छौं । र, पछि हट्नुपर्ने पनि हुन्छ । कहिलेकाहिँ हाम्रो चाल निकै तेज हुन्छ, अतः हामी जनताबाट अलग्गिन पनि सक्छौं । अनि कहिलेकाहिँ हाम्रो चाल निकै धेरै ढिलो हुन्छ र हामीले आफ्नो पछि पछि आइरहेका मानिसहरुको तातो–तातो स्वाससमेत महसूस गर्न सक्छौं ।  क्रान्तिकारीको रुपमा हाम्रो जोश र व्यग्रताले आफ्नो अगाडि रहेको बाटोलाई सजिलो र सुस्पष्ट पार्दै जुन हदसम्म संभव छ, त्यति हदसम्म छिटो पार गर्नका लागि हामीलाई घच्घच्याउँछन् । तर हामीलाई के पनि थाहा छभने हामीले हाम्रो शक्ति भनेको जनताकै पालन–पोषणबाट फलाउनु–फुलाउनु पर्छ । जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौं, तबमात्र जनता अरु बेसी द्रुत गतिमा दौड्न सक्छन् ।

*******

हामीलाई के पनि थाहा छभने हामीले हाम्रो शक्ति भनेको जनताकै पालन–पोषणबाट फलाउनु–फुलाउनु पर्छ । जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौं,तबमात्र जनता अरु बेसी द्रुत गतिमा दौड्न सक्छन् ।

*******

समाजवादको निर्माणका लागि नैतिक प्रोत्साहनको महत्वलाई ध्यानमा राख्दै हामीले चेतनास्तर फरक–फरक भएका समूहहरुको उपस्थितिलाई पनि विशेष याद गर्नु पर्छ । कुनै न कुनै रुपमा समाजवादको निर्माण कार्यमा भाग नलिने मुठ्ठीभर मानिसहरुलाई एकातिर पन्छाएर हेर्दा पनि स्पष्ट देखिन्छ – अगुवाहरु र जनताहरु बीचको सामाजिक चेतनामा समानुपातिक विकास भएको छैन । अगुवाहरु जनताको तुलनामा वैचारिक रुपले अगाडि छन् र जनतालाई नयाँ जीवनका मूल्य–मान्यताहरुसम्बन्धी जानकारी त छ, तर उनीहरु त्यसबाट यथेष्ट मात्रामा परिचित भने छैनन् । अगुवाहरुमा उनीहरुको अग्रिम दस्ताको उत्तरदायित्वको कारणले गुणात्मक परिवर्तन आउँछ, यसले उनीहरुमा बलिदान हुने क्षमता प्रदान गर्छ । तर जनताभने वस्तुको एक अंशमात्र देख्न सक्ने हुनाले दुविधाग्रस्त हुन्छन् । त्यसैले उनीहरुलाई प्रोत्साहनहरु र सीमित घनत्वका दवावहरुको आवश्यकता रहन्छ । हो, यही हो सर्वहारा वर्गको तानाशाही भनेको ! सर्वहारा वर्गको तानाशाही केवल पराजित वर्गमाथि मात्रै लागू हुने होइन, बरु विजयी वर्गका व्यक्तिहरुमाथि पनि लागू हुन्छ ।

*******

सर्वहारा वर्गको तानाशाही केवल पराजित वर्गमाथि मात्रै लागू हुने होइन, बरु विजयी वर्गका व्यक्तिहरुमाथि पनि लागू हुन्छ ।

*******

सम्पूर्ण सफलता प्राप्त गर्नका लागि यी सबै कामहरु गर्नु र विविध उपायहरु प्रयोग गर्नु जरुरी छ, विशेषगरी क्रान्तिकारी संस्थानहरुजस्ता संस्थागत रुप र संयन्त्रहरु निर्माण गर्नु आवश्यक छ । क्रान्तिलाई संस्थागत रुप दिने अवधारणा भनेको भविष्यतिर एकसाथ अगाडि बढिरहेका करोडौं  मानिसहरुको भीडको छविसँग मेल खान्छ । यसलाई समानान्तर नहरहरुको सामञ्जस्यपूर्ण संगीतमय जलप्रवाह वा राम्ररी तेल राखिएका मेशिनहरुको लयात्मक आवाजको रुपमा तुलना गर्न सकिन्छ, जसले भविष्यतिर अगाडि बढिरहेको यस मार्चलाई मलजल दिन्छ । यही कुराले, यिनै सबका बीच, अगुवाका रुपमा अग्रिम पंक्तिमा बसी अगाडि बढिरहेकाहरुलाई प्राकृतिक छनौटको अवसर प्रदान गर्छ । जसले निर्माण हुँदै गइरहेको समाजमा आफ्ना कर्तव्यहरुको पालना गर्छन्, तिनीहरुलाई पुरस्कार प्रदान गरिन्छ र जसले निर्माण हुँदै गरेको समाजविरुद्ध अपराधिक काम गर्छन्, तिनीहरुलाई सजायँ दिइन्छ ।

सरकार र जनतावीच पूर्ण एकात्मकता

क्रान्तिलाई संस्थागत रुप प्रदान गर्ने काम अहिलेसम्म गर्न सकिएको छैन । हामी केही नयाँ उपायहरु खोज्ने प्रयासमा छौं, जुन नयाँ उपायहरुले गर्दा सम्पूर्ण समाज र सरकारबीच पूर्ण एकात्मकता उपलब्ध होस् । यस्ता उपायहरुको रुपमा समाजवादको निर्माणका विशेष स्थितिहरुमा अपनाइएको पनि छ, जस्तो उदाहरणको लागि संविधानसभा ! यस्ता उपायहरु अपनाइँदा नयाँ निर्माण भइरहेको समाजमाथि पूँजीवादी प्रजातन्त्रका बदनाम संरचनाहरु सकेसम्म प्रत्यारोपण नगर्ने प्रयासहरु पनि गरिँदैछन् ।

क्रान्तिलाई संस्थागत रुप दिने कार्यलाई विस्तारै–विस्तारै अगाडि बढाउने उद्देश्यले केही प्रयोगहरु गरिँदैछन्, तर यसमा कुनै हतारोपना भने देखाइएको छैन । यसरी प्रयोग गर्दै अगाडि बढ्ने हाम्रो क्रमलाई एउटा डर–त्रासले अत्याधिक रुपमा अवरोध खडा गरिरहेको छ । त्यो डर–त्रास हो – कहिँ औपचारिक रुपाकृतिहरुले हामीलाई आफ्नो उद्देश्यबाट विचलित पार्ने त होइनन् ? कहिँ औपचारिक संरचनाहरुले हामीलाई जनताबाट, आफ्नो सबैभन्दा महत्वपूर्ण क्रान्तिकारी उच्च अभिलाषाबाट अलग्याउने त होइनन् ? मानिसलाई आफ्नै एकलकाँटेपनाबाट मुक्त गर्ने उच्च अभिलाषाबाट हामीहरु विचलित हुने त होइनौं ?

क्रान्तिकारी संस्थानहरुको अभावको स्थितिलाई हामीले विस्तारै विस्तारै समाप्त पार्दै लानु पर्दछ । यसको अभाव हुँदाहुँदै पनि अहिले व्यक्तिहरु एउटै उद्देश्यका लागि संघर्षरत् छन् र व्यक्ति–व्यक्तिकै जागरुक समीकरणको रुपमा जनसमूहले इतिहास निर्माण गर्दैछ । वाह्यरुपमा सर्सर्ती हेर्दा समाजवादअन्तर्गत व्यक्तिलाई निर्धारित आदर्शअनुकूल स्तरीकरण गरिएको जस्तो देखिन सक्छ, तर वास्तवमा भन्ने होभने समाजवादअन्तर्गत व्यक्ति अलिबेसी नै पूर्ण हुन्छ । व्यक्तिको पूर्णतातिर अगाडि बढ्ने संयन्त्र निर्माण नभइसकेको स्थितिमा पनि यस्तो सामाजिक संरचनाअन्तर्गत व्यक्तिले आफूलाई अभिव्यक्त गर्ने र आफूलाई निर्माण गर्ने संभावनाहरुको क्षितिज निकै असीमित रुपमा फराकिलो हुन्छ ।

https://www.thenation.com

उत्पादन र व्यवस्थापनका सबै संयन्त्रहरुमा व्यक्तिको वा सामूहिक सहभागितालाई धनीभूत गर्ने काम तथा यसलाई प्राविधिक र वैचारिक शिक्षासँगै जोड्ने काम अहिले पनि आवश्यक छ;ताकि व्यक्तिले अनुभव गर्न सकोस्:यी सबै प्रक्रियाहरु एक अर्कासँग अन्तरनिर्भर छन् र यिनीहरुको प्रगति पनि समानान्तर छ !

*******

उत्पादन र व्यवस्थापनका सबै संयन्त्रहरुमा व्यक्तिको वा सामूहिक सहभागितालाई धनीभूत गर्ने काम तथा यसलाई प्राविधिक र वैचारिक शिक्षासँगै जोड्ने काम अहिले पनि आवश्यक छ; ताकि व्यक्तिले अनुभव गर्न सकोस् : यी सबै प्रक्रियाहरु एक अर्कासँग अन्तरनिर्भर छन् र यिनीहरुको प्रगति पनि समानान्तर छ ! यसरी एकलकाँटेपनाका हथकडीहरु चुँडाली सकेपछि उसले आफ्नो सामाजिक स्थितिप्रति सम्पूर्ण जागरुकता प्राप्त गर्नेछ; जुन वास्तवमा आफूलाई सिंगो नवमानवको रुपमा स्वीकार्ने पूर्ण आत्मज्ञान प्राप्त गर्नु बराबर हो !

यो काम स्वाधीन श्रमको माध्यमद्वारा एवं कला– संस्कृृतिको माध्यमबाट आफ्नो मानवीय स्थितिको अभिव्यक्तिद्वारा ठोस रुपमा व्यवहारमा अनुवाद गरिसकेपछि व्यक्तिको आफ्नो निजी स्वभावमा फेरबदल आइसकेपछि संभव हुनथाल्छ । संस्कृतिको रुपमा आफूलाई विकसित गर्नका लागि श्रमले एउटा नयाँ हैसियत प्राप्त गर्ने स्थितिमा पुग्नुपर्छ । त्यो स्थिति होः माल (commodity) को रुपमा मानिसको अस्तित्व समाप्त हुने अवस्था र सामाजिक कर्तव्य पूरा गर्नका लागि सम्पूर्ण अवसर प्राप्त हुने एउटा व्यवस्था स्थापित हुने स्थिति ! हो,  तब उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व भइसकेको हुन्छ र मेशिन भनेको कर्तव्य पूरा गर्ने माध्यमको रुपमा मात्रै बाँकी रहेको हुन्छ ।

*******

आफ्ना पशुवत् आवश्यकताहरु पूरा गर्न श्रम गर्नै पर्ने बाध्यताबाट छुट्कारा पाएपछि उसले मुक्तभावले आफूलाई,आफ्ना चिन्तन र कर्मलाई पुनर्मूल्यांकन गर्नथाल्छ । र,अन्ततः उसले आफ्नै श्रमद्वारा श्रृजित वस्तुमा,आफैंद्वारा गरिएका कर्महरुमा ऐनामा जस्तै हेर्ने क्रममा महसूस गर्नथाल्छः आफू पनि सम्पूर्ण हैसियतसहितको मानव हुँ !

*******

मानिसले त्यस्तो असुविधापूर्ण स्थितिबाट आफूलाई र आफ्नो सोच–विचारलाई मुक्त गर्न थाल्छ, जुन स्थितिमा श्रमद्वारा उसका आफ्ना शारीरिक आवश्यकताहरुलाई सन्तुष्ट गर्ने जरुरतनै पूर्वशर्तको रुपमा रहेको हुन्छ । आफ्ना पशुवत् आवश्यकताहरु पूरा गर्न श्रम गर्नै पर्ने बाध्यताबाट छुट्कारा पाएपछि उसले मुक्तभावले आफूलाई, आफ्ना चिन्तन र कर्मलाई पुनर्मूल्यांकन गर्नथाल्छ । र, अन्ततः उसले आफ्नै श्रमद्वारा श्रृजित वस्तुमा, आफैंद्वारा गरिएका कर्महरुमा ऐनामा जस्तै हेर्ने क्रममा महसूस गर्नथाल्छः आफू पनि सम्पूर्ण हैसियतसहितको मानव हुँ ! अब उसले आफ्नै अस्तित्वको एक अंशलाई बिक्री भइसकेको श्रम–शक्तिको रुपमा त्याग्नुपर्छ भन्ने कुनै आवश्यकता रहँदैन, किनकि यो श्रम–शक्ति त उसको आफ्नोमात्रै भइरहँदै रहँदैन ! यो श्रम–शक्ति त उसको आफ्नो मुक्तिको द्योतकको रुपमा रहन्छ र यो आफ्नै प्रतिविम्बको रुपमा निर्मित नयाँ समाजमा आफ्नो सामाजिक कर्तव्य पूरा गर्नका लागि दिइएको आफ्नो योगदानको रुपमा रहन्छ ।

हामीहरु एकातिर श्रमलाई सामाजिक कर्तव्यपालन गर्ने नयाँ हैसियत प्रदान गर्नका लागि र प्राविधिक विकाससँग जोड्नका लागि सबै संभव उपायहरु गरिरहेका छौं, जसले बृहत्तर स्वतन्त्रताका स्थितिहरु जन्माउँदै जानेछन् । अर्कोतिर, हामीले श्रमलाई त्यस्तो स्वैच्छिक श्रमसँग गाँस्ने उपाय लागू गरिरहेका छौं, जुन मार्क्सवादी विवेचनामाथि आधारित छ । त्यो मार्क्सवादी विवेचना हो : मानिसले आफ्ना सम्पूर्ण मानवीय स्थितिहरु तबमात्र प्राप्त गर्न सक्छ, जब शारीरिक आवश्यकताले बाँधिएर आफू स्वयंलाई माल (Commodity) को रुपमा बेचेर उत्पादन गर्नुपर्ने बाध्यता उसलाई हुने छैन ।

के कुरा स्पष्ट छ भने, अहिले स्वैच्छिक श्रमको स्थिति हुँदाहुँदै पनि श्रमका बाध्यात्मक पक्षहरु छन् । र, अहिले पनि मानिसले आफूलाई चारैतिरबाट घेरिरहेका बाध्यात्मक पक्षहरुलाई सामाजिक चरित्रको रुपमा फेर्न सकेको छैन । अहिले पनि अनेक स्थितिमा उसले वातावरणका दवाबहरुअन्तर्गत श्रम गर्दछ, जसलाई फिडेल क्यास्ट्रो नैतिक दवाब भन्नुहुन्छ । सामाजिक वातावरणको कुनै पनि प्रत्यक्ष दवाबविना, तर नयाँ आनीबानीको सिर्जनासँग जोड्दैजोड्दै, श्रमरत् मानिसले आफ्नो श्रमको बारेमा धारणा फेर्दै–फेर्दै सम्पूर्ण मानसिक पुनर्जन्मको स्थितिसम्म पुग्नुपर्छ । श्रमको सम्र्पकमा हुने यो मानसिक परिवर्तन नै साम्यवाद (communism)  हो !

जसरी अर्थव्यवस्थामा यन्त्रवत् ढंगले आफैं कुनै परिवर्तन आउँदैन, त्यस्तै चेतनामा पनि कुनै परिवर्तन यन्त्रवत् रुपले आफैं आउँदैन । परिवर्तन कहिले मन्दगतिले हुन्छ, त्यो पनि निकै व्यवस्थित–संगीतमय ढंगले हुँदैन । कहिले परिवर्तनको काल द्रुत गतिले बढ्छ र कहिले होशियारीका साथ पाइला चाल्नुपर्ने हुन्छ अनि कहिलेकाहिँ त पछाडि पनि हट्नु पर्ने पनि हुन्छ ।

मैले पहिले पनि संकेत गरिसकेको छु, हामीले त्यस्तो अतिशुद्ध संक्रमणकालको अवधिसँग व्यवहार गरिरहेका छैनौं, जुन संक्रमणकालीन अवधिबारे मार्क्सले आफ्नो कृति ‘गोथा कार्यक्रमको आलोचना’ (Critiqe of the Gotha Programme) मा परिकल्पना गर्नुभएको थियो । हामीहरु त त्यस्तो नयाँ अवधिमा छौं, जुन अवधिका बारेमा उहाँले पूर्व–कल्पनासमेत गर्नुभएको थिएन । हो, त्यो नयाँ अवधि भनेको साम्यवादतिर संक्रमणको प्रथमकाल वा समाजवादको निर्माणको समय हो ! हिंसात्मक वर्ग–संघर्षको मध्यान्हको चर्को घामबीच अगाडि बढिरहेको यो समय र यो प्रक्रियाअन्तर्गत पूँजीवादका तत्वहरु पनि क्रियाशील छन् । ती पूँजीवादी तत्वहरुको परिवर्तनको प्रक्रियासम्बन्धी पूर्ण ज्ञान अहिले पनि अस्पष्टताको कुइरोबीच हराइरहेको छ ।

त्यसमाथि यो अस्पष्टतासँगै, मार्क्सवादी दर्शनको विकासमा अवरोधको रुपमा रहेको, यस संक्रमणकालसम्बन्धी व्यवस्थित विवेचना र उपचारमा बाधा–व्यवधान खडा गरिहेको तथा राजनैतिक अर्थशास्त्रको विकास गर्न असमर्थ हुँदै आएको पाण्डित्यपूर्ण अभिमान (Scholasticism)  लाई यसमा जोड्ने होभने हामीले महसूस गर्नुपर्ने हुन्छ – हामीहरु अहिले पनि शिशुकालमै छौं र अधिक गहन आर्थिक तथा राजनीतिक सिद्धान्तहरुको निर्माण गर्नुभन्दा अगाडि हामीले यस कालका सम्पूर्ण मुख्य–मुख्य विशिष्टताहरुको बारेमा अध्ययन गर्नु जरुरी छ ।

तर, अहिलेसम्म नतिजा प्राप्त गरिसकेको सिद्धान्तले भने पक्कापक्की रुपमा समाजवादी निर्माणका दुईवटा स्तम्भहरुमाथि जोड दिन्छ; एउटा स्तम्भ हो : नवमानवको सिर्जना, अर्को स्तम्भ होः प्रविधिको विकास ! यी दुबै स्तम्भहरुको विकासका लागि हामीले धेरै नै काम गर्न बाँकी छ । तर जहाँसम्म प्रविधिलाई आधारभूत जग बनाउने धारणाको सवाल छ, यसमा विलम्बको कुनै औचित्य छैन । यस सवालमा संसारका विकसित देशद्वारा देखाइएको बाटोमा अगाडि बढ्नु जरुरी छ, तर कसैको अन्धतापूर्ण पिछलग्गूचाहिँ बन्नु हुँदैन । त्यसैले फिडेल क्यास्ट्रोले बारम्बार आफ्ना सम्पूर्ण जनताको, विशेषगरी अगुवा दस्ताको प्राविधिक र वैज्ञानिक प्रशिक्षण एवं निर्माणमाथि जोड दिँदै आउनुभएको हो ।

*******

आठ घण्टा वा आठ घण्टाभन्दा बेसी श्रमको अवधिको क्रममा जब उसले एउटा मालको रुपमा आफ्नो श्रमलाई बेच्छ, तब ऊ दिनदिनै मर्ने गर्छ अनि आफ्नो आत्मिक सिर्जनाको क्रममा उसले आफ्नो पुनर्जन्म प्राप्त गर्छ । तर यो उपचारमा पनि त्यही रोगका किटाणुहरु यथावत् रही रहन्छन् : व्यक्तिको एकान्त अस्तित्वले संसारसँग तारतम्य स्थापित गर्ने प्रयास गर्ने व्यक्तिवादका किटाणुहरु !

*******

उत्पादनको प्रक्रियासँग सम्बन्धित क्रियाकलापहरुको नेतृत्व नगर्नुपर्ने विचारहरुको क्षेत्रमा भौतिक र आत्मिक आवश्यताहरुबीच विभाजन रेखा खिच्न सजिलो छ । लामो समयदेखि मानिसले कला र संस्कृतिद्वारा आफ्नो एकलकाँटेपनाको स्थितिबाट आफूलाई मुक्त गर्ने प्रयास गर्दैआइरहेको छ । आठ घण्टा वा आठ घण्टाभन्दा बेसी श्रमको अवधिको क्रममा जब उसले एउटा मालको रुपमा आफ्नो श्रमलाई बेच्छ, तब ऊ दिनदिनै मर्ने गर्छ अनि आफ्नो आत्मिक सिर्जनाको क्रममा उसले आफ्नो पुनर्जन्म प्राप्त गर्छ । तर यो उपचारमा पनि त्यही रोगका किटाणुहरु यथावत् रही रहन्छन् : व्यक्तिको एकान्त अस्तित्वले संसारसँग तारतम्य स्थापित गर्ने प्रयास गर्ने व्यक्तिवादका किटाणुहरु ! हो, उसले आफ्नो व्यक्तिवादको रक्षा गर्ने प्रयत्न गर्छ, जुन व्यक्तिवाद त्यहाँको वातावरणद्वारा पीडित र प्रदूषित भइरहेको हुन्छ । अनि एउटा निष्कलंक र पवित्र बनिरहने आकांक्षाका साथ उसले अद्वितीय व्यक्तिले जस्तै सौन्दर्यमूलक विचारप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्छ ।

यो प्रक्रिया आफै पनि उसको पलायनको प्रयास हो । मूल्यको सिद्धान्त अब केवल उत्पादन सम्बन्धहरुको प्रतिविम्ब मात्रै होइन । एकाधिकारी पूँजीपतिहरुले मूल्यको सिद्धान्तलाई अत्यन्त जटिल खालको जालले घेरेर आफ्नो क्रीतदास बनाइसकेको छ, यसको लागि प्रयोग गरिएको प्रयास केवल व्यवहारवादी नै किन नहोस् । ऊपरी ढाँचा (Superstucture ले त्यस्तो खालको कलाको माग गर्छ, जसमा कलाकारहरु अनुकूलित हुन्छन् । विद्रोहीहरुलाई व्यवस्थाका यन्त्रहरुले पराजित गरिसकेको हुन्छ र केवल अद्वितीय प्रज्ञावान् व्यक्तिले मात्रै आफ्ना कृतिहरुको सिर्जना गर्नसक्ने स्थिति हुन्छ । बाँकी अरु सबै व्यक्तिहरु निर्लज्ज भाडाका नोकर–चाकर भएर रहन्छन् या निर्मम कुल्चाइमा पर्छन् ।

कलात्मक प्रयोग गर्ने विभिन्न धाराहरु पनि विकसित गरिन्छ र त्यसैलाई स्वतन्त्रताको परिभाषाको रुपमा मान्ने गरिन्छ । तर यस्ता ‘प्रयोगात्मकताहरु’का पनि आफ्नै सीमाहरु हुन्छन् । यस्ता सीमाहरु तबसम्म अदृश्य भइरहन्छन्, जबसम्म द्वन्द्व र संघर्ष हुँदैनन्  अर्थात् जबसम्म मानिसका वास्तविक समस्याहरु र एकलकाँटेपनाको स्थितिबीच निरुपण हुँदैन । निरर्थक मनोव्यथा वा विकृत मनोरंजन नै मानवीय व्याकुलताको सजिलो–सस्तो सुरक्षा कवच बन्न पुग्छन् । कलालाई निन्दा र आरोपको हतियार बनाउने विचारलाई खण्डन गरिन्छ ।

हो, त्यसमा खेलका सबै नियमहरुलाई सम्मान गरिन्छ र त्यस्ता सबै कलाकारहरुलाई सम्मान प्रदान गरिन्छ, जसरी फन्फनी घुमेर नाच्ने बाँदरलाई सबै प्रकारको सम्मान प्रदान गरिन्छ । तर त्यसमा एउटैमात्र शर्त राखिएको हुन्छ, त्यो शर्त हो : कलाकारले अदृश्य पिँजडाबाट पलायन हुने प्रयास गर्न पाउँदैन ।

*******

जब क्रान्तिद्वारा सत्ता ग्रहण गरियो,तब सम्पूर्णतः पाल्तु भइसकेका कलाकारहरु देश छाडेर भागे । बचे–खुचेकाहरुले भने एउटा नयाँ बाटोको दर्शन गरे,चाहे ती बचे–खुचेका कलाकारहर क्रान्तिकारी होउन् या नहोउन् । कलात्मक प्रयोगका लागि नयाँ उमंग छायो ।

*******

जब क्रान्तिद्वारा सत्ता ग्रहण गरियो, तब सम्पूर्णतः पाल्तु भइसकेका कलाकारहरु देश छाडेर भागे । बचे–खुचेकाहरुले भने एउटा नयाँ बाटोको दर्शन गरे, चाहे ती बचे–खुचेका कलाकारहर क्रान्तिकारी होउन् या नहोउन् । कलात्मक प्रयोगका लागि नयाँ उमंग छायो । जे भएतापनि बाटाहरु लगभग चिरपरिचित खालकै थिए । अनि पलायनकै धारणा स्वतन्त्रता शब्दको पछाडि लुकिरहेको थियो । यो प्रवृत्तिचाहिँ चेतनामा पूँजीवादी आदर्शवादको प्रतिविम्ब बनेर अक्सर गरेर स्वयं क्रान्तिकारीहरुको मन–मस्तिष्कमा समेत टाँसिरह्यो ।

यसप्रकारका प्रक्रियाहरुबाट अगाडि बढेका मुलुकहरुमा यस्ता प्रवृत्तिहरुविरुद्ध अति नै रुढिवादी प्रयासद्वारा संघर्ष गरियो । यसैको परिणामस्वरुप सामान्य संस्कृति बदनाम भयो र प्रकृतिको औपचारिक र जस्ताको तस्तै प्रतिविम्बित गर्नुलाई नै सांस्कृतिक आकांक्षाको सर्वोच्च उचाइ घोषित गरियो । र, यो औपचारिकता र हूबहू प्रतिविम्बिनलाई पनि पछि गएर कल्पना–रचित सामाजिक वास्तविकताको यान्त्रिक चित्रणको रुपमा फेरियो । हुँदाहुँदा यस्तोसम्म देखाइयो कि मानिसहरुले रचना गर्न खोजिरहेको आदर्श समाज प्रायः संघर्ष र विसंगतिहरुबाट समेत मुक्त हुनेछ !

https://www.thoughtco.com

समाजवाद वाल्य अवस्थामै छ र यसले गल्तीहरु गर्छ । प्रचलित परम्परागत पद्धतिहरुभन्दा भिन्न खालका नयाँ पद्दतिहरुबाट अगाडि बढ्दै नवमानवको सिर्जनाका लागि जुन ज्ञान र बौद्धिक साहसको आवश्यता छ,त्यो हामी क्रान्तिकारीहरुमा अक्सर गरेर अभाव छ ।

*******

समाजवाद वाल्य अवस्थामै छ र यसले गल्तीहरु गर्छ । प्रचलित परम्परागत पद्धतिहरुभन्दा भिन्न खालका नयाँ पद्दतिहरुबाट अगाडि बढ्दै नवमानवको सिर्जनाका लागि जुन ज्ञान र बौद्धिक साहसको आवश्यता छ, त्यो हामी क्रान्तिकारीहरुमा अक्सर गरेर अभाव छ । प्रचलित परम्परागत पद्धतिहरु पुराना   समाजका सिर्जनाहरु हुन्, त्यसैले ती पुराना समाजका प्रभावहरुबाट ग्रसित हुन्छन् । (यहाँ फेरि एकपटक रुप र विषयवस्तुको अन्तरसम्बन्धको कुरा अगाडि आयो ।) अहिले दिशाभ्रम सर्वत्र फैलिएको छ र भौतिक निर्माणका समस्याहरुले हामीलाई पीडित पारिरहेका छन् । त्यस्ता महान प्राधिकारसम्पन्न कलाकार छँदै छैनन्, जो एकसाथ महान क्रान्तिकारी अधिकारसम्पन्न पनि होउन् ! तब पार्टीकै मानिसहरुले नै यी महान कार्यहरु आफ्नो काँधमा बोक्नुपर्छ र मुख्य उद्देश्य प्राप्त गर्नुपर्छ : हो, जनतालाई शिक्षित गर्ने उद्देश्य ।

जनतालाई शिक्षित गर्ने क्रममा सरलीकरणको प्रयास गरिन्छ, सबै मानिसहरुले बुझ्ने खालको, पार्टी कार्यकर्ताहरुले बुझ्ने खालको सरलीकरण । यस्तो स्थितिमा साँच्चैका कलात्मक प्रयोगहरुको अन्त्य  हुन्छ र सामान्य संस्कृतिको समस्या भनेको केवल समाजवादी वर्तमान र मृत (त्यसैले जोखिम नभएको) भूतबाट केही कुरा तानतुन गर्नुमा मात्रै सीमित हुनपुग्छ । यस प्रकारले समाजवादी यथार्थवादको जन्म उन्नाइसौं शताब्दीको कलाको आधारशिलामाथि हुन्छ ।

तर उन्नाइसौं शताब्दीको यथार्थपरक कलाको पनि वर्गचरित्र थियो, शायद बीसौं शताब्दीको पतनोन्मुख कलाभन्दा पनि अलि बेसी नै पूँजीवादी खालको, जसमा एकलकाँटेपनाले ग्रस्त व्यक्तिका पीडा र व्याकुलता झल्किन्छ । संस्कृतिको क्षेत्रमा पूँजीवादले आफ्नो ढुकुटीबाट जे जति दिनसक्ने हो, ती सबै सबै नै समर्पित गरिसकेको छ, त्यससँग अब जे जति बाँकी छ, ती सबै केवल दुर्गन्धित लाशमात्रै हुन्, कलाको क्षेत्रमा पनि वर्तमान पतनशीलतामात्रै उसँग बाँकी छ ।

*******

संस्कृतिको क्षेत्रमा पूँजीवादले आफ्नो ढुकुटीबाट जे जति दिनसक्ने हो,ती सबै सबै नै समर्पित गरिसकेको छ,त्यससँग अब जे जति बाँकी छ,ती सबै केवल दुर्गन्धित लाशमात्रै हुन्,कलाको क्षेत्रमा पनि वर्तमान पतनशीलतामात्रै उसँग बाँकी छ ।

*******

तर हामीले समाजवादी यथार्थवादका हिउँजस्तै जमिसकेका रुपहरुमा मात्रै किन वैध प्रेस्क्रिप्शन (निर्देशन पत्र) को खोजी गर्दै हिँड्ने ? हामीले ‘स्वतन्त्रता’ लाई समाजवादी यथार्थवादको मुखेन्जी बराबरी उभ्याउन सक्दैनौ, किनकि अहिले स्वतन्त्रताको वास्तविक अस्तित्व छँदैछैन । र, त्यसको अस्तित्व भनेको नयाँ समाजको पूर्ण विकास हुनुभन्दा अगाडि संभव पनि छैन । त्यसैले जुनसुकै मूल्यमा पनि यथार्थवादको धार्मिक सिंहासनमा बसेर हामीले उन्नाइसौं शताब्दीको उत्तरार्ध यताका सबै कला–रुपहरुको निन्दा गर्नु हुँदैन । यसरी निन्दा गर्नुको अर्थ भूतकालतिर पछि फर्कने प्रूधोँवादी गल्ती गर्नु हुनेछ । यसको मतलब नयाँ जन्मिरहेको मानव आफ्नो सृजन र निर्माण गरिरहेको मानवको कलात्मक अभिव्यक्तिलाई संकीर्ण आवरणले ढाकी दिनु पनि हुनेछ ।

अहिलेको आवश्यता होः एउटा वैचारिक–सांस्कृतिक संयन्त्रको रचना गर्नु, जसले स्वतन्त्र प्रयोगलाई पनि स्वीकृति दिनेछ र राज्यद्वारा अनुदानित उर्वर भूमिमा निकै सजिलैसँग हुर्कने–बढ्ने बनमारा झारपातहरु पनि उखेलेर फ्याँक्नेछ ।

हाम्रो देशमा यान्त्रिक यथार्थवादका गल्तीहरु देखा परेका छैनन्, बरु यसको ठीक उल्टो कुरा देखा परेको छ । यसो हुनुको कारण हो : एउटा त्यस्तो नवमानवको सिर्जनाको आवश्यताबारे राम्ररी बोध नुहुनु, जुन नवमानवले न त उन्नाइसौं शताब्दीका विचारहरुलाई प्रतिनिधित्व गर्नेछ,  न त हाम्रो पतनोन्मुख शताब्दीकै प्रतिनिधित्व गर्नेछ ।

*******

हामीले एक्काइसौं शताब्दीको मानवको सिर्जना गर्नुपर्छ । यद्यपि यो आकांक्षा अहिले पनि मनोगतवादी र अव्यवस्थित छ । तापनि हाम्रो अध्ययन र हाम्रो श्रमको एउटा आधारभूत उद्देश्य भनेको सर्वथा यही नै हो ।

*******

हो, हामीले एक्काइसौं शताब्दीको मानवको सिर्जना गर्नुपर्छ । यद्यपि यो आकांक्षा अहिले पनि मनोगतवादी र अव्यवस्थित छ । तापनि हाम्रो अध्ययन र हाम्रो श्रमको एउटा आधारभूत उद्देश्य भनेको सर्वथा यही नै हो । यस उद्देश्यमा विचारधारात्मक आधारमाथि उभिएर जे जति हदसम्म हामीले ठोस उपलब्धिहरु प्राप्त गर्न सक्छौ, अथवा, हाम्रो ठोस अध्ययन– अनुसन्धानको आधारमा यस उद्देश्यको सन्दर्भमा हामी मोटामोटी रुपमा जे जति हदसम्म सैद्धान्तिक निष्कर्षहरुसम्म पुग्न सक्छौ, ती सबै उपलब्धि र निष्कर्षहरु मार्क्सवाद–लेनिनवादका लागि, मानवताको हितका लागि हामीले दिएका निकै नै मूल्यवान योगदानहरु हुनेछन् ।

उन्नाइसौं शताब्दीको मानिसविरुद्ध भएका प्रतिक्रियाहरुकै परिणामस्वरुप बीसौं शताब्दीको पतनोन्मुखताको पुनरावृत्ति भएको हो । यो कुनै गंभीर गल्ती त होइन, तर पनि हामीले यस्ता गल्तीहरुमाथि विजय प्राप्त गर्नुपर्छ, ताकि संशोधनवादको मार्ग प्रशस्त नहोस् ।

अहिले निरन्तर रुपमा अति नै बृहत् जनसमूहको विकास भइरहेकोछ । समाजभित्र नयाँ विचारले यथेष्ट शक्ति आर्जन गरिरहेको छ । समाजका प्रत्येक सदस्यको सर्वाङ्गीण विकासका भौतिक संभावनाहरुको कारणले यो काम पहिलेभन्दा बेसी अर्थपूर्ण र उपलब्धिपूर्ण हुँदै गइरहेका छ । वर्तमान संघर्षमय छ र भविष्य हाम्रै हो ।

*******

हाम्रा अनेकौं कलाकार  र बुद्धिजीवीहरुको त्रुटि उनीहरुको ‘मूल पाप’भित्र निहित छ,त्यो पाप हो: उनीहरु साँच्चैका क्रान्तिकारी नहुनु । सल्लाको रुखमा नासपाती फलाउनका लागि सल्लाको कलमी त गर्न सकिन्छ । तर,हामीले त्यसका साथसाथै नासपातीको बोटचाहिँ रोप्नै पर्छ । त्यसपछि नयाँ पुस्ताहरु ‘मूल पाप’बाट मुक्त रुपमा जन्मनेछन् ।

*******

संक्षेपमा, हाम्रा अनेकौं कलाकार  र बुद्धिजीवीहरुको त्रुटि उनीहरुको ‘मूल पाप’भित्र निहित छ, त्यो पाप हो : उनीहरु साँच्चैका क्रान्तिकारी नहुनु । सल्लाको रुखमा नासपाती फलाउनका लागि सल्लाको कलमी त गर्न सकिन्छ । तर, हामीले त्यसका साथसाथै नासपातीको बोटचाहिँ रोप्नै पर्छ । त्यसपछि नयाँ पुस्ताहरु ‘मूल पाप’बाट मुक्त रुपमा जन्मनेछन् । यसरी सांस्कृतिक क्षेत्र विस्तृत रुपमा विकसित हुँदा, अभिव्यक्तिको स्वतन्त्रताका संभावनाहरु बढ्न थाल्दा असाधारण कलाकारहरुको उदय हुने संभावनाहरु पहिलेभन्दा निकै धेरै मात्रामा वृद्धि हुनेछन् ।

हाम्रो कर्तव्य हो : विवादहरुमा नराम्ररी फँसिरहेको वर्तमान पुस्तालाई विकृत हुनबाट रोक्नु र मुनाझैं टुसाइरहेको नयाँ पुस्तालाई विसंगत  हुनबाट रोक्नु !

*******

हामीले सरकारी विचारधाराअनुकूलका क्रीतदासहरुको सिर्जना कदापि गर्नु हुँदैन,न त राज्यकोषका वेतनभोगी जागीरेहरुको श्रृष्टि गर्नु नै हुन्छ,जसले सुती सुतीकन कोटेशनहरु (ऊक्तिहरु) कण्ठ गर्दै स्वतन्त्रताको माला जप्ने गर्छन् । हामीले साँच्चैका क्रान्तिकारीहरु जन्माउनु पर्छ,जसले जनताको वास्तविक आवाजमा नवमानवको गीत गाउनेछन् । निश्चित रुपमा यो प्रक्रियाका लागि समय बेसी जरुरी हुन्छ ।

*******

हामीले सरकारी विचारधाराअनुकूलका क्रीतदासहरुको सिर्जना कदापि गर्नु हुँदैन, न त राज्यकोषका वेतनभोगी जागीरेहरुको श्रृष्टि गर्नु नै हुन्छ, जसले सुती सुतीकन कोटेशनहरु (ऊक्तिहरु) कण्ठ गर्दै स्वतन्त्रताको माला जप्ने गर्छन् । हामीले साँच्चैका क्रान्तिकारीहरु जन्माउनु पर्छ, जसले जनताको वास्तविक आवाजमा नवमानवको गीत गाउनेछन् । निश्चित रुपमा यो प्रक्रियाका लागि समय बेसी जरुरी हुन्छ ।

हाम्रो समाजमा युवाहरु र पार्टी दुबैको भूमिका महत्वपूर्ण छ ।

यसमा युवाहरुको भूमिका विशेषरुपमा महत्वपूर्ण छ, किनकि उनीहरु भनेका मलिलो नरम माटो हो, जुन माटोबाट पुराना गल्ती–कमजोरीहरुबाट मुक्त नवमानवको सिर्जना गर्न सकिन्छ । हामीले आफ्नो उच्च अभिलाषाअनुरुप नै युवाहरुलाई निर्माण गर्न सक्छौं । अहिले उनीहरुको शिक्षा दिनका दिन सर्वाङ्गीण हुँदै गइरहेको छ । र विद्यार्थीहरुलाई प्रारंभदेखि नै श्रमसँग जोड्दै शिक्षित पार्ने कुरालाई हामीले नजरअन्दाज गरिरहेका छैनौं । छात्रवृत्ति पाउने हाम्रा विद्यार्थीहरुले विदाको क्रममा वा आफ्नो अध्ययनकै क्रममा शिक्षा र शारीरिक श्रममा हात हालिरहेका छन् । कुनै स्थितिमा श्रमले पूरस्कारको रुप लिन्छ, कुनै स्थितिमा त्यसले शिक्षाको माध्यमको रुप लिन्छ, तर कुनै पनि हालतमा यसले दण्डको रुप लिँदैन । हो, यसरी नै एउटा नयाँ पुस्ता जन्मिरहेको छ ।

पार्टी भनेको अगुवा संगठन हो । यो सबैभन्दा उन्नत खालका श्रमिकहरुबाट बनेको हुन्छ, उनीहरुकै प्रस्तावअनुसार उनीहरुकै साथीहरुका रुपमा रहेका श्रमिकहरुलाई पार्टी–सदस्यता दिइन्छ । पार्टी अल्पसंख्यक हुन्छ, तापनि आफ्ना कार्यकर्ताहरुको कारणले यसले विशाल प्राधिकार कायम गरिहेको हुन्छ । हाम्रो उच्च अभिलाषा भनेको पार्टीलाई जन–शक्तिको रुपमा विकसित गर्नु हो, जनताको पार्टीको रुपमा निर्माण गर्नु हो । यो अभिलाषा तब मात्र संभव हुनेछ, जब जनताको स्तर अगुवाको स्तरसम्म विकसित हुनेछ, जब उनीहरु साम्यवादका लागि शिक्षित हुनेछन् ।

हाम्रा कामहरुको उद्देश्य भनेको यही शिक्षालाई हरदम व्यवस्थित गरिरहनु हो । यसका लागि पार्टी जीवित उदाहरण बन्नुपर्छ । पार्टीका कार्यकर्ताहरु कठिन श्रम र बलिदानको नमूना बन्नुपर्छ । आफ्नो कर्मद्वारा उनीहरुले जनतालाई क्रान्तिकारी उद्देश्य र कर्तव्यतिर अगाडि बढाउने अभियानको अगुवाइ गर्नुपर्छ । यसको अर्थ हो : निर्माणका कामहरुका कठिनाइहरुका विरुद्ध, वर्ग शत्रुहरुका विरुद्ध, विगतका कमी–कमजोरी र गल्तीहरुका विरुद्ध, साम्राज्यवादका विरुद्ध वर्षौं वर्षसम्म संघर्ष ........

अब म व्यक्तिद्वारा खेलिएको भूमिकाको बारेमा, इतिहासको निर्माण गर्ने जनताको नेतृत्व गर्ने व्यक्तिको भूमिकाका बारेमा स्पष्टीकरण दिन चाहन्छु । म यहाँ जे जति कुरा राख्छु, ती सबै हाम्रा अनुभवहरु हुन्, यी कुनै प्रेस्क्रीप्शन (उपचार विधि र औषधी) होइनन् ।

क्रान्तिका प्रारंभिक वर्षहरुमा नै फिडेल क्यास्ट्रोले क्रान्तिलाई प्रेरणा दिनुभयो । उहाँले सदैव नै क्रान्तिको नेतृत्व गर्नुभयो र त्यसलाई आवश्यकता र समयअनुसार मोड्नु भयो । उहाँको साथमा एकातिर क्रान्तिकारीहरुको एउटा राम्रो समूह थियो र तिनीहरु पनि क्रान्तिको नेतृत्व गर्दागर्दै फिडेल क्यास्ट्रोजस्तै केन्द्रीय नेतृत्वका रुपमा विकसित भए  । अर्कोतिर उहाँको साथमा विशाल जनसमूह पनि थियो, जसले आफ्ना क्रान्तिकारी नेताहरुप्रति गहिरो आस्थासहित साथ दिएको थियो । ती क्रान्तिकारी नेताहरुप्रति जनआस्था हुनुको मूल कारण हो : ती नेताहरुमा जनताका आकांक्षाहरुलाई अभिव्यक्ति दिने क्षमता हुनु !

त्यसैले, हाम्रो वर्तमान तलबबाट कति किलोग्राम मासु किन्न सकिन्छ, वर्षमा कतिपटक समुद्री किनारमा गएर विदा मनाउन सकिन्छ र त्यसबाट सुन्दर आयातित वस्तुहरु कति किन्न सकिन्छ भन्ने सवाल सबैभन्दा महत्वपूर्ण होइन । सबैभन्दा महत्वपूर्ण सवाल हो : व्यक्तिले आफूभित्र कति बेसी पूर्णता प्राप्त गरेको, आफूभित्र कति बेसी आन्तरिक सम्पन्नता वृद्धि भएको र कति बेसी उत्तरदायित्व पाएको महसूस गर्छ ।

हाम्रो देशका प्रत्येक व्यक्तिलाई राम्ररी थाहा छ; जुन युगमा उनीहरु बाँचिरहेका छन्, त्यो युग बलिदानको युग हो..... हो, उनीहरु बलिदानबाट परिचित छन् । उनीहरु सबैभन्दा पहिलो सियरा माइस्त्रामा भएका बलिदानसँग परिचित भएका थिए । ती सबै ठाउँहरुमा बलिदानसँग उनीहरुले परिचय पाएका थिए, जहाँ जहाँ संघर्षहरु भएका थिए । पछि गएर सिंगो क्यूबा बलिदासँग परिचित भयो । क्यूबा ल्याटिन अमेरिकाको अगुवा हो र अग्रिम पंक्तिमा हुनुका कारणले क्यूबाले बलिदान पनि दिनुपर्छ, किनकि यसले दक्षिण अमेरिकाका जनतालाई पूर्ण स्वतन्त्रताको मार्ग देखाउने काम गर्छ ।

आफ्नो देशभित्र पनि नेताहरुले आफ्नो अगुवाको भूमिका खेल्नु पर्छ । सम्पूर्ण इमान्दारीका साथ उनीहरुले भन्नुपर्छ : कुनै पनि वास्तविक क्रान्तिको दौरानमा हामी कुनै पनि किसिमको भौतिक पुरस्कारको आशाविना आफूलाई क्रान्तिप्रति पूर्णतः समर्पित हुनेछौं ।  पूर्ण प्रतिबद्धताका साथ आफ्ना सम्पूर्ण क्षमतालाई अर्पण गर्नेछौं । अगुवा क्रान्तिकारीहरुको काम कत्र्तब्य जति गौरवमय छ, त्यति नै यातनादायक पनि छ ।

https://3.bp.blogspot.com

हास्यास्पद हुने हदसम्मको जोखिम उठाउँदै म भन्न चाहन्छु:साँच्चैका क्रान्तिकारीहरु प्रेमका अमर अनुभूतिहरुबाट प्रेरित हुन्छन् । प्रेम गर्ने गुणको अभावमा कुनै पनि वास्तविक क्रान्तिकारीको कल्पना गर्नु असंभव नै छ ।

*******

हास्यास्पद हुने हदसम्मको जोखिम उठाउँदै म भन्न चाहन्छु : साँच्चैका क्रान्तिकारीहरु प्रेमका अमर अनुभूतिहरुबाट प्रेरित हुन्छन् । प्रेम गर्ने गुणको अभावमा कुनै पनि वास्तविक क्रान्तिकारीको कल्पना गर्नु असंभव नै छ । संभवतः यो गुण कुनै नेताका महान क्रियाकलापहरुमा निहित छ, त्यसैले उनले आफ्नो चीसो तीक्ष्ण बुद्धिलाई आफ्नो उद्वेलित साहससँग जोड्छन् र विनाकुनै हिच्किचाहट पीडाले परिपूर्ण निर्णय पनि लिन सक्छन् । हाम्रा अगुवा क्रान्तिकारीहरुले जनताप्रति र पवित्रतम् उद्देश्यहरुप्रति आफ्नो स्नेहलाई आदर्श रुप दिनु आवश्यक छ । त्यसैलाई उनीहरुले सम्पूर्ण र अविभाज्य बनाउनु जरुरी छ । लोभ र भयले ग्रस्त सामान्य मानिसहरुको स्तरमा झरेर, दैनिक जीवनका स्नेहका ससाना खुराकहरु बाँड्दैमा उनीहरु आदर्श बन्न सक्दैनन् ।

क्रान्तिका नेताहरुका पनि भर्खरै बोली फुट्न लागेका बालबच्चाहरु छन्, तिनीहरु तोतेबोलीमा भर्खर भर्खर ‘बा, आमा’ भन्न सिक्दैछन् । उनीहरुका पनि पत्नीहरु छन्, तिनीहरुको आफ्नो जिन्दगी पनि क्रान्तिलाई पूर्णतासम्म पु¥याउनका लागि आम बलिदानको अंग बन्नुपर्छ । र, उनीहरुका साथीभाइहरुको घेरो पनि क्रान्तिमा लागिरहेका कमरेडहरुबीच मात्रै अत्यन्त सीमित छ । यसरी क्रान्तिको परिधिभन्दा बाहिर उनीहरुको अर्को जीवन नै छैन ।

यस्तो अवस्थामा, उनीहरुमा मानवताको भारी खुराक समावेश हुनुपर्छ , उनीहरुमा न्याय र सत्यको भावनाको बृहत् मात्रा समावेश हुनुपर्छ, ता कि जडसूत्रवादी अतिवादको खाडलमा खस्ने, ठण्डा पाण्डित्य अभिमानतको शिकार हुने र जनताबाट एक्लिने प्रक्रियाहरुबाट बच्न सकियोस् । हामी क्रान्तिकारीहरुले प्रत्येक क्षण जुध्नु पर्छ, ता कि जीवित मानवताप्रतिको आफ्नो स्नेहलाई ठोस कर्ममा रुपान्तरित गर्न सकियोस्, ता कि आफ्नो स्नेहलाई त्यस्ता कार्यकलापहरुमा फेर्न सकियोस्, जसले उदाहरणीय काम गर्न र गतिशील शक्तिको भूमिका खेल्न सकून् ।

क्रान्तिकारीहरु भनेका आफ्नो पार्टीभित्र क्रान्तिका वैचारिक चालक शक्तिहरु हुन्, त्यसैले उनीहरुले आफूलाई आफ्ना अविराम क्रियाकलापहरुमा लीन पार्छन् र यो प्रक्रिया भनेको उनीहरुको मृत्युसँगै अन्त्य हुनेछ । अनि, उनीहरुले विश्वव्यापी रुपमा समाजको निर्माण नभएसम्म आजीवन आचरण गरिरहने बाहेक अर्को कुनै लक्ष्य लिँदैनन् । जब स्थानीय स्तरमा अति नै बेसी जरुरी काम भइरहेको बेला उनीहरुको क्रान्तिकारी जोश र व्यग्रता चीसो हुन थाल्छन् भने, उनीहरुले सर्वहारा अन्तर्राष्ट्रवादलाई बिर्सन थाल्छन् भने क्रान्तिको नेतृत्व गरिहेका क्रान्तिकारी नेताहरु प्रेरणादायक शक्तिको रुपमा बाँकी रहँदैनन् र उनीहरु सुविधापूर्ण उँघाइ (तन्द्रा) को कुहीगन्धे वातावरणमा डुब्नेछन् । अनि त्यसबाट हाम्रा सँधैभरिको शत्रु– साम्राज्यवादले आफ्नो स्थितिलाई सुधार्नका लागि लाभ उठाउँनेछ । सर्वहारा अन्तर्राष्ट्रवाद हाम्रो एउटा कर्तव्य हो, यसका साथसाथै यो आजको क्रान्तिकारी आवश्यकता पनि हो । हामी आफ्ना जनतालाई यही तरिकाबाट शिक्षित गर्छौं ।

निश्चित रुपमा वर्तमान परिस्थितिमा धेरै खतराहरु छन् । महान कार्यभारहरुबीच केवल जडसूत्रवादको मात्रै खतरा रहेको होइन, केवल जनतासँगको आफ्ना सम्बन्धहरुलाई हिउँजस्तै जमाउने खतरामात्रै रहेको पनि होइन । हो, अर्को खतरा पनि रहेको छ; त्यो होः संभावित कमजोरीहरुको खाडलमा हामी खस्न सक्ने खतरा । त्यो संभावित कमजोरी होः जीवनभरि आफ्नो क्रान्तिकारी कर्मको व्याज खाने मानिसकता ! क्रान्तिप्रति आफ्नो सिंगो जीवन समर्पित गरिसकेपछि त्यसको बदलामा, उनीहरुका कुनै पनि बच्चाले कुनै पनि वस्तुको अभाव झेल्न नपरोस्, उनीहरुका छोराको जुत्ताको हालत खराव नहोस्, उनीहरुको परिवारले अत्यावश्यक सामानको कमी देख्न नपरोस् भने सोचाइ कुनै कुनै क्रान्तिकारीहरुले बोक्न सक्छन् । त्यसरी चिन्तित हुँदाहुँदै उनीहरु दिग्भ्रमित पनि हुन सक्छन् । यस्तो खालको चिन्तन–प्रक्रियामा भावी भ्रष्टाचारका किटाणुहरु हुनेहुनाले यसरी सोच्नेहरुको खुला मन–मस्तिष्कमा भ्रष्टाचारका किटाणुहरुले सुजिलै संक्रमण गर्न सक्छन् ।

हाम्रो मामिलामा हामीले जनताको जीवस्तरअनुरुप नै जीवन यापन गर्न सक्नुपर्छ । मेरो विचारमा हाम्रा बच्चाहरुले पनि त्यतिमात्रै पाउनुपर्छ, जति सम्पूर्ण नागरिकहरुले पाउँछन्, हाम्रा बच्चाहरुलाई पनि ती वस्तुहरुको अभाव हुनुपर्छ, जुन वस्तुको अभाव आम जनताका बच्चाहरुलाई हुन्छ । हाम्रा परिवारहरुले यो कुरा बुझ्नुपर्छ र यसरी नै आफूलाई फेर्दै अगाडि बढ्नका लागि अन्तरसंघर्ष गर्नुपर्छ । क्रान्ति भनेको मानिसहरुद्वारा सम्पादित हुन्छ तर मानिसहरुले आफ्ना क्रान्तिकारी भावनाहरुलाई दिनप्रतिदिन संघर्ष–अन्तरसंघर्षको तातो रापमा तताई राख्नुपर्छ ।

*******

क्रान्ति भनेको मानिसहरुद्वारा सम्पादित हुन्छ तर मानिसहरुले आफ्ना क्रान्तिकारी भावनाहरुलाई दिनप्रतिदिन संघर्ष–अन्तरसंघर्षको तातो रापमा तताई राख्नुपर्छ ।

*******

हामी यो ढंगले अगाडि बढ्दैछौं । हो, मानिसहरुको विशाल फौजका अगुवा हुनुहुन्छ– फिडेल क्यास्त्रो ! – यस्तो भन्दा हामीलाई न लाज हुन्छ न भय । हो, उहाँकै ठीक पछाडि पार्टीका सुयोग्यभन्दा सुयोग्य कार्यकर्ताहरु छन् र त्यसको ठीक पछाडि उनीहरुसँग घनिष्ठतापूर्वक जोडिएका सम्पूर्ण जनता छन् । उनीहरुबीच यति नजिक, यति निकटको घनिष्ठ सम्बन्ध छ कि त्यस घनिष्ठताले हामीलाई त्यस्तो महान शक्तिको रुपमा महसूस गराउँछ, जुन शक्ति विभिन्न वैयक्तिक इकाईहरुको रुपमा सुगठित छ, जुन शक्ति एकल साझा उद्देश्यतिर अगाडि बढ्दैछ । हो, महान शक्तिको उत्पत्ति गर्ने ती वैयक्तिक इकाईहरुमा त्यस्ता व्यक्तिहरु छन्, जसले आफ्नो अभीष्ट के हो भन्ने विषयमा जागरुकता प्राप्त गरिसकेका छन्, जसले दैनिक आवश्यकताका सांसारिक जन्जिरबाट मुक्ति पाउन प्रयास गरिरहेका छन्, जो स्वतन्त्रताको संसारमा प्रवेश गर्न संघर्षरत् छन् ।

यो विशाल जनसमूहले आफूले आफैलाई संगठित गरिरहेको छ, त्यसको संगठन भनेको नै संगठनको आवश्यकता–बोधको परिणाम हो । यो जनसमूह अब छिन्नभिन्न भइरहेको शक्ति होइन । अब यो शक्ति आकाशमा हजारौं हजार टुक्रामा उडिरहेका हथगोलाहरुजस्तै विभाजित छैन, जो अनिश्चित भविष्यको त्रासदीबाट बच्न सबै उपायहरु प्रयोग गरी सहाराको खोजीमा हुन्छन्, जो आफूजस्तै बाँचिरहेका आफ्ना छरछिमेकहरुसँग लडाइँ–झगडा गर्छन् ।

*******

हामीलाई थाहा छ– सुन्दर भविष्यका लागि थप अरु बलिदानहरुको जरुरत छ । र,एउटा अगुवा राष्ट्रको शौर्यपूर्ण स्थितिका लागि हामीले त्यसको मूल्य चुकाउनुपर्छ ।

*******

 हामीलाई थाहा छ– सुन्दर भविष्यका लागि थप अरु बलिदानहरुको जरुरत छ । र, एउटा अगुवा राष्ट्रको शौर्यपूर्ण स्थितिका लागि हामीले त्यसको मूल्य चुकाउनुपर्छ । नेताहरुका रुपमा स्थापित हामीहरुलाई थाहा छः ‘हामी ल्याटिन अमेरिकाको नेतृत्व गर्ने जनताका अगुवा हौं’ भन्ने अधिकार प्राप्त गर्नका लागि हामीले त्यसको उचित मूल्य चुक्ता गर्नै पर्छ । हामीहरुमध्ये प्रत्येकले बलिदानको आआफ्नो कोटा ठीक समयमा समर्पित गर्नैपर्छ; किनकि हामीलाई थाहा छः आफ्नो कर्तव्य पूरा गर्न सफल हुँदाको सन्तोषको अनुभूति नै हाम्रो लागि पुरस्कार हुनेछ । किनकि हामीलाई थाहा छः हामी सबैका साथ त्यस्तो नवमानव बन्ने दिशामा अगाडि बढिरहेका छौं, जसको झलक क्षितिजमा देखिन थालेको छ ।

अब मलाई केही निष्कर्षहरु प्रस्तुत गर्न दिनुस् :

० हामी समाजवादीहरु बेसी स्वतन्त्र छौं, किनकि हामी धेरै सन्तुष्ट छौं, हामी बेसी सन्तुष्ट छौं, किनकि हामी धेरै स्वतन्त्र छौं ।

० हाम्रो सम्पूर्ण स्वतन्त्रताको ढाँचा निर्माण भइसकेको छ; तर त्यसलाई मासु भर्नु र साजसज्जा गर्नु जरुरी छ । हामी यसको सृजन गर्नेछौं ।

० हाम्रो स्वतन्त्रता र त्यसको दैनिक सुरुक्षाका लागि हाम्रो रगत र बलिदानको आवश्यकता छ ।

० हाम्रो बलिदान सचेततापूर्वक हुन्छः यो बलिदान हामीले निर्माण गरिरहेका स्वतन्त्रताका लागि किस्ताबन्दीमा भुक्तानी हुन्छ ।

० हाम्रो बाटो लामो छ र आंशिक रुपमा  हाम्रो बाटो अज्ञात पनि छ । हामी हाम्रा सीमाहरुप्रति सचेत छौं । हामीहरुले एक्काइसौं शताब्दीको मानव सिर्जना गर्नेछौं; हो हामी आफैंले !

० दैनिक कारबाहीको अग्निपरीक्षामा होमिएर हामी आफूलाई इस्पात बनाउनेछौं र एउटा नयाँ प्रविधियुक्त नवमानव कुँद्नेछौं ।

० व्यक्तिले जनपरिचालन र नेतृत्वको भूमिका त्यति हदसम्म मात्र खेल्न सक्छ, जति हदसम्म उसले जनताका सर्वोच्च गुणहरु र उच्च अभिलाषाहरु बोक्न सक्छ र बाटोमा दिग्भ्रमित नभइकन अगाडि बढ्न सक्छ ।

० बाटो पहिल्याउने, त्यसबारे स्पष्टता हासिल गर्ने काम भनेको अगुवा समूहको कर्तव्य हो, राम्राहरुमध्ये पनि सर्वोत्तम व्यक्तिहरुको समूह अर्थात् पार्टीको कर्तव्य हो यो ।

० हाम्रो काम–कारबाहीका लागि आधारभूत मलिलो माटो भनेका युवाहरु हुन् । हामीले उनीहरुमाथि नै आफ्नो आशा र विश्वास अड्याइराखेका छौं । र, हाम्रा हातहरुमा फरफराइरहेका झण्डाहरु थाम्न सक्षम पार्नका लागि उनीहरुलाई तम्तयार पार्दैछौं ।

यदि यस अस्पष्ट पत्रबाट केही केहीमात्रै भएपनि कुरा स्पष्ट भयो भने पनि यो पत्र  पठाउनुको पछाडि रहको मेरो उद्देश्य पूरा भयो भन्ने भन्ठान्नेछु ।

‘Ave maria purissima’ परम्परागत रुपमा हाम्रो नमस्कार स्वीकार गर्नुस् ! जुन हात मिलाउने     patria o mwerte (स्वदेश या मृत्यु !)

राजेन्द्र महर्जन (Twitter: @rmaharjan72) को लेखन, अनुवाद र सम्पादनमा प्रकाशित 'समाजवादको सपना'पुस्तकबाट साभार

Title Photo Source: https://n2.sdlcdn.com

 

कमेन्ट

  1. Oct. 14, 2019, 8:50 a.m. Karna Nepali
    This article is really meaningful and Knowledgeable. Need to publish such article regularly to provide thought to youths of Nepal. This is great learning from international areana. Thanks Rajendra Sir.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...