बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पर्यटन सूचना केन्द्र निर्माण

बुधबार, २२ असोज २०७६, १५ : १९
बुधबार, २२ असोज २०७६

 नवलपरासी – पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले नवलपरासीको कावासोती नगरपालिकाले पर्यटन सूचना केन्द्र निर्माण गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन तथा नगरभित्र रहेका पर्यटकीय क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्नका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताए । 

कावासोती नगरपालिकामा पर्यटकीय हिसाबले सम्भावना बोकेका धेरै क्षेत्र रहेकाले यहाँ आउने पर्यटकले सहज रुपमा पर्यटकीय क्षेत्रको जानकारी हासिल गर्न सकून् भनेर पर्यटन सूचना केन्द्र निर्माण गरिएको उनले बताए । कावासोती नगरपालिका–१५, गोडारमा पर्यटन सूचना केन्द्रको भवन निर्माण गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् । कावासोती–१५, मा नै सामुदायिक स्तरबाट सफल रुपमा घरवाससमेत सञ्चालनमा रहेको छ । 

नारायणी तटीय क्षेत्र, नगरभित्र रहेको पोखरी ताल, नारायणी गङ्गेश्वर धाम, महाराज थान, पर्यटकीय सम्भावना बोकेको बालुवाडाँडा लगायतका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरु रहेको भए पनि उचित जानकारी नहुँदा पर्यटकहरु यी क्षेत्रमा नपुग्ने भएकाले सबै पर्यटकीय क्षेत्रको जानकारी दिन पर्यटन सूचना केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख पुनको भनाइ छ । 

पर्यटकहरुले सहज रुपमा जानकारी हासिल गर्दा ओझेलमा परेका पर्यटकीय क्षेत्रमा समेत चहलपहल बढ्ने र यसले समग्र नगरको पर्यटकीय विकासमा टेवा पु¥याउने प्रमुख पुनले  बताए ।

सूचना केन्द्रमार्फत यस क्षेत्रमा आउने पर्यटकको  तथ्याङ्क राखिने भएकाले, पर्यटकको आगमन कस्तो रहेको छ, कुन कुन स्थानबाट पर्यटक आउने गरेका छन् आदि सबै जानकारी हासिल गर्न सकिने हुँदा आगामी दिनमा पर्यटनको सवालमा नीति निर्माण तथा योजना बनाउन सहयोग पु¥याउने कावासोती नगरपालिका–१५, का वडाध्यक्ष देवनारायण महतोले बताए । 

कावासोती नगरपालिकाको रु आठ लाख ५० हजार बजेटमा गत वर्ष भवन निर्माण गरिएको थियो । चालू आर्थिक वर्षमा समेत पर्यटन सूचना केन्द्रका लागि रु पाँच लाख विनियोजन गरिएको वडाध्यक्ष महतोले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप