शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुटपिट गरि हत्या गर्ने आमाछोरा पक्राउ

बुधबार, २२ असोज २०७६, १२ : ३०
बुधबार, २२ असोज २०७६

राजविराज – आफनै बुवाको कुटपिट गरि   हत्या  गरेर  फरार रहेका  कान्छा छोरा  र मृतकका श्रीमतीलाई आज  सप्तरी प्रहरीले पक्राउ गरेको छ  ।  

पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले  बताए ।  

पारिवारीक बिवादका कारण दुई दिन अघि  आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो। गफुर पमरियाको मृत्यु थियो ।  मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए  । 

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा  संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ  ।

 यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप