बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेदरल्याण्डविरुद्ध चम्किए करण र सन्दीप

सोमबार, २० असोज २०७६, १३ : ११
सोमबार, २० असोज २०७६

काठमाडौँ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० सिरिजमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि नेदरल्याण्ड १ सय ३३ रनमा समेटिएको छ ।

नेदरल्याण्डलाई १९.३ रनमा अलआउट गर्ने क्रममा सन्दीपले ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिए भने करणले ३.३ ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिए ।

खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

नेदरल्याण्डका लागि ओपनर म्याक्सवेल प्याट्रिक ओ डाउडले सर्वाधिक ४३ रनको योगदान दिए भने एन्टोनियस स्टालले २१ रन बनाए । कोलिन एकरम्यानले २९ रन बनाउँदा विकेटकिपर स्कट एडवार्डले १६ रनको योगदान दिए ।

नेपालका लागि ललित राजवंशीले १ विकेट लिए ।

जीतका लागि १३४ रनको लक्ष्य पाएको नेपालले अहिले ब्याटिङ गर्दैछ ।

यसअघि नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप