शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीले के-के सहमति पुर्याएर तोडे त केसीले अनशन ?

बुधबार, ३२ साउन २०७४, ०६ : १२
बुधबार, ३२ साउन २०७४

२३ दिनदेखिको अनशरत डा. गोविन्द केसीका माागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष हस्तक्षेप गरेर सुखद निष्कर्षतिर पुर्याएका छन् । 

तीनपटक सम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसंग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसंग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्याए । 

देउवाले डा. केसीले उठाएका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराए । 

साँझ पाँच बजे सरकारले आकस्मिक रुपमा मनमोहन मेडिकल बलेज खरिद प्रक्रिया अगाडी बढाउन मुख्य सचिवको संयोजकत्वमा अर्थ, सार्वजनिक खरिद कार्यालय शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको कमिटी गठन गरेको छ ।, यो खबर आजको नागरिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप