मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति मिसनमा सर्वसाधारणलाई पनि पठाउन थालियो

आइतबार, १९ असोज २०७६, ०८ : ४१
आइतबार, १९ असोज २०७६

काठमाडौं - शान्ति स्थापनार्थ खटिने संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधारण व्यक्तिलाई पनि पठाउन थालिएको छ । यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेका रूपमा सर्वसाधारणलाई पनि लैजान थालिएको हो ।
सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा खटिएको २ सय ९ जनाको ‘एड्भान्स’ टोलीमा एक जना सर्वसाधारणलाई दोभासेका रूपमा पठाइएको छ । उक्त मिसनमा फ्रेन्च भाषाका लागि दोभासेका रूपमा काम गर्न गएका व्यक्तिको नाम भने उनले खुलाउन चाहेनन् । पाण्डेका अनुसार ती व्यक्तिले काम थालिसकेका छन् । ‘रक्षा मन्त्रालयको स्वीकृतिमा दोभासे व्यक्तिलाई करारमा नियुक्त गरेर शान्ति मिसनमा पठाइएको हो,’ पाण्डेले भने । कान्तिपुर दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप