बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा वाइडबडीका २५ उडान, सबै उडानमा सञ्चालन खर्च पनि उठेन

आइतबार, १९ असोज २०७६, ०८ : ३३
आइतबार, १९ असोज २०७६

काठमाडौं – नेपाल वायुसेवा निगमले वाइडबडी विमानबाट एक महिनामा (भदौ ११ देखि असोज १५ सम्म) काठमाडौं–ओसाका–काठमाडौं दुईतर्फी उडान २५ पटक गरेको छ ।
निगमले १२ वर्षपछि खुला गरेको यो रुटमा एयरबसको ए३३० वाइडबडी विमानबाट सेवा दिइरहेको छ । एक महिनामा २ सय ७४ सिट क्षमताको वाइडबडी विमानमा एकतर्फी यात्रुको संख्या सबभन्दा धेरै २ सय ६५ पुगेको छ । निगमका अनुसार मंगलबार ओसाकाबाट फर्केर आएको उडानमा १३ बिजनेस श्रेणीका सिट र २ सय ५२ इकोनमी श्रेणीका सिटमा गरी २ सय ६५ जना यात्रु थिए । सबभन्दा कम यात्रु भदौ १३ गते थिए । उक्त उडानमा ४ जना बिजनेश श्रेणीका सहित जम्मा १८ जनामात्रै यात्रु काठमाडौंबाट ओसाका उडेका थिए ।
यो एक महिनामा वाइडबडी विमानले दुईतर्फी गरेर २३ सय २६ जना यात्रु ओसारेका छन् । जसमा जापानबाट नेपाल आउनेको संख्या १६ सय १८ छ भने ७ सय ८ नेपालबाट जापान जाने यात्रु थिए ।
एक अधिकारीका अनुसार यी सबै उडानमा निगमले सञ्चालन खर्च पनि उठाउन सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप