शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

शनिबार, १८ असोज २०७६, २२ : २०
शनिबार, १८ असोज २०७६

काठमाडौँ । उपरथीमा पदोन्नति भएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
 
मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति भएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गरेका हुन् । 

साथै नेपाली सेनाले पदोन्नति भएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले आज विज्ञप्तिमार्फत जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप