शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पिकअप गाडीको ठक्करबाट वृद्धाको मृत्यु

शनिबार, १८ असोज २०७६, १६ : ५८
शनिबार, १८ असोज २०७६

सप्तरी – कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा शनिबार भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । 

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स.च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको मृत्यु भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिए ।  राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शव परीक्षण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप