शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले टोकेको किशोरीलाई झार फुक गर्दा ...

मङ्गलबार, ३१ साउन २०७४, २२ : २८
मङ्गलबार, ३१ साउन २०७४

गोबिन्द विश्वकर्मा

डोटी– सर्पदंशका विरामीलाई उपचार गर्न छाडेर झारफुकमा भर पर्दा एक किशोरीले ज्यान गुमाएकी छन् । 

डोटीको डा. केआईसिँह गाउँपालिका वडा नं. ३ बासुदेबीकी १३ वर्षीया किशोरी दुर्गाकुमारी मल्ललाई मंगलवार दिउसो घाँस काट्ने क्रममा सर्पले टोकेको थियो । सर्पको टोकाईपछि अचेत भएकी दुर्गालाई परिवारले स्वास्थ्य केन्द्र नलगी गाउँ नजिकैको वैद्यकहाँ झारफुक गर्न लगेका थिए । 

गाउँ नजिक स्वास्थ्य चौकि हुँदा हँुदै पनि सामाजिक परम्परा भन्दै परिवारले वैद्यकहाँ लैजाँदा किशोरीको ज्यान गएको हो । वैद्यले झारफुक गरिसकेपछि अचेत अवस्थामै घर लगेकी दुर्गाको तीन घण्टापछि घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ  ।
 
अन्धविश्वास कायमै

डोटीमा अहिलेसम्म पनि तन्त्र मन्त्र र झारफुक माथिको अन्धबिश्वास कायमै रहेको छ । सामान्य बिरामी हुदादेखि लिएर प्राणघातक रोग लागेपछि धामी झाक्रि तथा वैद्यकहाँ झारफुक गर्न जाने प्रचलन अहिले पनि कायमै छ । 

यसरी तन्त्र मन्त्र र झारफुकको भर पर्नाले अहिले सम्म धेरै मानिसको मृत्यु समेत भइसकेको छ । डोटीका दुर्गम गाउँबस्तीहरुमा मात्र नभई सदरमुकाममै पनि झारफुक गराउने गरेका छन् । सामाजिक परम्परा तथा अशिक्षाका कारण अहिले पनि थुपै डोटेलीहरु बिरामी हुँदा लागि पहिले धामी झाँक्री कहाँ जाने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप