बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्को सिजन नै बार्सिलोनाले ग्रिजमानलाई बेच्न सक्ने

शनिबार, १८ असोज २०७६, १४ : ४८
शनिबार, १८ असोज २०७६

लियोनेल मेस्सीसँगको सम्बन्ध खासै राम्रो बनाउन नसकेपछि बार्सिलोनाले अर्को सिजनलाई एन्टोनीयो ग्रिजमानलाई बेच्न सक्ने समाचार प्रकाशित भएको छ । ग्रिजमानलाई अर्को सिजन पेरिस सेन्ट जर्मेनबाट पूर्व खेलाडी नेयमारलाई भित्र्याउन क्लबले प्रयोग गर्न सक्ने फ्रेन्च पत्रिका लेटेनस्पोर्टले जनाएको छ ।

पत्रिकाले ग्रिजमान र मेस्सीबीच अझै राम्रो सम्बन्ध कायम हुन नसकेको दाबी गरेको छ ।

यही कारणले अर्को सिजन ग्रिजमानलाई प्रयोग गरेर नेयमारलाई भित्र्याउन प्रयास गर्न सक्ने पत्रिकाले दाबी गरेको छ ।

यता, १ सय ८ मिलियन पाउण्डमा बार्सिलोना भित्रिएका ग्रिजमानले बार्सिलोनामा मिश्रित शुरुवात गरेका छन् । बार्सिलोना आएपछि ग्रिजमानले तीन गोल गरिसकेका छन् । तैपनि उनी अझै पनि अर्नेस्टो भाल्भर्डेको सिस्टम भिजिसकेका छैनन् ।

मेस्सी घाइते भएर मैदान बाहिर रहेको अवस्थामा २८ वर्षीय खेलाडीमाथि थप दबाब परिरहेको छ ।

त्यस्तै, मेस्सीको लुइस सुवारेजसँग सम्बन्ध राम्रो भएको कारण उनले नेयमारलाई नै क्लबमा भित्र्याउन सुझाव दिएको समाचारहरु यसअघि प्रकाशित भएका थिए ।

यता, इन्टर मिलानबिरुद्धको च्याम्पियन्स लिग खेलपछि मेस्सीसँगको सम्बन्धको बारेमा ग्रिजमानलाई सोधिँदा उनले मेस्सीसँग सम्बन्ध बढाउन कठिन भइरहेको बताएका थिए ।

‘हामी दुवै धेरै कुरा गर्ने परेनौँ । त्यसमाथि मेस्सी लामो समय चोटका कारण बाहिर रहे । त्यही भएर मैदानमा सँगै भएर प्रशिक्षण गर्न धेरै समय पाएका छैनौँ,’ उनले भने ।

यसलाई आधार मान्दै पत्रिकाले दुई खेलाडीबीच तनाव रहेको दाबी गर्दै यही कारणले क्लबले ग्रिजमानलाई अर्को सिजन बेच्ने दाबी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप