शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्वमा प्रदेश ५ को सुरक्षा रणनीतिः लुटपाट हुने राजमार्गमा हतियारसहित प्रहरी, टोलटोलमा गस्ती

शनिबार, १८ असोज २०७६, १२ : ५५
शनिबार, १८ असोज २०७६

बुटवल । चाडपर्वको समयमा शहरी क्षेत्र प्रायः सुनसान हुँने हुँदा चोरीदेखि विभिन्न खालका आपराधिक घटना हुने गर्छ । यसमाथि प्रदेश नम्बर ५ का केही जिल्ला भारतसँगको सीमासँग समेत जोडिएकाले थप सुरक्षा सतर्कता पनि अपनाउनु पर्ने हुन्छ । 

चाडपर्वमा घरमा चोरी हुने, भारतवाट फकर्ने नेपाली लुटिनेदेखि, राजमार्गमा सवारीसाधान सम्मका घटना विगतमा हुने गरेका थिए । यस्तै मदिरा, जुवा तास, झैझगडा पनि यही दशैंलगायतको चाडपर्वमा बढी हुने गर्छ । चाडपर्वको बेलामा हुन सक्ने यस्तै सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा योजना गरेर काम गर्ने गरेको छ । यसपटक प्रदेश नम्बर ५ ले प्रदेशभर कस्तो सुरक्षा योजना बनाएर काम गरिरहेको छ ? यसबारे प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी  सुरेन्द्र विक्रम शाहले जानकारी गराएका छन् । 

डीआईजी  सुरेन्द्र विक्रम शाह

चाडपर्व लक्षित सुरक्षा योजना
 यो बेला प्रहरीले धेरैनै सतकर्ता अपनाउनुपर्छ  । खासगरी चाडवाडमा धेरै अपराध हुने गरेको विगतका वर्षहरुको तथ्यांकले पनि देखाउँछ । प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन जनशक्ति प्रभावकारी रुपमा परिचालन गरिएको छ । अर्थात सुरक्षा योजना नै बनाएर काम गरिरहेका छौँ ।

प्रदेश प्रहरी कार्यालयले दशैँ तिहार र छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार पारेको हो । दशैँका बेला सहरका घरहरू खाली हुने गर्छन् । त्योबेला चोरीका घटनामा वृद्धि हुन् सक्छन् । तसर्थ हामीले प्रहरी गस्ती र मोबाइल टोली विस्तार गरेका छौँ । टोलटोल प्रहरी पु¥याएका छौँ ।

कुनै सूचना पाउनासाथ तत्काल प्रहरी पुग्ने व्यवस्था मिलाइएको छ । अर्कोतिर दशैँको बेलामा घर जाने यात्रुहरूको चापसँगै पकेटमारी हुने, बसमा यात्रा गर्दा विभिन्न नसालु पदार्थ खुवाएर यात्रु लुटिने जस्ता घटना रोक्न पनि प्रहरी सक्रिय छ ।

यात्रुलाई टिकटमा ठगी गर्ने, एउटै सिटमा दुई जनाको पैसा लिने, सामानहरू चोरी गर्ने जस्ता कार्य रोक्नका लागि पनि हामीले बसपार्कमा प्रहरी हेल्प डेस्क स्थापना गरेका छौँ । पाँच नम्बर प्रदेशका बसपार्कहरूमा ट्राफिक र जनपथ प्रहरीको टोली मिलाएर हेल्प डेक्स स्थापना गरेका हौँ ।

प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुसँग समन्यन गरेर काम चुस्त बनाएका छौं । 

राजमार्गमा हतियार सहितका प्रहरी 
प्रदेश नम्बर ५ अन्तर्गत तराईका ६ जिल्लाहरुमा प्रहरीले विशेष  निगरानी बढाएको छ । यो प्रदेशमा पर्ने राजमार्गमा विगतमा हुने गरेको लुटपाटका घटनालाई मध्यनजर गर्दै विशेष निगरानी बढाइएको हो । 

दाङको रिहायनदेखि अमेलियासम्म पर्ने झन्डै १५ किलोमिटर क्षेत्रमा यात्रुहरु लुटिन सक्ने भएकाले ६–७ वटा सवारी साधानमा एकै पटक छुटाउने व्यवस्था मिलाएको छ । शुरुको बसमा र अन्तिमको बसमा हतियार सहित प्रहरी पठाउने व्यवस्था मिलाइएको छ । यस्तै कपिलवस्तु र दाङ जिल्लाको बीचमा पर्ने धानखोला आसपास पनि प्रहरीले विशेष ध्यान दिएको छ । कपिलवस्तु प्रहरी र दाङ प्रहरीको समन्वयनमा विशेष व्यवस्था गरिएको हो । 

सीमा नाकामा कडाइ
नवलपरासीको महेशपुरदेखि बर्दियाका सीमा नाकाहरूमा प्रहरीको सक्रियता वृद्धि भएको छ । मूलतः यो प्रदेशका दुई नाका बेलहिया नाका र नेपालगञ्ज नाकामा विगतमा वर्षहरुका नेपाली भारतबाट रोजगारी गरेर फर्किँदा वर्षभरी कमाएको रकम लुटिने, कुटिने जस्ता घटना भएका थिए । यस्ता घटनालाई रोक्न प्रहरीले  सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय र प्रदेशको प्रहरी समेत पुगेर ती नाका विशेष चेकजाँच पनि गरेका छौँ । अहिलेसम्म राम्रो परिमण दिएको छ ।

हामी अन्य सुरक्षा निकायसँग पनि समन्वय गरेर सीमाक्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने प्रयासमा छौँ । खुला सिमानाका कारण स–साना नाकाहरूबाट हुने चोरी तस्करी नियन्त्रण गर्न विशेष ध्यान दिएका छौँ ।

राज्यलाई नोक्सान पु¥याउने जोसुकैलाई कानुनी दायरा ल्याउन हामीले पाएको अधिकार प्रयोग गर्न पछि हट्दैनौँ । नाकामा ब्यानर राखेरै हेल्प डेस्क स्थापना गरेका छौँ । यसो गर्दा सीमा क्षेत्रमा विदेशबाट आएका नेपाली दाजुभाइहरू लुटिने, दुव्र्यवहार व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा हाम्रो रहेको छ । यसैगरी नाकाबाट लागुऔषध कारोबार हुन नपाउने विश्वास लिएका छौं ।

जुवातास  नियन्त्रण गर्नको लागि सक्रिय  
जुवातास कानुनले बर्जित गरेको खेल हो । चाडपर्वको बेला जुवातास खेल्ने कार्य धेरै हुँने हुँदा यस्ता गतिविधि नियन्त्रणमा प्रहरी चनाखो भएर लागिपरेको छ । हामीले जुवा खेलाउने र खेल्नेलाई सूचना दिन सर्वसाधारणलाई अपिल गरेका छाँै । यस्तो बेला प्रहरी टोल टोलमा हुनेछ । तसर्थ कहीँकतै जुवातास खेलेको पाइएका कारबाही गर्न कुनै कसर बाँकी राख्न पछि पर्ने छैनौँ ।

दुर्घटना न्यूनीकरण
बढ्दो सवारी दुर्घटना यो प्रदेशमा मात्रै होइन मुलुकका अन्य प्रदेशमा पनि प्रहरीका लागि निकै चुनौती छ । सवारी दुर्घटनाका कारण दैनिक मानिसको मृत्यु हुने घटना रोक्नका लागि ट्राफिक सचेतनालाई जोड दिएका छौँ । 
जसका लागि हामीले प्रत्येक जिल्ला प्रहरी कार्यालयलाई ट्राफिक प्रहरीसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सक्रितापूर्वक गर्नका लागि निर्देशन दिएका छौँ । विभिन्न संघसंस्थासँग मिलेर सचेतनामूलक कार्य गर्न पनि प्रहरी सक्रिय छ । यात्रुलाई समयमा गन्तव्यमा पुग्नुपर्ने हुन्छ तर यस्तो बेला बस व्यवसयीहरुले यात्रुलाई ठगी गर्ने सम्भावन हुन्छ । तसर्थ ठाउँ ठाउँमा हेस्प डेस्क स्थापना गरिएको छ । ओभरलोडको समस्या पनि हुन्छ । त्यो रोक्न बीचबीचमा चेकजाँच गरेका छौं ।

रिजर्भमा रहेको शक्ति परिचालन
पाँच नम्बर प्रदेशमा दंगा नियन्त्रण गण सुनवल नवलपरासी र बाँकेको खजुरामा  सशस्त्र प्रहरी छ । जुन युनिट प्रदेशको रिजर्भ शक्ति जस्तै हो । ती दुवै जनशक्ति प्रदेशका विभिन्न ठाउँमा  प्रदेश प्रहरीको समन्वयमा खटिने छ । यसवाट चाडवाडमा हुने अपराध नियन्त्रण गर्न सहज हुन्छ ।

विप्लव समूहमाथि निगरानी
प्रदेश ५ विप्लव समूहको आधार इलाका मानिन्छ । यो प्रदेशमा विगतमा विप्लव समूहले विभिन्न आगजनी र तोडफोड घटना बढाएका छन् ।  यस्ता गतिविधि नियन्त्रणमा प्रदेश प्रहरी सक्रियतापूर्वक लागिपरेको छ ।

 पछिल्लो समय  विप्लव समूहको गतिविधि चन्दा उठाउन र संगठन विस्तारमा केन्द्रीत छ । हामीले चन्दा मागेको भनेर सूचना पाएका छैनौँ तर हामीले नवलपरासीबाट रसिद सहित ३ जनालाई नियन्त्रणमा लिएका छौ । बाँकेमा पनि चन्दा उठाने २ जनालाई नियन्त्रणमा लिएका छौँ । राज्यबाट प्रतिबन्धित समूहको गतिविधिमाथि निगरानी बढाइएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप