शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १सय २३ पुग्यो, ३५ अझै बेपत्ता

मङ्गलबार, ३१ साउन २०७४, २२ : १६
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं– देशका विभिन्न ठाउँमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ । 

गृहमन्त्रालयले मंगलबार बेलुका जारी गरेको विज्ञप्तिअनुसार हालसम्म १ सय २३ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते छन् । बाढी पहिरोमा परी अझै ३५ जना हराईरहेका छन् । 

सरकार बाढीग्रस्त क्षेत्रमा राहत वितरण कार्य जारी राखेको जनाएको छ । मंगलबार राहत वितरणका लागि नेपाली सेनाको २, सिम्रिक एयर, एयर अल्टीच्यूड, श्रीएयर, फिस्टेल, एयर डाइनेस्टिक, हेली एभरेष्ट एयरका एक एक वटा हेलिकोप्टर र यती एयरलाइन्समार्फत हवाई मार्गबाट विभिन्न जिल्लाका १८ स्थानमा राहत वितरण गरिएको गृहले जनाएको छ । 

मंगलबार हवाईमार्गबाट सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बाँके, बर्दिया, पर्सा, जिल्लाका साथै धनुषा, मोरङ , चितवन, मकवानपुर, पर्सा र काठमाडौंलाई आधार बनाइ राहत वितरण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप