शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा खाने होइन त ककटेल ?

बारटेन्डरले यसरी सिकाएका छन् विधि (भिडियोसहित)
शनिबार, १८ असोज २०७६, १० : ५०
शनिबार, १८ असोज २०७६

मधुशालाका पारखीका लागि ककटेल चिरपरिचित नाम हो । नेपालमा पार्टी कल्चर भित्रिएसँगै विभिन्न प्रकारका ककटेल, मकटेल भित्रिए ।

साथीभाइसँगको जमघट, भेटघाट, चाडबाडमा मानिसहरुले रमाइलो गर्ने उद्देश्यसहित ककटेल मकटेलको सेवन गर्ने गर्छन् । त्यसमाथि दसैँ, मेलमिलापको चाड हो । यतिबेला मानिसहरु सँगै बसेर खानपिन गर्ने, रमाइलो गर्ने, तास खेल्ने भनेर दिन नै गनेर कुरेर बसेका हुन्छन् ।

दसैँका बेला मासुको मात्रै होइन, रक्सीको पनि राम्रै व्यापार हुन्छ । आफ्नो पेय पदार्थमा केही सामग्री थपेर वा प्रयोग गरेर स्वादमा फरकपन पाउने उद्देश्यसहित ककटेल बनाइन्छ । ककटेल घरमै पनि निकै सजिलै बनाउन सकिन्छ । के के सामग्री, कति मात्रामा, कतिबेला र कसरी हाल्ने भनेर थाहा भए, हामीले आफ्नै हातले उत्कृष्ट ककटेल बनाउन सक्छौं ।

कुमारीपाटीस्थित आर एण्ड बी स्टेप इन लाउन्जका बारटेन्डर टाइसन मोक्तानले हामीलाई निकै सजिलै ककटेल बनाउने विधि सिकाएका छन् ।

ककटेलको नामः मोहितो

चाहिने सामग्रीः

– भोड्का

– सुगर सिरप

– पुदिनाको पात

– चार÷पाँचवटा कागती

बनाउने विधिः

– पुदिनाको पातलाई हात्केलामा राखेर अर्को हातले हिर्काउने । यसो गरे पुदिनाको गन्ध सबैतिर फैलिन्छ ।

– त्यसलाई खाली गिलासमा हाल्ने

– चारदेखि ६ पिस कागती हाल्ने । पुदिना र कागतीलाई ‘मडल’ गर्ने

– त्यसपछि ६० मिलिलिटर भोड्का हाल्ने, त्यसपछि सुगर सिरप वा चिनी हाल्ने ।

– त्यसपछि आफ्नो इच्छा अनुसार आइस हाल्ने ।

– अन्त्यमा स्प्राइट वा सोडा हाल्ने र राम्रोसँग चलाएपछि रेडी हुन्छ मोइतो ।

ककटेलको नामः फिडेल क्यास्ट्रो

चाहिने सामग्रीः

६० मिलि लिटर डार्क खुकुरी रम

जिन्जर एली

१५ मिलि लिटर कागतीको रस

बनाउने विधिः

– ६० मिलि लिटर खुकुरी रम एउटा गिलासमा हाल्ने

– त्यसपछि १५ मिलि लिटर कागतीको रस हाल्ने

– त्यसपछि हाल्ने आइस क्युब (आफ्नो इच्छानुसार)

– अन्तिममा फिनिसिङ दिन जिन्जर एले हालेर राम्रोसँग चलाउने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता कार्की
सरिता कार्की

सरिता कार्की रातोपाटीकी डेस्क सम्पादक हुन् ।

लेखकबाट थप