शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्त उलंघन गरेर अमेरिकाभरि दूतैदूत

शनिबार, १८ असोज २०७६, ०८ : १०
शनिबार, १८ असोज २०७६

मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउस' सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,' रिमालले  भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् ।' कान्तिपुर दैनिकमा याे खबर छ ।

नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्ने' जस्ता सर्तराखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,' रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।
एटलान्टाका खुद्रा व्यवसायी राजा घले पनि आफूलाई पर्यटनदूत दाबी गर्छन् । 

न्युयोर्क बस्ने प्रदीप श्रेष्ठ अर्का पर्यटनदूत हुन् । ट्याक्सी चालक उनी नेपालबाट आउने र विशेषगरी पर्यटन मन्त्रालय एवम् पर्यटन बोर्डसम्बद्ध आगन्तुकका लागि अरू सबैले देखिने गरी ‘सेवक' बन्ने गरेका छन् । हालै मात्र टेक्सासको ह्युस्टनमा ‘ज्याक' भनिने जगदीश काफ्ले पर्यटनदूत नियुक्तभएका छन् । 

यस अतिरिक्त केही सुन्दरीहरूलाई पर्यटन सद्भावनादूतका रूपमा पनि काम गर्ने गरी पर्यटनबोर्डले पत्र बाँडेको छ । यसमध्ये पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीकी बुहारी नवीना बस्नेत पनि परेकी छन् । 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीका अनुसार पर्यटनदूतमा राजनीति हाबी भएपछि अहिले दूत नियुक्ति प्रक्रिया पूरै रोकिएको छ । 
अमेरिकामा रहेका झन्डै डेढ दर्जन दूतहरूबारे वासिङ्टन र न्युयोर्कमा रहेका नेपाली कूटनीतिक नियोग पनि बेखबर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप