शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कम तौलको चामल बेच्ने ब्यापारी समातिए

मङ्गलबार, ३१ साउन २०७४, २१ : ३५
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं– कम तौलको चामल बिक्री गरेका एक ब्यापरीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका ४ स्थित आयुसी जनरल सप्लायर्सका प्रोप्राईटर वर्ष ३६ का सतिश केसरीलाई पक्राउ गरिएको हो । 

संयुक्त बजार अनुगमन टोलीद्वारा अनुगमन गर्दा अखाद्य बस्तु तथा श्रृष्टी बाण्डका चामलका बोरामा कम तौलका चामल फेला परेकोले केसरीलाई  पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवारनपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए । 

केसरीलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगर ८ कमाने स्थित सडक खण्डमा जिल्ला मकवानपुर स्थानीय वर्ष २० विष्णुकुमार अधिकारीले लागू औषध बिक्री बितरण गरी रहेको अवस्थामा पक्राउ गरेको छ । 

प्रहरीले अधिकारीको साथबाट अबैध लागूऔषध नाईट्रोभेट ३६ ट्याब्लेट पनि बरामद गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप