शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

शुक्रबार, १७ असोज २०७६, २३ : ३४
शुक्रबार, १७ असोज २०७६

सान फ्रान्सिस्को– उत्तरी क्यालिफोर्नियाको राजमार्गमा उल्टो दिशातर्फ मोडिएको एउटा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् । 

प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ । दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ ।
यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप