शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माग पुरा नभएपछि  गोविन्द केसीले आफैं अनशन तोडे

मङ्गलबार, ३१ साउन २०७४, २० : ४३
मङ्गलबार, ३१ साउन २०७४

काठमाडौं – चिकित्सक डाक्टर गोविन्द केसीले तत्कालका लागि आफ्नो २३ दिन लामो अनसन स्थगित  गरेका छन् ।  मंगलबार साँझ अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डाक्टर केसीले अनसन स्थगन गरेको जानकारी गराएका हुन् । विपत्तिको कारण देखाउँदै माग पुरा नभए पनि  आफुले सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको डाक्टर केसीले बताएका छन् । 

बाढीपीडितको जनजीवन सामान्य भएपछि आफ्नो संघर्षलाई निरन्तरता दिने भन्दै उनले देशमा सुशासन कायम गर्ने प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि माफिया प्रवृत्ति विरुद्धको संघर्ष जारी नै रहने स्पष्ट पारे । चिकित्सा शिक्षा ऐनका लागि आफ्नो लडाई निरन्तर जारी रहने भन्दै उनले त्यसमा बदमासी गर्न खोजे कुनै पनि बेला सत्याग्रहमा उत्रने बताए ।

डाक्टर केसीले अनसन स्थगितका लागि मुलुकमा आईपरेको प्राकृतिक विपत्तीको विषय देखाए पनि उहाले उठाउदै आएका अधिकांश मागलाई सरकारले चिकित्सा शिक्षा विधेयकमा सम्बोधन गरेको छ ।

 डाक्टर केसीको माग अनुसार नै बनाईएको चिकित्सा शिक्षा विधेयकमा कम्तिमा १० बर्ष सम्मका लागि मेडिकल कलेजको सम्बन्धन नदिने, सिट संख्याको कम्तीमा ५० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, साथै विदेशी विद्यार्थीका लागि छुट्याईएको सिटमा विदेशी विद्यार्थी नभई नेपाली विद्यार्थी भर्ना भएमा नेपाली विद्यार्थी कै शुल्क लिनुपर्ने लगायत प्रावधान राखिएको छ ।

 यो विधेयकलाई संसंदीय समितिले व्यवस्थापिका संसदमा पठाईसकेको छ । त्यसैगरी, डाक्टर केसीमा माग अनुसार, मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएमलाई दिईएको छ भने सिट र शुल्क निर्धारण पनि उसैले गर्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप