शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु

शुक्रबार, १७ असोज २०७६, १३ : २८
शुक्रबार, १७ असोज २०७६

बुटवल– दाङमा पौडी खेल्ने क्रममा दुई किशोरीको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नम्बर ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा दुई किशोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही – ९ बाङ्गेताल निवासी १४ बर्षीया टिका घर्ती र घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर की १५ बर्षीया निरु बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।

दाङमा यसअघि पनि पोखरीमा डुवेर तीन जनाको मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप