मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस

शुक्रबार, १७ असोज २०७६, १० : ३६
शुक्रबार, १७ असोज २०७६

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

त्रिविको उपकुलपतिका लागि गठित नाम सिफारिस समितिले डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको हो । गत भदौ ५ गते तीर्थ खनियाँको समयावधि सकिएपछि सरकारले शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरेको थियो ।

समितिले आफ्नो सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको मन्त्री पोखरेलले रातोपाटीलाई जानकारी दिए । ‘समितिले तीन जनाको नाम सिफारिस गरेको छ’ मन्त्री पोखरलेले भने, ‘अव त्रिविले चाँडै उपकुलपति पाउने छ ।’

पोखरेलका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनामा डा.भगवान कोइराला, डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल छन् ।

तीमध्ये एक जनालाई सरकारले त्रिभुवन विश्व विद्यालयको उपकुलपति नियुक्त गर्नेछ । त्रिविको उपकुलपति हुन एक दर्जन बढीले आकांक्षा देखाएका थिए । आकांक्षीहरुले विभिन्न शक्तिकेन्द्र समेत गुहारे पनि अन्ततः कोइराला, बास्कोटा र पौडेलको नाम सिफारिस भएको हो ।

डा. कोइराला वरिष्ठ मुटुरोग विशेषज्ञ हुन भने डा. बास्कोटा तत्कालीन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन् । उनले हालैमात्र अवकास पाएका थिए ।

डा. पौडेल त्रिविकै पूर्वरजिष्ट्रार हुन् । उनलाई सरकारले २०७४ सालमा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा समेत नियुक्त गरेको थियो ।

यसअघि निमित्त उपकुलपतिको जिम्मेवारी पाएकी सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप