शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन कुटिए गुल्मीका दलित टमोटा ?

मङ्गलबार, ३१ साउन २०७४, २० : २८
मङ्गलबार, ३१ साउन २०७४

प्रेम सुनार

गुल्मी – केहि  दिन अघि ग्रैह दलितबाट एक जना दलित कुटिएको समाचार सेलाउन नपाउँदै फेरि गुल्मीको त्यसै मुसिकोट नगरपालिकामा अर्का एक जना दलितलाई पनि ग्रैह दलित समुदायका युवाले  निर्घात कुटपिट  गरेका  छन् । मुसिकोट नगरपालिका वडा नम्वर ३ मैदान देविस्थानका ६२ वर्षिय गोरे टोमटालाई सोही वडा, मैदान निवासी अन्दाजी  ४० वर्षिय पशुपति घिमिरेले  निर्घात कुटपिट गरेको हो । 

   घाईते बिकको जिल्ला अस्पताल तम्घासमा उपचार हुन नसकी प्रभास पाल्पा पठाइएको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ता रहेका घिमिरेले टोमटाको घर माथीको जमिनमा काभ्रो बेर्ना लगाएको विषयमा विवाद हुदन उनी कुटिएको छिमेकीहरुले बताएका छन् ।  टमटाका अनुसार उनले आफ्नो क्षेत्र जोखिममा पर्ने बताउँदै त्यस्तो नगर्न आग्रह गर्दा  क्षेत्रिको छोरो सँग मुख मुखै लाग्छस् भन्दै कुटिएको बताएका छन् । 
   ‘दुई जना व्यक्ति हामी पुलिस हौं भन्दै आएर मेरो दुई हातमा छोपी लछार पछार गरी नजिकको खोल्सामा लिएर गए । लगत्तै  पशुपति आएर  टाउँकोमा ढुङ्गै ढुङ्गाले कुटेर  अब मर्यो भनेर छाड’े, पिडित टमटाले भने । 

     उनी हिजो साँझदेखि बेबत्ता भएपछि विहान सिङ्गो गाउँ खोज्दै गर्दा मैदान नजिक खोल्सामा फेला पारेका थिए बेखर्ची टोमटालाई तम्घासका समाजसेवीहरुले चन्दा उठाएर उपचारका लागि पाल्पा पठाएका हुन् । पिडित टमटाको आर्थिक अवस्था कम्जोर रहेको र उनि कुटिएर उपचार गर्ने पैसा समेत नभएको  मुसिकोट ३  का वडाध्यक्ष कर्णध्वज जिसीले बताए ।
 
     एउटै छिमेकमा रहेका टोमाटालाई त्यसरी कुटियो भन्ने सुन्दा आफुलाई दुख लागेको वडाध्क्ष जिसीले बताए ।  यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी महेन्द्र नेपालसंग सम्पर्क राख्दा उनले उक्त कुटपिट बिरुद्ध उजुरी परेको , घाईतेलाई थप उपचारका लागि पाल्पा पठाउँदै गरेको बताए । कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गरिएको पिडित पक्षले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप