शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रित्तिन थाल्यो काठमाडौँ !

शुक्रबार, १७ असोज २०७६, ०९ : ५६
शुक्रबार, १७ असोज २०७६

काठमाडौँ । दसैँको आगमनसँगै भविष्यको खोजीमा राजधानी काठमाडौँ आइपुगेका धेरै जना आफ्नो घर फर्कने सुरसारमा छन् । घटस्थापनादेखि नै काठमाडौँ बाहिर घरपरिवार भएकाहरु फर्कन थाल्छन् । तर, पछिल्लो समय सरकारले दसैँ बिदामा गरेको कटौतिका कारण धेरै भने फुलपातीपछि मात्र आफ्नो घर फर्कन पाउँछन् ।

हिन्दुधर्मावलम्बीहरुको महान् चाड दसैँले लामो समय टाढा रहेका परिवारजनको मिलन गराउँछ । परिवारका सदस्यहरु सँगै बसेर मिठो परिकार बनाएर दुःख सुखका कुराहरु साट्न पाउँछन् । विजयादशमीको दिन ठूलाबडाबाट टिका ग्रहण गर्दै आर्शिवाद थाप्नुको आनन्द नै अर्कै हुन्छ । अझ स–साना बालबालिकाका लागि आर्शिवादसँगै पाइने दक्षिणाको झनै बढी महत्त्व हुन्छ । त्यही भएर दसैँमा फर्कन पाउनुको मज्जा नै छुट्टै छ ।

यतिबेला कलङ्की क्षेत्रमा जाने हो भने त्यहाँको चहलपहल नै छुट्टै छ । मानिसहरु घर जान हस्याङपस्याङ गरिरहेका पाउन सकिन्छ । बस, माइक्रो, सुमोहरु लामबद्ध भएर काठमाडौँ छाडिरहेका हुन्छन् । सवारीसाधनका छतहरु कोशेलीले भरिभराउ हुन्छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म १५ लाखभन्दा बढीले काठमाडौँ छाडिसकेका छन् । भोलिदेखि यो क्रम अझै बढ्नेछ । र, बिस्तारै काठमाडौँ सुनसान बन्नेछ ।

हेरौँ केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप