शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध प्रदर्शन चर्किएपछि बग्दादमा निषेधाज्ञा

बिहीबार, १६ असोज २०७६, १३ : ५५
बिहीबार, १६ असोज २०७६

बग्दाद– दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ ।

इराकी प्रधानमन्त्री अदेल अब्देल माहदीले स्थानीय समयानुसार बिहान ५ बजेदेखि लागू हुनेगरी बग्दादमा अनिश्चितकालीन निषेधाज्ञा लगाउन आदेश दिनुभएको थियो । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि सरकार विरुद्ध देशव्यापी प्रदर्शनहरु भइरहेका छन् । 

बिहीबार बिहान केही कार र नागरिक बग्दादका सडकमा देखिएका थिए, र मोक्तादा अल–सदर जस्ता प्रभावशाली धर्मगुरुहरुले पनि आमहडतालमा उत्रन सर्वसाधारणलाई अपिल गरेका छन् । 

तनाब बढ्दै गएका कारण मुलुकको इन्टरनेट सेवा लगभग बन्द रहेको, सरकारी कार्यालयहरु बन्द गरिएका र ग्रीन जोनलाई पनि असर पार्ने गरी गएराति कम्तीमा दुईवटा विस्फोट गराइएका थिए । निकै सुरक्षित मानिएको ग्रीन जोनमा मन्त्रालयहरु र राजदूतावासहरु रहेका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप