शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘आमा’को फष्टलुक मनछुने पोष्टर

बिहीबार, १६ असोज २०७६, ११ : ३३
बिहीबार, १६ असोज २०७६

काठमाडौं –दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘आमा’को फस्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले दशैको अवसर पारेर फष्टलुक सार्वजनिक गरिएको हो ।

निकै मार्मिक र मनछुने तीन पोस्टरका डिजाइन फष्टलुकको रुपमा बाँहिर ल्याइएको हो । पोष्टरमा फिल्मका दुई कलाकार मिथिला शर्मा र सुरक्षा पन्त देखिएका छन् । सुरक्षा अर्ध मुण्डनमा देखिएकी छिन् ।

नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै बनेको यो फिल्मको लेखन पनि दीपेन्द्रले नै गरेका हुन् । शर्मिला पाण्डेले निर्माण गरेको फिल्मको रिलिज मिति आगामी फागुन ९ तोकिएको छ । 
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म ‘आमा’ आमा र छोरीको कथामा निर्माण भएको हो । 

मिथिला र सुरक्षाको अलवा फिल्ममा, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको मुख्य भूमिका रहेको छ । फिल्म पनि निर्देशक खनाल आफैले खिचेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप