मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तान च्याम्पियनः श्रीलंकालाई पाँच विकेटले हरायो

बिहीबार, १६ असोज २०७६, ०९ : ०१
बिहीबार, १६ असोज २०७६

श्रीलंकाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टोली पाकिस्तानले जितेको छ । बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सिरिज २–० ले जितेको हो । दुई टोलीबीचको पहिलो खेल रद्ध भएको थियो । दोस्रो खेलमा पाकिस्तान ७६ रनले विजयी भएको थियो ।

कराचीमा भएको खेलमा श्रीलंकाले दिएको दुई सय ९८ रनको लक्ष्य पाकिस्तानले ४८.२ आभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानका लागि तीन खेलाडीले अर्धशतकीय रन बनाए । फखर जमानले ७६, अबिद अलीले ७४ र हरिस सोहिलले ५६ रन बनाएका थिए । बाबर आजमले ३१, इफ्खितर अहमदले २८ र कप्तान शरफराज अहमद २३ रन बनाए । श्रीलंकाका लागि नुवान प्रदीपले दुई विकेट लिए ।लाहिरु कुमारा, वानिन्दु हरंरगा, शेहान जयसूर्याले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले एक सय ३३ रनको शतकीय रन बनाए पनि टोलीको हार टार्न सकेनन् । डसुन सनकाले ४३, मिनोद भनुका र कप्तान लाहिरु थिरिमानेले समान ३६ र एन्जिलो परेरा १३ रन बनाए ।

 पाकिस्तानका मोहमद आमिरले तीन विकेट लिए । उस्मान शिनवारी, सादब खान, वहाब रियाज र मोहमद नवाजले एक एक विकेट लिएका थिए । अब दुई टोलीबीच तीन खेलको टी–२० सिरिज शनिबारदेखि हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप