बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोलबजारमा राष्ट्रिय कराँते प्रतियोगिता सुरु

बुधबार, १५ असोज २०७६, २३ : ०६
बुधबार, १५ असोज २०७६

सिरहा-सिरहाको गोलबजारमा राष्ट्रिय स्तरको कराँते प्रतियोगिता शुरु भएको छ । ‘दोस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराँते प्रतियोगिता’ नाम दिइएको प्रतियोगिता गोलबजार नगरपालिका ३ तेतरियाका दानी थापा तथा पञ्चु थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजना गरिएको हो । 

तेतरियास्थित सरस्वती मा.वि.को प्राङ्गणमा आयोजित प्रतियोगिता बुधबार अपरान्ह प्रदेशसभा सदस्य रामकुमार यादवले उद्घाटन गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ ४५ देखि ७५ के.जी. तथा महिलातर्फ ३५ देखि ६१ के.जी. तौल समूहका सात प्रदेशबाट सात, आयोजक, आमन्त्रित खोटाङ् र काठमाडौं गरी १० वटा टिम सहभागी रहेको नगरपालिकाका प्रतिनिधि तथा आयोजक टिमका प्रशिक्षक कसम लामाले बताए ।  

आयोजकसहित दुई सय ५० जना खेलाडी सहभागी रहेको प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफीसहित एक लाख रुपैयाँसहितको पुरस्कार दिइने प्रशिक्षक लामाले जानकारी दिए । लामाका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः ट्रफीसहित ५० हजार, ३० हजार र २० हजार रुपैयाँको नगद पुरस्कार दिइने छ । 

त्यसका अतिरिक्त प्रतियोगितामा दुई जना उत्कृष्ट खेलाडी, दुई जना उदियमान खेलाडी तथा एक जना उत्कृष्ट प्रशिक्षकलाई नगदसहित ट्रफी दिइने लामाले बताए । बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिता विश्व कराँते महासंघको नियम अनुसार हरेक खेल एक मुख्यसहित पाँच जना रेफ्रीमार्फत् खेलाइएको लामाले उल्लेख गरे । 

तत्कालीन एकीकृत नेकपा माओवादीको मिथिला राज्य समितिका सदस्य तथा सिरहा जिल्ला कार्यालयका सदस्य ६५ वर्षीय दानीबहादुर थापा र वाइ.सि.एल. मिथिला राज्य समितिका सदस्य तथा पार्टीका सिरहा जिल्ला सदस्य ४० वर्षीय पञ्चु थापाको १३ असोज २०६७ को साँझ धनगढीमाई नगरपालिका ८ मुसहर्नियामा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप