मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तिवारी हत्यामा संलग्न मनोज पुनका सहयोगी समातिए

मङ्गलबार, ३१ साउन २०७४, १९ : २८
मङ्गलबार, ३१ साउन २०७४

रुपन्देही– रुपन्देहीको देवदहस्थित ब्यवसायी दुर्गाप्रसाद तिवारी हत्यामा संलग्न भनिएका मनोज पुनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । 

विगत ३ वर्षदेखि पुनसँग निरन्तर सम्पर्कमा रहेर उनकै निर्देशनमा संगठित रुपमा संगठित अपराधमा संलग्न रहेको आशंकामा प्रहरीले पाल्पा तानसेन निवासी सुशान्त लाकौललाई पक्राउ गरेको हो । 

पुनसँग संगठित भइ विभिन्न अपराधमा संलग्न भएको विभिन्न बैंक तथा आईएमई मार्फत रुपन्देहीका ब्यापारीर्ल ज्यान मार्ने धम्की दिइ ५ लाख फिरौती लिइ मनोज पुन भन्ने मनोज बुढामगरलाई पठाएको खुल्न आएको प्रहरीले जनाएको छ । लाकौलको साथबाट एउटा मोबाइल र दुई वटा सीम बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

रुपन्ेदहीको देवदह निवासी एमाले युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गत पुसमा गोली हानी हत्या भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप