मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा बाधक बनेपछि नेपाल उपाधि होडबाट बाहिरियो

बुधबार, १५ असोज २०७६, २१ : २५
बुधबार, १५ असोज २०७६

काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपाल र घरेलु टिम सिंगापुरबीच बुधबारको खेल वर्षाका कारण रद्ध भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । वर्षाले गर्दा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्ध भएको थियो ।

बराबरीसँगै नेपाल र सिंगापुरले एक एक अंक बाडेका छन् । नेपालले चार खेलबाट तीन अंक बनाएको छ । डबल लिगको सिरिजमा नेपालले जिम्बावेसँग दुई खेलनै हारेको थियो । नेपालले पहिलो खेलमा सिंगापुरलाई हराएको थियो । अन्तिम खेल खेल्नुअघि सिरिजमा जिम्बावे चार अंक र सिंगापुरले तीन अंक बनाएको छ । बिहिबार हुने यी दुई टोली बीचको विजेताले उपाधि जित्नेछ ।

सिंगापुरले विश्वकप ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गरेको हो । दुई महिनाअघि सिंगापुरमै भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको थियो । नेपालले सिंगापुरपछि अक्टोबर ५ देखि १० तारिखसम्म ओमानमा पाँच राष्ट्र सम्मलित टी–२० खेल्दैछ । उक्त सिरिजमा नेपालसहित आयरल्यान्ड, ओमान, हङकङ र नेदरल्यान्ड रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप